काठमाडौँ। नेपाली स्पिनर सन्दीप लामिछाने आईसीसी प्लेयर अफ दी मन्थ घोषित भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भोटिङका आधारमा सन्दीपलाई सेप्टेम्बर महिनाको प्लेयर अफ दी मन्थ घोषणा गरेको हो ।
आईसीसीले सार्वजनिक गरेको ‘प्लेयर अफ द मन्थ‘को मनोनयनमा सन्दीपसँगै बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका कप्तान तथा ब्याटर जसकरण मल्होत्रा परेका थिए । बङ्गलादेशी र अमेरिकी खेलाडीलाई पछि पार्दै सन्दीपले अवार्ड जितेका हुन् ।
सन्दीपले अघिल्लो महिना ओमन भ्रमणमा सर्वोत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा १८ विकेट लिएका थिए। ओमानमा भएको आईसीसी विश्वकप लिग–२ र पपुवा न्युगिनीसँगको एक दिवसीय खेलमा सर्वोत्कृष्ट प्रदर्शन गरेपछि सन्दीप आईसीसीको मनोनयन सूचीमा परेका हुन् ।
यस्तै महिलातर्फ इङ्ग्ल्यान्डकी कप्तान हिथर नाइटले वुमन्स प्लेयर अफ द मन्थको अवार्ड जितिन् ।