विजयादशमी रामको विजयको रूपमा र दुर्गा पूजाको रूपमा मनाउने गरिंदै आएको छ । दुवैमा रूपमा तर शक्तिपूजाको मनाइने पर्व हो दशैँ । यो हातहतियार पूजा गर्ने तिथि हो । यो हर्षोउल्लास तथा विजयको पर्व हो । संसारका कुनाकुनामा यो पर्व विभिन्न रूपमा मनाइन्छ । सिक्किममा पनि नेपालमा जस्तै घटस्थापना, फूलपाती र विजया दशमी आदि धूमधामसित मनाइन्छ । नेपालमा जस्तै दशैं मनाउने भारतका अन्य स्थानहरू पश्चिम बङ्गाल उत्तरी जिल्लाहरू जसमा दार्जिलिङ्ग, जलपाईगुडी हुन् । त्यस्तै दशैँ मनाइने देशहरुमा भुटान र म्यानमार हुन् ।
भारतका उत्तरपूर्वी नेपाली बसेका राज्यहरू जस्तै मेघालय, आसाम, अरुणाचल प्रदेश, नागाल्यान्ड, मणिपुर, त्रिपुरा, उत्तराखण्डको देहरादून आदिमा पनि दशैँ मनाउने गरिन्छ ।
विश्वका ती स्थानहरू जहाँ नेपालीहरू बसोबास गर्छन् ।
हिमाचल प्रदेशको कुल्लुमा दशैँ दशहरा भनेर प्रसिद्ध छ । अन्य स्थानहरूकै जस्तो यहाँ पनि दश दिन अथवा एक सप्ताह पूर्व यस पर्वको तैयारी आरम्भ हुन्छ । स्त्री–पुरुष सबै सुन्दर वस्त्रहरू पहिरिएर तुरही, बिगुल, ढोल, नगाडा, बाँसुरी आदि–आदि जोसित जे बाजा छ, लिएर बाहिर निस्कन्छन् । पहाडका मानिसहरू आफ्नो ग्रामीण देवताको धूमधामसित जुलुस निकालेर पूजा गर्दछन् । देवताहरूको मूर्तिलाई आकर्षक पालकीमा सुन्दर ढङ्गले सजाइन्छ । साथै उनीहरू आफ्नो मुख्य देवता रघुनाथजीको पनि पूजा गर्दछन् । यस जुलुसमा प्रशिक्षित नर्तक–नटी नृत्य गर्दछन् । यस प्रकार जुलुस बनाएर नगरका मुख्य भागहुँदै नगर परिक्रमा गर्दछन् र कुल्लु नगरमा देवता रघुनाथजीको वन्दनासित दशैं (दशहरा) उत्सवको आरम्भ गर्छन् । दशमीको दिन यस उत्सवको शोभा रोचक हुन्छ ।
पञ्जाबमा दशहरा नवरात्रिका नौ दिनको उपवास राखेर मनाइन्छ । त्यसबेला यहाँ अतिथलाई पारम्परिक मिठाई र उपहारले स्वागत गरिन्छ । यहाँ पनि रावण दहनको आयोजना हुन्छ, अनि मैदानहरूमा मेला लाग्छन् ।
बस्तरमा दशहराको मुख्य कारणलाई रामले रावणमाथि गरेको विजय नमानेर, मानिसहरू यसको कारण मां दन्तेश्वरीको आराधनालाई समर्पित एक पर्व मान्दछन् । दन्तेश्वरी माता बस्तर अञ्चलका निवासीहरूको आराध्यदेवी हुन्, जसलाई दुर्गाको रूप मानिन्छ । यहाँ यो पर्व पूरै ७५ दिनसम्म चल्दछ । यहाँ दशहरा श्रावण मासको अमावाश्यदेखि आश्विन मासको शुक्ल त्रयोदशीसम्म चल्छ । प्रथम दिन जसलाई काछिन गादि भन्दछन्, देवीसित समारोह आरम्भको अनुमति लिइन्छ । देवीलाई एउटा गद्धीमा सजाइन्छ । जसलाई काछिन गादि भनिन्छ । यो समारोह लगभग १५औँ शताब्दीदेखि शुरु भएको बताइन्छ । यस पछि जोगी (बिठाई कार्यक्रम, त्यसपछि भीतर रैनी (विजया दशमी) र बाहर रैनी (रथयात्रा) र अन्तमा मुरिया दरबार उत्सव मनाइन्छ । यो आश्विन शुक्ल त्रयोदशीमा ओहाडी पर्वसित समापन हुन्छ ।
पश्चिम बङ्गालमा यो पर्व दुर्गा पूजाको रूपमा नै मनाइन्छ । यो बङ्गालीको सबैभन्दा महत्वपूर्ण पर्व हो । बङ्गालमा पाँच दिनसम्म यो पर्व मनाइन्छ । यहाँ देवी दुर्गालाई भव्य सुशोभित पण्डालहरूमा सजाइन्छ । देशका नामी कलाकारहरू बोलाएर दुर्गाको मूर्ति तैयार गरिन्छ । यसका साथै अन्य देवी देवताहरूको पनि मूर्तिहरू बनाइन्छ । पर्वको समयमा शहरका सानातिना स्टालहरू पनि मिठाईले भरिन्छन् । यहाँ षष्ठीको दिन दुर्गा देवीको बोधन, आमन्त्रण एवं प्राण प्रतिष्ठा आदिको आयोजन गरिन्छ । त्यसपछि सप्तमी, अष्टमी एवं नवमीका दिन प्रातः र सायंकाल दुर्गाको पूजामा व्यतित हुन्छन् ।
