यो विधाको सिद्धान्त र नियमहरू यसप्रकार छन् ।
क) पाँच अक्षरमा लेखिने भएकोले यो विधाको नाम पञ्चक राखिएको छ ।
२) यो त्रिपदीय संरचनामा सुरुमा दुई बिच हरफमा एक र अन्तिम हरफमा दुई अक्षर गरि जम्मा पाँच अक्षरमा ठाडो संरचनामा लेखिन्छ ।
जस्तैः
सूर्य
झैं
चम्के
आफै
नै
लम्के
३) अर्थपूर्ण भावले ओतप्रोत काव्यिक संरचनामा लेख्नुपर्छ ।
४) अनुप्रास मिलाएर वा नमिलाई पनि लेख्न सकिन्छ ।
५) र, वा जस्ता संयोजक मिलएर पनि पञ्चक लेख्न सकिन्छ ।
जस्तैः
राम
र
सीता
राधा
र कृष्ण
बबा
वा
आमा
६) ले, बाट, लाई, को र मा जस्ता विभक्ति लागेका शब्दहरुलाई मुल शब्दबाट अलग वा टुक्र्याउन नहुने ।
७) अँ, पो, त, के, नि, नै, है, खै र लौ जस्ता एकाक्षरी शब्द वा निपात लगाएर अनुप्रास मिलाएर वा नमिलाई पनि पञ्चक लेख्न सकिन्छ ।
केहि उदाहरणहरुः
अनुप्रास मिलेकाः
बाटो
न
घाटो
बुद्धि
न
सुद्धि
मान
न
शान
ताम
र
झाम
ताल
न
तुल
काम
न
काज
तिरी
र
मिरी
अर्ति
र
बुद्धि
ब्याज
न
स्याज
वार
कि
पार
कम
से
कम
ग
एक
से
एक
मर्ने
कि
बाँच्ने
रुँदा
र
हाँस्दा
धोती
न
टोपी
अनुप्रास नमिलेकाः
बारी
न
बोट
ठूलो
छ
ओंठ
आफ्नै
लै
भुल
आफ्नै
लै
रोज
दिन
र
रात
तिम्रो
नै
साथ
जहाँ
छ
केरा
तहाँ
छ
डेरा
घाम
र
पानी
मान्छे
चैं
सानी
साह्रै
नै
सानी
मान्छे
चैं
ज्ञानी
विपरितर्थि शब्दका बिच पञ्चकहरु
सुख
र
दुःख
घृणा
र
मायाँ
दिन
र
रात
रुनु
न
हाँस्नु
उठ्नु
न
बस्नु
लाटो
न
बाठो
तल
र
माथि
दुब्लो
र
मोटो
यता
र
उता
कालो
र
सेतो
आयो
र
गयो
रात
र
दिन
उठ
र
बस
अग्लो
र
होचो
सुत्नु
र
उठ्नु
सानो
न
ठूलो
आदि आदि ।
कृष्णबहादुर केसी
गोङ्गबु, काठमाडौं ।