• मंसिर ११ २०८१, मंगलवार

नेपालको पर्यटन : हिजो, आज र भोलि

आश्विन ११ २०७८, सोमबार

असौज ११ लाई हामी पर्यटन दिवसको रुपमा सम्झने गछौँ । त्यसो त यो मौसम आउना साथ दशैँको मध्यसमय पूर्वको घुन्साको जहाज दूर्घटनाले सधैँ चिमोटिरहन्छ, यो मनलाई । पर्यटन र समग्र नेपालको भूगोललाई माया गर्नेहरु धेरैको सामूहिक अन्त्य भएको दिन घुन्सा जहाज दुर्घटनालाई लिएर मृतकहरुको आत्माले चीर शान्ति पाओस् भन्दै काठमाडौँको पवित्र देवी मन्दिर नक्साल भगवती स्थानमा सामूहिक नवाह महायज्ञ, देवी भागवतकथा, दूर्गा पूजा एवं बृहत् सत्सङ्ग यसै पंक्तिकारको नेतृत्वमा भएको सम्झना आउँछ । यसमा केही सहयोग काठमाडौँ नगरपालिका भनौँ स्थानीय वडा एवं स्थानीय व्यक्तिहरुको पनि रहेको थियो, त्यति बेला ।

कोरोना त्रासले भ्रमण वर्ष २०२० पछिका पर्यटन दिवस लगायत हरेक दिनहरु खल्लो भएका छन् । कीर्तिमानी आरोही, बिना अक्सिजन १० पटकसम्म सगरमाथा आरोहण गर्दै विश्व कीर्तिमान कायम गर्ने सोलुका हिम चितुवा अर्थात् आङ्रिता शेर्पाको असौज ५ मै निधन भएको थियो अढाई वर्षअघि पर्यटन मन्त्रीका रुपमा रहेका रबीन्द्र अधिकारीको ताप्लेजुङ हेलिकप्टर दर्घटनाबाट मृत्यु भएको थयो । जहाज दुर्घटनामा नेपाल अगाडि नै छ, यामानका एयरलाइन्सहरुको दुर्घटना विवरण लिँदा फेरि निन्द्रा हराम हुन्छ सधैँ, संसार घुमेर डलर कमाएर घर पर्कंदा घोप्टेभीर या भट्टेडाँडामा सोत्तर हुँदा परिवारले बिगारेको मनस्थिति अहिले पनि बन्द भएको दैनिक पशुपतिनाथलाई बाहिरैबाट परिक्रमा गरी  आफूलाईधन्य जिउँदोसम्म राख्न सकेका मित्र र तिनका परिबारलाई देख्दैछ यो पंक्तिकार । जीवन भन्नु जन्म र मृत्युको दोसाँध त रहेछ आखिर । त्यसो त भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामै हामीलाई हलुवामा बालुवा भएको हो ।

६-७ महिनादेखि आन्तरिक र वाह्य पर्यटन लथालिँग भएको अवस्थामा जसोतसो असौज १ देखि उडानहरु खुल्दा साससम्म भर्ने काम भएको थियो विगतमा । खोपको पर्याप्तता भए पनि स्वदेशी र विदेशी दुबैलाई बेस्सरी सताएको कोरोना समस्या भने अझै हल भएको छैन । धेरै स्वदेशी विदेशीहरु बढी प्रभावित हुनुको साथै व्यापार व्यवसायमा समेत यसले पारेको असरले सबैलाई चिन्तित बनाएको छ । भ्रमण वर्ष मनाइरहँदा चिनबाट धेरै पर्यटकहरु यहाँ आउने अपेक्षा थियो । त्यहीँबाटै कोरोनाको मुस्लो उठ्दा र संसार घुमेको त्यो मुस्लोको लप्काले अर्को छिमेकी देश भारतलाई दोस्रो श्रेणीमा राख्दा हामीलाई हलुवामा बालुवा हुनु स्वभाविकै भयो । हाल पानी भरेर रानी पोखरी सजिएको छ, ढीलै भए पनि धरहरा उठेको तर पूरा भएको छैन, घण्टाघर, त्रिचन्द्र कलेज जागिसकेको छैन, भूकम्प प्रभावित राजधानी काठमाडौँ विस्तारै उठ्न लाग्दा धेरै पर्यटक आउने चीन र भारत दुबै कोरोनाको जोखिममा छन् ।