दशमीको दिन विशेष पूजाको आयोजन गरिन्छ । प्रसाद चढाइन्छ र प्रसाद वितरण गरिन्छ । पुरुष आपसमा आलिंगन गर्दछन्, जसलाई कोलाकुली भनिन्छ । स्त्रीहरूले देवीको शीरमा सिन्दूर चढाउँछन र देवीलाई आँशु झार्दै विदाई दिन्छन् । यसका साथै उनीहरू आपसमा पनि सिन्दूर लगाउँछन् र सिन्दूर खल्छन् । यस दिन यहाँ नीलकण्ठ पक्षीको दर्शन शुभ मानिन्छ । त्यसपछि देवी प्रतिमाहरूलाई ठूला(ठूला ट्रकहरूमा हालेर विसर्जनको निम्ति लगिन्छ । विसर्जनको यो यात्रा पनि साह्रै शोभनीय र दर्शनीय हुन्छ ।
तमिलनाडु, आन्ध्र प्रदेश एवं कर्नाटकमा दशहरा नौ दिनसम्म चल्छ, जसमा तीन देवीहरू लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरिन्छ । पहिला तीन दिन लक्ष्मी (धन) र समृद्धिकी देवीको पूजन हुन्छ । दोस्रो तीन दिन सरस्वती (कला र विद्याकी देवीको अर्चना गरिन्छ र अंतिम दिन देवी दुर्गाशक्तिकी देवीको स्तुति गरिन्छ । पूजन स्थललाई राम्ररी फूलहरूले र दीपकहरूले सजाइन्छ । मानिसहरू एकअर्काप्रति मिठाईहरू र लुगाहरू आदान–प्रदान गर्दछन् । यहाँ दशहरा नानीहरूको निम्ति शिक्षा या कला सम्बन्धि नयाँ कार्य सिक्नकालागि शुभ समय मानिन्छ । कर्नाटकमा मैसूरको दशहरा विशेष उल्लेखनीय छ । मैसूरमा दशहराको समय पूरै शहरका गल्लीहरू रोशनीले सजाइन्छ र हात्तीहरूलाई सिंगारेर शहरभरि एक भव्य जुलुससित घुमाइन्छ । यस समय प्रसिद्ध मैसूर महललाई दीपमालिकाहरूले सजाइन्छ । यसका साथै मानिसहरू टर्च लाईट लिएर नाँचगान गरी आनन्द लिन्छन् । यी द्रविड प्रदेशहरूमा रावणदहनको आयोजना गरिंदैन् ।
गुजरातमा मिट्टी सुशोभित रङ्गीन घडा देवीको प्रतीक मानिन्छ र यसलाई कुमारी केटीहरूले शीरमा राखेर नृत्य गर्छन्, जसलाई गरबा भनिन्छ । गरबा नृत्य यस पर्वको महत्वपूर्ण अङ्ग हो । पुरुष एवं महिलाहरू दुइवटा सानासाना रङ्गाएका लौरा लिएर संगीतको लयमा आपसमा बजाउँदै घुमेर नृत्य गर्दछन् । यस अवसरमा भक्ति, फिल्म तथा पारम्परिक लोकसंगीत सबै थोकको समायोजन हुन्छ । पूजा र आरतीपछि डाँडिया रास रातभरि गरिन्छ । नवरात्रिमा सुन र गहना किन्नु शुभ मानिन्छ ।
महाराष्ट्रमा यस अवसरमा सिलंगणको नामले सामाजिक महोत्सवको रूपमा मनाइन्छ । सायंकालको समयमा सबैजन नयाँ लुगा लगाएर गाँउको सीमा पार गरेर शमी वृक्षका पातको रूपमा सुन लिएर आआफ्नो गाउँ फिर्छन् । फेरि त्यस स्वर्णलाई परस्परमा आदान–प्रदान गर्दछन् ।
लंकापति रावणलाई दशानन पनि भनिन्छ ।
महाराष्ट्रमा नवरात्रिका नौ दिन माता दुर्गालाई समर्पित गरिन्छ, जब कि दशौँ दिन ज्ञानकी देवी सरस्वतीको वन्दना गरिन्छ । यस दिन विद्यालय जाने बालबालिका आफ्नो पढाईको निम्ति आशीर्वाद माग्न माता सरस्वतीका तान्त्रिक चिह्नहरूको पूजा गर्छन् । कुनै पनि कुरालाई शुरु गर्न विशेष गरी विद्या शुरु गर्न यो दिन अति शुभ मानिन्छ । महाराष्ट्रका मानिसहरू यस दिनलाई विवाह, गृहप्रवेश एवं नयाँ घर किन्ने शुभ मुहूर्त मान्दछन् ।
कश्मीरका अल्पसंख्यक हिन्दू नवरात्रिको पर्वलाई श्रद्धासित मनाउँछन् । परिवारका सबै वयस्क सदस्य नौ दिनसम्म खालि पानी खाएर उपवास बस्छन् । अत्यन्त पुरानो परम्परा अनुसार नौ दिनसम्म मानिसहरू माता खीर भवानीको दर्शन गर्न जान्छन् । यो मन्दिर एउटा तालको बीचमा बनिएको छ । बताइन्छ कि देवीले अपने भक्तहरूसित भनेकी थिइन् । जब कुनै अनर्थ हुने सम्भावना हुन्छ, त्यसबेला सरोवरको पानी कालो हुनेछ । भनिन्छ, कि इन्दिरा गान्धीको हत्याको ठीक एक दिन पहिला र भारत–पाकिस्तान युद्धको पहिला यहाँको पानी साँच्चै कालो भएको भनी बताइएको छ ।
दशैँ कसरी विजय पर्व ?
