• चैत्र २७ २०८१, बिहीबार

उपराष्ट्रपति कप फुटबल पासाङबाट उदघाटन

कार्तिक १ २०७८, सोमबार

काठमाडौँ। उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’ले उपराष्ट्रपति कप फुटबल प्रतियोगिताको उद्घाटन गरेका छन्। सोमबार रामेछाप जिल्ला दोरम्बा गाउँपालिकाको गुराँसेमा आयोजित सो प्रतियोगितालाई उपराष्ट्रपति पासाङले उदघाटन गरेका हुन्।


Advertisement

उपराष्ट्रपति पासाङ फुटबल प्रतियोगिता उद्घाटनका लागि काठमाडौँबाट हेलिकोप्टर चढेर रामेछाप पुगेका थिए। आजै बिहानदेखि मौसम खराब भएर हेलिकोप्टर जान सक्ने कि नसक्ने भन्ने अन्योलता केही समय रहेको भएपनि सो अन्योलता चिर्दै उपराष्ट्रपति प्रतियोगिता स्थल पुगेर उद्घाटन सम्पन्न गरेका हुन।