• मंसिर १२ २०८१, बुधबार

पश्चिम नेपालका खस समुदायले तिहार कसरी मनाउँछन् ?

कार्तिक १७ २०७८, बुधबार

यस वर्षको तिहार पर्व सुरु भइसकेको छ । तिहारलाई हिन्दु धर्मावलम्बीहरुले ज्यमा पण्चक भन्छन् । युमा, किरात धर्म मान्ने राई र लिम्बुहरुले तिहारलाई बलिहाङ्ग तङ्गनाम भन्छन् । तर हामी खस जाति अनि मष्ट धर्मावलम्बीहरुले भैली पर्व भन्दछौं । तिहार मान्ने तरिका जाति, धर्म विशेष अनुसार तिथि र मिति मिलेता पनि फरक छन् ।

अतः हामी खस जातिका मानिसहरुले सबै वनस्पति जगत, पशुपंछी र प्राणि जगत तथा मानव जगतलाई समान ब्यवहार गर्छौं । विभेद गर्दैनौं । गाईलाई लक्ष्मी आमा, गोरुलाई बाबु, पंछीमा कौवा र घरपालुवा जनावरमा कुकुरलाई मात्र देउता मानेर पुज्दैनौं । चाड सम्बन्धी हाम्रा आफ्नै जातीय एतिहासिक कथन र किम्बदन्ती छन् ।

भैली पूर्वको बारेमा छोटकरीमा, हामी खस जाति र मष्ट धर्मावलम्बीहरुले तिहार मान्ने भनेको वास्तवमा पौष महिनामा हो । जुन संस्कार हालसम्म हाम्रो पित्रृ भूमी खसानमा जिवितै छ । प्रौमाणिक कथन बमोजिम सो दिन १२ भाई मष्ट र ९ बहिनी भुवानी चेलीले चेली माइतीको साइनोलाई कायम गरेको दिन हो र खसान सिंजामा बलिराजाको हुकुमबाट अब उप्रान्त मानव जगतमा चेलीले माइतीलाई मष्ट देउ सरह मान्नु, माइतीले चेलीलाई भुवानी माता सरह मान्नु अनि सम्पूर्ण मानव जगतमा साइनो सम्बन्ध कायम राखेर दुनियाँ श्रृष्टी चलाउनु । हाडनातामा विहेवारी नगर्नु ।

साइनो सम्बन्ध केलाएर कुल कुटुम्ब मान्नु र चलाउनु भन्ने प्रचार प्रसारको लागि बलिराजाले भैली पर्वको मध्यमबाट हुकुम दिएकाले खसानमा यो पूर्वको सुरुवात भएको हो भन्ने मष्ट धर्मको संस्कार चलाउने कुलगुरु पदवी धामीको काया कैरनले बताउँछ ।

हामी खस जाति र मष्ट धर्मावलम्बीहरुले चेलीले माइती मानेर र पुजेर आशिर्वाद दिने विधि पनि आफ्नै किसिमका छन् । खसान क्षेत्रमा बसोबास गर्ने खसहरुले चारवटा थालमाथी चारवटा दियो चारवटै कलश अनि पूर्वी नेपालको लिम्बुवान खम्बुवान साथै भारतको दार्जिलिङ, सिक्किम, आसाम, मणिपुर र भुटानसम्म ५ वटा थालमाथी ५ वटै दियो, ५ वटै कलस तयार पारिन्छ पहिलो १२ भाई मष्ट देउको, दोश्रो मष्ट चेली नौ भुवानीको, तेश्रो पित्रृ देवको, चौथो बलिराजाको, पाचौं लिम्बुवान मुलुकको कुल देवता युमा माङ्गको भैलीको सम्पूर्ण सर्जाम तयार भएपछि जब माइतीहरु टीका लागाउन बिछौना माथी बस्छन् ।

अनि चेलीले मुलको सफा पानी लोहटामा भरेर पाँच पटक वरिपरि पानीको रेखी हाल्छिन् । कल्पिने पहिलो फन्कोमा मेरो माइतीको मष्ट देउको जस्तै मान हुन्या, दोश्रो फन्कोमा नौ बहिनी भुवानीको जस्तै सान हुन्या, तेश्रो फन्को पित्रृ देवले सोध्या भन्या चेली माइती भेला भै धुमधाम हर्ष बडाइ गर्दै भैली पूर्व मान्या हुन भनिदिन्या, चौथो फन्को बलिराजाको जस्तै नाउँ सुवास हुन्या चेली माइतीको सम्बन्ध अमर अजम्बर हुन्या पाचौं फन्को लिम्बुवानको कुलदेउ युमामाङ्ग जस्तो धनधान्य हवस् भनेर मान्ने गरिन्छ । त्यसपछि टीका लगाइन्छ ।