दशैँको उत्सव शक्ति र शक्तिको समन्वय गराउने उत्सव हो । नवरात्रिका नौ दिन जगदम्बाको उपासना गरेर शक्तिशाली बनेको मनुष्य विजय प्राप्तिको लागि तत्पर रहन्छ । यस दृष्टिले दशैँ अर्थात् विजयको लागि प्रस्थानको उत्सवको उत्सव आवश्यक पनि हुन्छ ।
हिन्दू संस्कृति प्राचीनकालदेखि नै वीरता र सौर्यको समर्थक रहेको छ । प्रत्येक व्यक्ति र समाजको रगतमा वीरताको प्रादुर्भाव होस् भन्ने ध्येयले नै दशैँको उत्सव मनाइन्छ । यदि कतै युद्ध अनिवार्य नै भयो भने शत्रुको आक्रमणको प्रतीक्षा नगरी उमाथि आक्रमण गरेर जीत्नु नै कुशल राजनीति हो । भगवान रामको समयदेखि नै यो दिन विजय प्रस्थानको प्रतीक निश्चित भएको भन्ने भनाई छ । रामले रावणसित युद्ध गर्न यसै दिन प्रस्थान गरेका थिए । मराठा रत्न शिवाजीले पनि औरंगजेवको विरुद्ध यसै दिन प्रस्थान गरेर हिन्दू धर्मको रक्षा गरेका थिए । इतिहासमा अनेक उदाहरण छन् जब हिन्दू राजा यस दिन विजयका लागि प्रस्थान गर्दथे ।
यस पर्वलाई भगवतीको नाममाथि पनि विजया दशमी भनिएको हो । यस दिन भगवान रामचन्द्र चौध वर्षको वनवास भोगेर र रावणको वध गरेर अयोध्या पुगे । यस कारण पनि यस पर्वलाई विजया दशमी भनिन्छ । यस्तो मानिएको छ कि आश्विन शुक्ल दशमीमा तारा उदय हुने समय विजय नामक मुहूर्त हुन्छ । यो समय सर्वकार्य सिद्धिदायक हुन्छ । यसकारण पनि यसलाई विजया दशमी भनिएको हो ।
यस्तो पनि मानिएको छ कि शत्रुमाथि विजय पाउनका लागि यसै समयमा प्रस्थान गर्नुपर्छ । यस दिन श्रवण नक्षत्रको योग अझ शुभ मानिएको छ ।
यस दिन दुर्योधन ले पाण्डवलाई जुवामा पराजित गरेर बाह्र वर्षको वनवासको साथ तेह्रौँ वर्षमा अज्ञातवासको शर्त दिएका थिए । तेह्रौँ वर्षमा यदि उनीहरूको पत्ता लागे पाण्डवले पुनः वनवास भोग्नु पर्ने थियो । यसै अज्ञातवासमा अर्जुनले आफ्नो धनु एउटा शमी वृक्षमा राखेका थिए तथा स्वयम् राजा विराटको दरबारमा नोकरी गरेका थिए । जब गोरक्षाको लागि विराटका पुत्रले अर्जुनलाई आफ्नो साथ लिए, तब अर्जुनले शमी वृक्षबाट आफ्ना हतियार उठाएर शत्रुमाथि विजय प्राप्त गरेका थिए । विजया दशमीको दिन भगवान रामचन्द्रजीले लंकामाथि चढाई गर्न प्रस्थान गर्दा शमी वृक्षले भगवानको विजयको उद्घोष गरेको बताइन्छ । विजयकालमा शमीको पूजा यसै कारण भएको हो ।