मानव सभ्यताको उदयसँगै ‘परिवार’ भन्ने शब्द गाँसिएको छ । यसलाई स्वस्थ्य पारिवारिक जीवन एव सुखद सभ्य सामाजिक संरचनाको अङ्ग पनि मानिएको छ ।
सामाजिक कार्यकर्ताको यो भनाइ कति सान्दर्भिक होला एउटा संयुक्त परिवारले पूर्णसामाजिक सुरक्षा त दिन्छ नै त्यसबाहेक आजका कामकाजी बाबुआमाका सन्ततीको हेरचाह पनि ती हजुरबुबा हजुरआमाभन्दा अरुले गर्न सक्तैनन् ।
परिवार र पारिवारिक अनुभूति :
एउटा परिवार भन्नाले बुवा, आमा, छोरा, बुहारी, दिदी, बहिनी, नाती, नातिनीलाई परम्परागत रुपमा मानिन्छ । भनिन्छ पनि कि सुखद पारिवारिक सम्बन्धभन्दा उत्तम कुनै सम्बन्ध हुँदैन ।
यी सबै एउटा प्राकृतिक अलिखित सद्भावले बाँधिएका हुन्छन् । जीवनका दुःखसुखका क्षणमा हौसला एवम् सान्तवना बाँड्न यिनैले सहयोग गर्दछन् । समाजशास्त्रीको आँकलनमा जस्तोसुकै परिवारिक द्वन्द्वको स्थितिमा पुरुषलाई आपतविपत परेको बेला उसको सहधर्मिणीले जतिको हेरविचार कुनै व्यवसायिक परिचारिका वा स्वास्थ्यकर्मीले भन्दा बढि गर्दछिन् ।
एउटा अशिक्षित आमाले आफ्ना सन्ततीलाई जति माया र स्नेह कुनै आपतविपत एवम् रोगव्याधीको बेला पु¥याउँछिन् । त्यो कुनै व्यवसायिक नर्सिङ होमका दक्षले के पो पु¥याउन सक्लान् । यो सामाजिक मनोविज्ञानका विज्ञको धारणमा पाइन्छ ।
यो हाम्रो पूर्वीय सामाजिक संरचनाको आधारभूत विशेषता पनि हो । तर पश्चिमी सभ्यताको प्रभावले हाम्रा प्रचलित पारिवारिक संस्था खलबलिन पुगेको छ ।
आज पारम्पारिक पारिवारिक व्यवस्था भन्दा धन तथा वैभव प्रमुख मानिएको सामाजिक अवधारणाले व्यक्तिलाई पारिवारिक दायराबाट टाढा विदेशिन बाध्य पारेको छ ।
यसको परिणति सुखद भविष्यका लागि हिजोको त्यो संयुक्त पारिवारिक परिवेशभन्दा छुट्टै अस्तित्वमा रमाउन चाहन्छ । संयुक्त पारिवारिक परिवेशमा रहँदा बाँधिनुपर्ने केही शर्त परम्पराबाट पन्छिन पारिवारिक विखण्डनलाई आज एउटा सुनौला अवसर ठानिन्छ ।
आयातित सोच :
खासगरी आजका शिक्षित एवम् स्वतन्त्र महिलाहरु पनि यसमा अपवाद छैनन् । तर यस प्रवृत्तिले ढिलो चाँडो भएपनि समयले एउटा तीतो सत्य ओकल्छ । यस परिस्थितिले तीनका सन्ततिले भोग्न परेको एकांगीपन एकातिर अर्कोतिर यस्ता परिस्थिति ती प्रौढ निवृत्त जीवन निर्वाह गर्नेहरुको जीवनमा भोगिरहेको हुन्छ ।
यस्तो बेलामा एकअर्काको सहाराले एउटा मनोवैज्ञानिक उपचार मात्र गर्दैन, बरु कतिपय पारिवारिक अन्तरद्वन्द्वमा एउटा सहजकर्ताको भूमिकासमेत् निर्वाह गर्दछ । हिजोको पारम्पारिक परिवेशमा पति–पत्नी बीच सम्बन्ध–बिच्छेद कल्पनासम्म गर्न सकिन्न थियो ।
खुइलिँदो पारिवारिक सम्बन्ध :
आज छापामा देखिएजस्तै बढि नै हुँदै गएको छ । दैनिक कामकाजमा खटेका पुरुष तथा महिला दुवैले साथीसंगीको सल्लाहसँगै लिने निर्णयमा यस्ता कति यथार्थपरक आधारहरु होलान्, जसले सही गति दिलाओस् ।
आज प्रत्येक व्यक्ति चाहे ती पुरुष हुन् वा नारी, अति महत्वकाङ्क्षी र आत्मकेन्द्रित छन् । परिवार अनि समाजलाई बिर्सेर वैयक्तिक जीवनमा मात्र रम्न चाहन्छन् । भनिन्छ हिजोको दिन नारी एक कुशल गृहणीका रुपमा रहँदा परिवार निश्चिन्त थियो । तर आज यो तीब्र गतिमा स्खलित भैरहेको छ ।
महिलाको जिम्मेवारीमा परिवर्तन :