२० लाखको पर्यटक संख्या आगमनको संख्या पुग्न मासिक डेढ् लाखको आगमन हुनु पर्ने हो, तर हाम्रो कोरा कल्पना भयो । तथापि यसैक्षेत्रबाट वर्षभित्र ९ लाख मानिसलाई रोजगारी दिने सपना देख्न सरकारले छोडेन । अहिले त रोजगारी पूरै गुमेको, लगानी डुबेको अबस्था छ ।

आधुनिक युग पर्यटकीय युग हो । विश्वभरि यसक्षेत्रको प्रभाव अधीक छ । संसारभर पर्यटन क्षेत्रबाट १० करोडले रोजगारी प्राप्त गरेका हुन् । वल्र्ड टुरिजम अर्गनाइजेसनका अनुसार संसारमा आतिथ्यता सत्कारकै लागि भनौँ पर्यटन क्षेत्रकै लागि २.२ ट्रिलियन डलरको लगानी छ । संसारभर घुमफिर गर्ने, विदा मनाउने, मनोरञ्जन गर्ने बानी प्राय आर्थिक हैसियत भएका सबैलाई बसेको छ । नेपाल पर्यटकीय गन्तव्यको पहिचान भएको देश हो । र पनि पर्यटनक्षेत्रमा संलग्न जनशक्तिको गुणस्तरीयतामा कमी छ यहाँ । यस क्षेत्रमा आवश्यक सक्षम जनशक्ति तयार गर्ने क्रममा सरकारी स्तरमा पर्र्यटन मन्त्रालय मातहत पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान छ । वि.सं २०२९ सालमा स्थापना भएको यस संस्थाले विभिन्न खाले जनशक्तिको तयारी गर्दछ ।

४० भन्दा बढी कलेज एवं अन्य शैक्षिक संस्थाहरुले यस्तै खाले जनशक्ति निर्माण गर्दैछन् । यस क्षेत्रको जनशक्ति साविकभन्दा बढे पनि गुणस्तरमा बढोत्तरी भएको छैन । तालीम प्राप्त जनशक्ति ७० प्रतिशत त विदेशिएका छन् । साँच्चै भन्नु पर्दा टुर गाइडकै कमी छ यहाँ । प्रतिष्ठान  आफैले तयार गरेका टुर गाइड ५ हजार जति मात्र छन् । प्रतिष्ठानले पर्यटकीय क्षेत्र पोखरा, लुम्बिनी, पाल्पा, चितवन आदि क्षेत्रमा यस्ता जनशक्ति तयार गरिरहेको छ । हामीकहाँ पर्यटन क्षेत्रमा तालीम प्राप्त जनशक्ति समग्रमा ५२ हजार भन्दा बढी रहेका र आगामी ५ वर्ष भित्र यस्तो जनशक्ति दोब्बर गराउने सरकारी अवधारणा देखिन्छ । सातै प्रदेशमा प्रतिष्ठानले टुर एवं  ट्रेकिङ गाइड तयार गर्ने लक्ष्य पनि लिएको देखिन्छ ।

टुर एवं  ट्रेकिङ गाइडहरु औपचारिक अनौपचारिक रुपमा झण्डै डेढ् लाखले यहाँ रोजगारी पाएका हुन् । केही विदेशी पर्यटकहरु लिई नेपालका विकटक्षेत्रमा पैदल पुगेको पंक्तिकारको आप्mनै अनुभव छ, अपर मुस्ताङ, मनाङ, हुम्ला, डोल्पा अदि क्षेत्रमा, अब त सम्झँदा नै आङ सिरिङ गर्छ, जसो तसो सम्झना साहित्यबाट चित्त बुझाउनु परेको छ अहिले ।

हिजोआज सबैको मुखमा सुनिन्छः पर्यटन, टुरिष्ट, पर्यटक, टुरिजम् आदि । टुरिजम् वास्तवमा फ्रेन्च शब्द हो । १९औं शताब्दीदेखि यस शब्दले बढी प्रश्रय पाएको हो । पर्यटक भनाँै वा टुरिष्ट शब्द लेटिन भाषा हो । कुनै कामले, उद्देश्यले मुलुकभित्र वा बाहिर घुम्न जाने व्यक्ति वा समूह भनेको पर्यटक हो । पर्यटक आन्तरिक र बाह्य दुई थरीका हुन्छन् । पर्यटन भन्नु र पर्यटक भन्नु पर्याय हुन् । डब्लुटिओको परिभाषा अनुसार स्वदेश वा अर्को देशमा विदा, विजनेश वा कुनै मिशनले भ्रमण गर्नेलाई पर्यटक भनिन्छ ।

