हुम्लाको नम्खामा भएको सीमा अतिक्रमण नेपाल–चीन बीचमा दुर्लभै हुने गरेको पछिल्लो सीमा विवाद हो । यसको अध्ययनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले अध्ययन तथा अनुसन्धान समिति गठन गरे पनि त्यसो रिपोर्ट सार्वजनिक गरिएको छैन ।
कर्णालीमा सुदुर पश्चिमका जयसिंह धामीको भारतीय एसएसबीको अमानवीय कर्तुतका कारण कर्णलीमा बगेर ज्यान गएपछि भारतवि?द्ध नेपाली जनमत तातिरहेको बेला हुम्लाको नाम्खामा रहेको नेपाल–चीन सीमा विवाद अघि सारिएको थियो ।
सौता हालेको विवाद !
जयसिंह धामीको हत्या छानबिनका लागि सरकारी आयोग बनेपछि नाम्खाको सीमा विवादको अनुसन्धानका लागि सरकारबाटै अनुसन्धान समिति बनेको थियो । जयसिंह धामीको केस क्षतिपूर्ति तथा सहयोगमा लगी सेलाएको भए पनि नाम्खाको केस भने के भएको हो, थाह छैन ।
आज भारतीय सशस्त्र सेना र कर्मचारी सुस्तामा पसेर नेपाली भूभाग नापीनक्सा गर्दै अतिक्रमण गरिरहेका छन् । सरकार यस मामलामा चूपचाप छ । केही पनि बोलेको छैन । स्थानीय रुपमा स्थानीय जनता निकै तातिएका छन् । उनीहरुको बासस्थान तथा जग्गाजमिन मिचिएको छ ।
उता नाम्खाको सीमा विवादलाई लिएर हुम्ली जनता पनि उठिसकेका छन् । स्थानीयका अनुसार नाम्खा गाउँपालिकास्थित अन्तर्राष्ट्रिय सीमा रेखाभन्दा करिब १ किलोमिटरभित्र रहेको नेपाली भूमिमा चीनले घरलगायतका पूर्वाधार निर्माण गरिसकेको छ ।
कस्तो छ भौगोलिक अवस्थिति ?
यो जिल्ला सदरमुकाम सीमकोटबाट चीनको हिल्सा जाने सडक खण्ड नजिक लगभग ४ दिन पैदल दूरीमा पर्छ । यो सीमाबाट नेपालतिर झण्डै दुई घण्टा हिंडेपछि नेपाली गाउँ भेटिन्छ । तर चीनतर्फको भूभागमा भने चिनियाँ बस्ती नजिकै रहेको छ ।
चरिचरनका हिसाबले पहिले देखि नै तिब्बतीह?ले गरे पनि यो भूभाग भने नेपालको हो । त्यहाबाट नेपालतर्फ नजिकै पर्ने बस्तीह?मा तिला, हल्टी र जाङ गाउँह? हुन् । सीमा अतिक्रमणले जनमानसमा उत्पन्न गराएको असन्तुष्टि समयमै सम्बोधन गरिनु पर्छ ।
हाल गठित छानबिन समिति कहाँ छ, के गर्दै छ, दुई पक्षबीचमा कुटनीतिक छलफल भएको छ कि छैन ? । सरकारले प्रभावकारी कदम चालिरहेको छ भन्ने मानिसमा पर्नुपर्छ । आश्वासनले अबका दिनमा जनताको मानसमा उठेको जिज्ञासा र तलतल मेटाउन सक्दैन ।
सरकार फेरिइरहन्छन् तर काम गर्ने शैली उही :
२००८ सालदेखि अहिलेसम्म मुलुकमा २१ जना प्रधानमन्त्री भए । यसमा धेरै त निर्वाचित र कार्यकारी नै भए । तर कार्यकारी प्रधानमन्त्रीकै पालामा नेपालमाथि ठूलाठूला विपत्ति आउने गरेका छन् ।
यसको समीक्षा हुने गरेको छैन । कार्यकारी प्रधानमन्त्री स्वयम् कि त विषय वस्तु नै नउठाउने, उठाए पनि राजनीतिक रंगरोगन गरेर भोट बैंक निर्माणमा राष्ट्रियताको जनभावना उपयोग गर्ने गरिरहेका छन् ।
विचार कुटनीतिका जमाना :
अहिले सशस्त्र युद्धको जमाना छैनन् । ब? वैचारिक एवम् कुटनीतिक युद्धका कुरा फस्टाउने गरेका छन् । विडम्बना ! वैचारिक एवम् कुटनीतिक युद्ध लड्ने क्षमता र हैसियतबाट हाम्रा शासक क्रमशः पलायन भैरहेका छन् । मातृभूमि अतिक्रमित नहोस् भन्नेमा चनाखो र जिम्मेवार हुन सकिरहेका छैनन् ।
विदेशीलाई जसरी पनि खुसी राख्ने, सत्तामा पुग्ने, सत्तामा टिकिरहने, सत्तामा रहँदासम्म अतिक्रमणवि?द्ध आवाज नउठाउने तथा सत्ताबाट हटेपछि जनता ठग्न र भोट बटुल्न आवाज उठाउने नेताह?को सदाबहार प्रवृत्ति बनेको छ । यो सबैका लागि लज्जाको विषय हो ।
विवादको उठान र नेपाली सर्भे टोली :
नाम्खाको विवाद २०६२ सालमा पनि चर्को गरी उठेको थियो । तर त्यतिबेला चिनियाँ पक्षले कुनै भौतिक संरचना निर्माण गरेको थिएन । त्यो १२ नं. पिलर भित्रको भूभाग हो । विवादित भनिएको भूभाग करिब १ किलोमिटर क्षेत्रभित्र पर्छ ।
त्यस क्षेत्रमा पुस्तौँदेखि नेपालीहरूको भेँडीगोठ, चौरी गोठ रहने गरेको थियो । सीमकोटे जिल्ला प्रशासन यसबारेमा २०६२ सालमै जानकार रहेको थियो । त्यति बेलै स्थानीय प्रशासनले अनुगमन र निरीक्षण गरेको पनि थियो ।
निष्कर्ष :
विवाद समाधान नगरी त्यसै राखेमा आफै समाधान हुँदैन । यो समाधानको जिम्मा सरकारले लिनु पर्छ । सरकार राज्यको कार्यकारी निकाय हो । यो राज्यकै तालुक संस्था पनि हो । त्यसैले पनि हुम्ला नाम्खाको नेपाल–चीन सीमाको खुलेर कुटनीतिक समाधानमा लाग्नु पर्छ । यो लुकाएर वा नदेखेको स्वाङ पारेर समाधान हुने विषय होइन ।