काठमाडौं । असोज र कात्तिकमा परेका चाड दसैँ, तिहार र छठ उत्साहपूर्वक मनाइएको छ । कोरोनाको असरका कारण गत वर्ष अहिले जस्तो उत्साहले चाड मनाउने सुविधा सर्वसाधारणलाई थिएन ।
चाडपर्वपछि जीवन फेरि व्यस्तता र वर्षभरिका कठिनाइ तिर फर्कन्छ । यस पटक चाडपर्व सकिए लगत्तै सर्वसाधारणले अचानक भान्छा महँगिएको चाल पाए । सामान्यतः चाडपर्वका बेला राजधानी उपत्यकाका सर्वसाधारण आफ्ना गृह जिल्ला जान्छन् ।
यस्तो बेलामा अचानक महँगी बढ्नु स्वाभाविक होइन । जहाँ आपूर्ति धेरै गर्नु पर्दैन भने मूल्य बढ्नुपर्ने अवस्था पनि रहँदैन । तरकारी बजारलाई व्यवस्थित गर्न नसकेका कारण यस्तो भएको हो । मूल्य वृद्धि हुँदा पनि एकैचोटि दोब्बरसम्म हुनु आफैमा अस्वाभाविक हो ।
खासगरी तरकारी उत्पादक किसान र उपभोक्ता सर्वसाधारणले प्रत्यक्ष फाइदा उठाउन नपाउने स्थिति छ । विचौलियाहरूको जगजगीका कारण उत्पादक र उपभोक्ताले फाइदा लिन नसकेका हुन् ।
त्यसैकारण मूल्य बढे पनि किसानले फाइदा उठाउन सक्दैनन् । मूल्य घटे पनि उपभोक्तासम्म त्यो लाभ आइपुग्दैन । बजारलाई प्रभाव पारेका कारण यस्तो अवस्था आएको हो । बजारको लगाम यथार्थमा उपभोक्ताका हातमा हुनुपर्छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।