समयावधि भने एक दिनदेखि सय दिनसम्मको बसाई उद्देश्य राखी भ्रमण गर्नेलाई पर्यटक भनिन्छ ।
आएका पर्यटकलाई कुन विशेष क्षेत्रमा केन्द्रीत गराउने, अधिकांशको रुचि के हो ? हाम्रो प्राथमिकता के हो ? बजार कुन हो ? यस विषयमा खासै चासो राखेको देखिँदैन यहाँ । पर्यटकहरुलाई सन्तोष गराउने, उनीहरुको बसाइ अवधि लम्ब्याउने उनीहरुबाट यहाँ बढीभन्दा बढी खर्च गराउने तरीकाहरु के हुन् ? तिनको पनि पहिचान हुन जरुरी छ ।

पर्यटक भित्र्याउन गरिने पूर्वाधर विकासमा पनि हामी पछाडि छौं । राम्रो सडक, खानेपानी, सरसफाइ, शौचालयको प्रबन्ध, धुवाँधुलो रहित यात्रा, दुर्घटना रहित र भरपर्दो सुरक्षा पनि न्यूनतम आवश्यकताका विषयहरु हुन् । यसका लागि अब्बल देशको अनुभव सिँगापुर र चीनको अनुभव छ पंक्तिकारमा एसियामा, एसियाकै जापान पश्चिममा अमेरिका भने अनलाइन दृश्यबाटै चित्त बुझाउनु परेको छ यो पक्तिकारले, यद्यपि त्यहाँ नपुग्ने विरलै छन्, सचेत नेपाली अगुवा नागरिकहरु, पंक्तिकारले यहाँको दुल्लुलाई दिल्ली, अछामलाई अमेरिका, डोल्पालाई डेनमार्क, मनाङलाई मलेसिया, बाँकेलाई बैंकक मान्ने गरेको छ । पारिको घाँसले भन्दा वारिको सुकेको परालै भए पनि त्यसले गाईको दुध बढी आउँछ जस्तो लागेर हो, यसो हुनुमा ।

नेपालमा आउने पर्यटक भौतिक सुख सुविधाका लागि भन्दा पनि आध्यात्मिक शान्तिका लागि हो । प्राचीन समयदेखि नै देश देवभूमि, वैदिक भूमि, पवित्र भूमि हो । यो अन्तर्राष्ट्रिय स्तरमा बुझाउनका लागि एकमात्र विश्वकै नमुना पूर्वीय धर्म–संस्कृतिको धरोहर देश भन्ने पहिचान देशले गुमाउनु हुँदैनथ्यो । भैरहवा विमानस्थल निर्माण मात्रैले यो अभियान पूरा हुँदैन । विश्वको एक मात्र हिन्दु मन्दिर पशुपति क्षेत्र र सुनसान छ, २ दिन खुल्छ, १० दिन बन्द हुन्छ, हिजोआज होलिवाइनको चर्चा पनि सुनिएको छ, पकडमा यसतिर ।

जनगणना हुँदा हिन्दुहरुको संख्या कस्तो आउने हो तथ्यांक फारामको गोलमोटल कस्तो हुने हो यकिन छैन होला सायद, कारण नेपाली पैसा भन्दा डलरको मूल्य बढी छ, नेपालीहरु गुन्द्रुकको झोलमा परेका छन् अहिले, यद्यपि तिनका टाउकामा जन्मदै ५५ हजारको ऋण छ, व्यापार घाटा त भनि साध्य नै छैन । हाम्रो मुलुकमा अधिकांश पर्यटकीय तीर्थ क्षेत्र हिन्दू धर्म, दर्शन, संस्कृतिमा आधारित छ । पछिल्लो समय भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा भारतका ख्याती प्राप्त धर्मगुरुलाई सदभावना राजदूतको रुपमा आत्मसात् गरेको यादै छ ।

