• मंसिर १२ २०८१, बुधबार

सांस्कृतिक संस्थानले सञ्चालन गरेको विधागत प्रशिक्षण समापन

आश्विन २४ २०७८, आईतवार

काठमाडौँ । राष्ट्रिय नाचघर (सांस्कृतिक संस्थान)ले विभिन्न विधाका कलाकारहरुको ६ महिने विधागत प्रशिक्षण समापन गरेको छ । छ महिनासम्म चलेको गायन, वाद्यवादन तथा अभिनयका प्रशिक्षण कक्षाहरु शुक्रबार समापन गरिएको संस्थानले बताएको छ ।

छ महिनासम्म मादन बादनको प्रशिक्षण लिएका कलाकारहरु प्रशिक्षक खड्ग बुढामगरको साथमा

गत वर्षको फागुन महिनादेखि सञ्चालित गायन, मादल वादन, बाँसुरी वादन, अभिनय लगायतका प्रशिक्षणका कक्षा कोरोना महामारीका कारण केही समय रोकिएका भएपनि फेरि सुचारु भएका थिए । प्रशिक्षण लिइसकेपछि अब आफू पेशामा प्रवेश गर्न ढुक्क रहेको छ महिनासम्म मादलको प्रशिक्षण लिएका कैलालीका नैनसिङ थापामगरले बताए ।

तस्विरहरु/नैनसिंह थापामगर