काठमाडौँ । संसारमा चमेरो बेला बेलामा चर्चामा आउने स्तनधारी प्राणी हो । कहिले स्तनधारी पंछी भनेर चिनिएर त्यो चर्चामा आउने गर्छ भने कहिले कोरोना भाइरससँग त कहिले सार्स भाइरससँग जोडिएर आएर चमेरोले संसारमै विभिन्न समयमा तहल्का पिट्ने गरेको छ । यस्तै फेरि अर्को तहल्का जमाउने गरि चमेरोको नयाँ समाचार आएको छ ।
संसारमा भइरहने चमेरोको चर्चाकाबीच पेका पेका टोरोवा नाम गरेको एक चमेरोलाई वर्ष चरो घोषित गरिएको छ । न्युजिल्याण्डमा मानिसको बुढीऔंला जत्रो सो नाम गरेको चमेरोलाई वर्ष चरो घोषित गरिएको हो । न्युजिल्याण्डको ‘फरेष्ट एण्ड बर्ड’ नाम गरेको संस्थाले सो चमेरोलाई वर्ष चरो घोषणा गरेको हो ।
संसार भरिबाट अनलाइन मतदानमा सबैभन्दा बढी भोट पाएको भनेर ‘फरेष्ट एण्ड बर्ड’ले पेका पेका टोरोवा नाम गरेको सो चमेरोलाई वर्ष चरो घोषणा गरेको हो । वर्ष चरो घोषणा गर्नुपूर्व सो प्रतिस्पर्धाका आयोजकहरुले न्युजिल्याण्डको जमिनमा पाइने अतिसङकटापन्न उक्त स्तनधारी प्राणीलाई चर्चामा ल्याउन मतदान गरिने प्राणीको सूचीमा राखेका थिए ।
चमेरोले सो उपाधी पाएसँगै कयौं मानिसहरुमा भने असन्तुष्टि देखिएको छ । असन्तुष्टि व्यक्त गर्नेहरुमध्ये कसैले न्युजिल्याण्डलाई चमेरे देश भनेर भनेका छन् भने त्यस्तो कार्यलाई कसैले ‘तमासा’ भएको भनेर टिप्पणी गरेका छन् । सामाजिक संजालमा कयौंले दुई वर्षसम्म प्रयत्न गरेर चमेरोले पाएको आवश्यक चर्चा र उसको विजय भएको बताएका छन् । पर्यावरणवादी समूह ‘फरेष्ट एण्ड बर्ड’ले एक विज्ञप्ति जारी गर्दै, ‘चमेरोलाई भोट हाल्ने भनेको सिकारी प्रजातिको नियन्त्रण, वासस्थान संरक्षण र जलवायु कार्ययोजना बनाएर चमेरो संरक्षण गर्ने पनि हो’ भनेको छ । ‘द बर्ड अफ दि ईयर’ प्रतियोगिता न्युजिल्याण्डको जैविक विविधता र खतरामा परेका प्रजातिबारे चेतना जगाउन आयोजना गरिन्छ ।
वैज्ञानिक जगतमा चलिरहेका नियम भन्दा बाहिर गएर ‘फरेष्ट एण्ड बर्ड’ले पृथ्वीको स्थलमा हुने स्तनधारी चमेरोले पनि चराले जस्तै चुनौती झेलिरहेको भन्दै त्यसलाई प्रतियोगिताको प्रतिस्पर्धामा राख्ने निर्णय गरेको थियो । सो प्रतियोगितामा ५६ हजार ७ सय भन्दा बढीले भोट गरेको ‘फरेष्ट एण्ड बर्ड’ले बताएको छ । भोटिङमा सो चमेरोले ७ हजार भन्दा बढी मत पाएको थियो । यस प्रतियोगितामा अघिल्लो वर्ष उपाधि हात पारेको ककपोले ४ हजार मत पाएको बताइएको छ ।
‘फरेष्ट एण्ड बर्ड’ले गरेको सो प्रतियोगिता विवादमा परेको यो नै पहिलो पटक भने होइन । सन् २०२९ मा रुषबाट आएका सयौं मतहरुलाई कतिपयले धाँधली भएको आशंका व्यक्त गरेका थिए । तर ‘फरेष्ट एण्ड बर्ड’ले त्यहाँ बाट आएका मतहरु कुनै ह्याकरबाट प्रभावित भएर आएको नभएर चरालाई माया गर्ने रुषी नागरिकहरुबाट आएको बताएको थियो ।