धार्मिक मुलुक भारतमा मुम्बई, चेन्नई, दिल्ली जस्ता विभिन्न शहरहरुमा यसको प्रचार–प्रसार गरिएकै हो । चीन, हङकङ, अमेरिका, युरोपसम्म अभियान भनौं नाराको पहुँच पुगेकै हो । चिनियाँ भाषामा नेपालबारे प्रबद्र्धनात्मक कार्यक्रमहरु भएकै हो । नेपाल आउने तर बसाई अवधि कम राख्ने विगतको समस्या छ । हाल पर्यटकको औसत बसाई एक साताभन्दा पनि कम छ । बसाई अवधि नबढाएसम्म र उनीहरुको औसत खर्च वृद्धि नगरेसम्म यहाँको राजस्वमा बढोत्तरी हुन्न । नेपाल पर्यटन वोर्डको भनाइ छः एक पर्यटकले सन् २०१७ मा प्रतिदिन ५४ डलर खर्च गर्ने गरेको छ । सन् २०१८ मा १२ः६ दिन पर्यटक बसाई अवधि थियो भने सन् २०१९ मा यो घटेर १२ः४ दिनमा रह्यो । यसरी समयावधि र खर्च गर्ने औसत रकम घट्नु भनेको राम्रो संकेत होइन । अधिकांश पर्यटकहरुको स्रोत मुलुक हाम्रो भारत र चीन नै हो । ती दुवै देशका केही प्रतिशतले मात्र नेपालको भ्रमण गरे पनि यहाँ पर्याप्त हुन्छ ।

प्राचीन नेपाल लिच्छवीकालमा चिनियाँ यात्री फाइयानले हाम्रो कपिलवस्तुमा सन् ३९९ देखि सन् ४१४ सम्म भ्रमण गरेको इतिहास छ । पछि सन् ६२९ देखि ६४५ सम्म चिनियाँ यात्री दुःख साङले नेपाल भ्रमण गरी नेपालकै विषयमा धेरै कुराहरु लेखेको इतिहास छ । मल्लकालीन इतिहास हेर्दा भोट चीन व्यापारिक कारण विदेशीहरु नेपाल आउने गरेको पाइन्छ । नेपालीहरु पनि विदेश भ्रमण गर्ने गरेको पाइन्छ । नेपालमा अरनिको, नेपाली भृकुटीको कथा हामीले विद्यालय कक्षामै पढेका हौं । त्रेतायुगमै रामजानकी विहे, द्वापर युगमा श्रीकृष्णको नेपाल यात्रा धेरै छन् यस्ता युगीन इतिहासहरु ।

वि.सं. १९०६ मा आइपुग्दा श्री ३ जंगबहादुर राणाको बेलायत यात्रा, उनको टिममा ५०औं जनाको यात्रु रहेका, पछिल्लो समय भारत–नेपाल, बेलायतमा दूतहरुको आदान–प्रदान भएको पाइए पनि वि.सं. २००७ सम्म नेपालले बाह्य क्षेत्रमा ठूलो प्रगति हासिल गरेको भने देखिँदैन । वि.सं. २००८ मा नेपाल विश्व पर्यटन संघको सदस्य बनेको र वि.सं.२०१४ मा पर्यटन वोर्ड, वि.सं.२०१६ मा पर्यटन निर्देशनालय, वि.सं. २०१८ मा पर्यटन विभाग, वि.सं. २०२८ मा पर्यटन विकास समिति, वि.सं २०३३ मा पर्यटन मन्त्रालय, वि.सं. २०३५ मा पयटन ऐन, वि.सं २०५२ मा पर्यटन नीति आउनुले सांगठनिक स्वरुपको इतिहास तय हुँदै आएको देखिन्छ । सन् २०११ मा पनि पर्यटन वर्ष मनाइयो, जसबाट नेपालप्रतिको विश्वको हेराइमा बढोत्तरी भएको हो । विगत वर्षमा भएको दक्षिण एसियाली खेलकुद सागमा नेपालले प्राप्त गरेको स्वर्ण पदकले यसमा अझै बढोत्तरी भएको हो ।

पर्यटन वोर्डको तथ्यांक अनुसार सन् १९९७ मा ४ लाख २१ हजार ८५७ जना, सन् १९९८ मा ९ प्रतिशतले बढेर ४ लाख ६२ हजार ६८४ जना, भ्रमण वर्ष ९८ मनाउने क्रममा ५ लाखको लक्ष्य लिएकोमा लक्ष्यभन्दा बढीको उपस्थिति थियो । सन् १९९९ मा ६ प्रतिशतले बढेर यो संख्या ४ लाख ९१ हजार ५०४ जना पर्यटक नेपाल आएको देखिन्छ । बिचमा देश अशान्तिको भुमरीमा फस्यो, पर्यटक आकर्षित भएनन् । सन् २०१६ देखि केही सुधार भएको हो । सन् २०१९ मा ९ लाख ७५ हजार ५७५ जनाभन्दा बढी पर्यटक नेपाल आएका देखिन्छन् । २०१८ मा ११ लाख ७२ हजार पर्यटक भित्रिएका हुन् ।