आकांक्षाका साथै आयआर्जन एवम् शिक्षाको समान अवसरका कारण नारी आत्मनिर्भर हुन आफ्नो कार्य क्षमता प्रदर्शन गर्न कार्य क्षेत्रमा ओर्लिदा उनमा हिजोको परम्परागत गृहणीको भूमिकामा परिवर्तन आउँदै गैरहेको छ ।
हिजोको अर्धाङ्गिनी, बुहारी आदिको भूमिकामा परिवर्तन आयो । बालबच्चा पनि मातृत्वबाट टाढै रहन गए । यसका कारण बदलिंदो मानस्थिति र त्यसको मनोवैज्ञानिक असर सन्ततीले भोगिरहेका छन् । जुन स्थिति आजको समाजमा देखा परेको छ ।
सामाजिक मूल्य मान्यतामा स्खलन :
युवा पंक्तिमा रहेका लागुपदार्थजन्य दुव्र्यशनीहरु प्रायजसो संभ्रान्त परिवारका रहने गरेको पाइएका छन् । उपभोक्तावादी एकांगीपनको अर्को पाटो परम्परागत पारिवारिक संरचनाको बिघटन, पारिवारिक अन्तरद्वन्द्व ह्रासोन्मुख आपसी सदभाव, अनि परम्परागत सामाजिक मूल्यमान्यताको अवमूल्यनका रुपमा देखापरेका छन् ।
आधुनिक वैयक्तिक जीवनशैली, सामाजिक परिवेशले आज परिवारको साटो व्यक्ति आत्मकेन्द्रित हुन पुगेको छ । हिजोका पारिवारिक चाडपर्वमा जनाइने आत्मीयता सौहाद्र्रता आजको परिवेशमा आत्मकेन्द्रित हुन पुगेको छ । आज मानिस आफुबाहेक परिवारका अन्य सदस्यप्रति सकभर जिम्मेवार हुन नपरोस् भन्ने रुझान राख्न थालेको छ ।
एकांगीपना र अपहेलना :
यस परिवेशमा एकै परिवारका सदस्यहरु बीच पनि आत्मीयताको साटो एकांगीपन बढ्दै गएको छ । अर्कोतर्फ, परिवारमा बृद्ध–बृद्धाहरु अपेक्षित र अपहेलित हुन पुगेका छन् । आजको सञ्चार माध्यमले गर्दा सँगै नबस्दा पनि औपचारिकताका लागि, आक्कलझुक्कल सम्झना बिर्सनाका साहनुभूतिका सम्पर्क हुने गरेको छ ।
केहि गरी परिवारका बृद्धबृद्धाहरु सँगै बसेका भए तिनीहरुको जीवन व्यवहार साना नानीहरुको स्याहार सुसार गर्ने धाइ सुसारेसरह हुने थियो । तर बच्चाबच्ची आफ्नै विद्यालयमा छन्, बृद्धबृद्धा घरमा । यथार्थमा बाजेबज्यैहरुले आफ्ना नातिनातिनालाई माया दिन पाइरहेका छैनन् ।
नातिनातिनाले अग्रजको वात्सल्यता पाउन सकिरहेका छैनन् । वास्तवमा बाजेबज्यैबाट बाबुआमाभन्दा बढि माया एवम् हेरचाह पाउँछन् । यसै प्रसंगमा विगतमा दशकमा, हाम्रो समाजमा प्रौढ, एवम् बृद्धबृद्धाप्रति गरिएका व्यवहारमा क्रमशः हाम्रो सोचमा परिवर्तनका लक्षण देखा पर्न थालेको छ ।
ब्याक टु सोसाइटी :
नेपाल आज जसरी हिंडिरहेको छ, ६०÷७० को दशकमा पश्चिमी मुलुक यसै परिस्थितिबाट हिँडेको थियो । आज उनीहरु लामो हण्डर ठक्कर र भनुभव तथा अनुभूति संगालेर संयुक्त परिवारतर्फ उन्मुख हुन थालेका छन् ।
हाम्रो आफ्नो परिवेश पनि त्यसतर्फ उन्मुख हुने तरखरमा छ । यसले गर्दा सर्वत्र विखण्डित हाम्रा सामाजिक परम्परागत पारिवारिक मूल्यमान्यता पुनर्जीवित हुने संभावनातर्फ मोडिन सक्छन् । तर हाल हाम्रो सामाजिक परिवेशमा तीव्र बेगमा बगेको आधुनिक आत्मकेन्द्रित महत्वाकांक्षी प्रतिस्पर्धा थामिन केही समय लाग्ला नै ।
ज्येष्ठ नागरिकको सम्मान :
तुलनात्मक रुपमा यो क्रम त्यति चाँडै सफल हुन केही समय लाग्ला । तर यसबारे बेलैमा सोच्नु पर्ने बेला आइसकेको छ । हाम्रा ज्येष्ठ नागरिकप्रति फर्केर सम्मान गर्ने अवस्था आउन थालिसकेको छ । जुन पिढीले आज हामीलाई नयाँ पुस्ताका रुपमा यहाँसम्म ल्याइ पुर्यायो, त्यसैलाई बिर्सने परिपाटीको अन्त्य गरिनु जरुरी छ ।