मुलुककोे चौधौ योजनाको अन्तसम्म विदेशी पर्यटक आगमनको संख्या १२ लाख पुर्याउने, विदेशी पर्यटकको बसाई अवधि सरदर १५ दिन पुर्याउने, सरदर दैनिक खर्च ६० अमेरिकी डलर पुर्याउने लक्ष्य थियो । हिमाली, पहाडी र तराईका भौगोलिक विविधता, समुद्र सतहदेखि ७० मी मात्रको उचाइ पनि यहीँ रहेको र विश्वका दूर्लभ पाटे बाघ, काँडे भ्याकुर, धेरै प्रजातिका चरा, जीवित देवी कुमारी र असंख्य चाडपर्व, जात्राहरुले नेपाल र नेपालीको छुट्टै चिनारीलाई प्रतिष्ठाको रुपमा प्रयोग गर्ने लक्ष्य पनि थियोे ।

बाटे बाघको चर्चा गर्नु पर्दा सन् २०१० को जुलाई २९ मा रसियाको सेन्टपिटर्सबर्गमा विश्व बाघ सम्मेलन भएको थियो । विश्वमा यस्ता बाघ पाइने देशहरु १३ वटा मात्र देखिन्छन् । सम्मेलन भइरहँदा १२ वर्षभित्र अर्थात् आगामी २०२२ सम्ममा विश्वमा बाघको संख्या दोब्बर गराउने लक्ष्या रहेको थियो । छिमेकी भारत, चीन, म्यान्मार, भूटान, अलि पर इन्डोनेसिया, थाइलैण्ड, मलेसिया, भियतनाम, कम्बोडिया एवं हामी कहाँ पाटे बाघहरु छन् । नेपालमा भन्नु पर्दा चुरेभावर र त्यसको तल्लो समथर वन क्षेत्रमा बाघ संरक्षण युनिटहरु ३ वटा रहेका छन् ।

चितवन, पर्सा ठोरीको वाल्मीकि आश्रम क्षेत्रमा पहिलो युनिट, बाँके, बर्दिया एवं भारतको कतरनियाघाटमा दोस्रो युनिट रहेको र तेस्रो युनिटमा शुक्लाफाँटा एवं भारतको दुधुवा राष्ट्रिय निकुञ्जमा देखिन्छ । बाघ गणना २०१८ का अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्टिृय निकुन्जमा १८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघहरु रहेका छन् । बाघका शिकार भनेका रतुवा, चित्तल, जरायो, लगुना, बँदेल, गौरी गाई आदि बन्य जन्तु नै हुन् । बाघ संरक्षणको प्रयास नेपालले वि सं १९९९ देखि नै गरेको देखिन्छ ।

२००७, २०१६ मा पनि थप योजना लिएको र वन्यजन्तुहरुको संरक्षण हेतु राष्ट्रिय निकुञ्ज, नेपाली सेना, मध्यवर्ती क्षेत्रका स्थानीय निकाय, नेपाल प्रहरी, केन्द्रिय अनुसनधान ब्यूरो अन्तर्गतका निकायहरुमा छुट्टै निकायहरु रहेका छन् । बाघको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण गर्न २०७३ मा ऐन जारी भएको देखिन्छ भने २०६७ जेठ २ को निर्णयबाट प्रधान मन्त्रीको अध्यक्षतामा राष्ट्रिय बाघ संरक्षण समिति बनेको छ । पाटे बाघ देखाएर पनि हामी पर्यटनको समृद्धिमा जान सक्छौँ । बाघले मानव शिकार पनि गरेको छ ।

मानव र बन्य जन्तु द्धन्द न्यूनीकरण हेतु २०६९ मा बाघ लगायत अन्य १४ थरि वन्यजन्तुले पुर्याएको क्षति वापत् सहयोग गर्ने गरी निर्देशिका जारी भएको हो । क्षतिपूर्ति वापत् नै आव ०७६/०७७ सम्म देशभर रु १० करोड ६६ लाख राहत उपलब्ध गराइएको तथ्यांक सार्वजनिक भएको हो । बाघ आफैमा हिंस्रक जनावर भएकाले उसबाट मानव क्षति गम्भीर विषय हो । अन्य समस्या हामीकहाँ धेरै नै छन् बाघको संरक्षण पनि मानव भनौँ देशकै काम हो । बाघका लागि स्वतन्त्र रुपमा बासस्थान, विचरण क्षेत्रको आवश्यकता पर्छ ।

तिनको अभाव हुनु जैविक मार्गको अभाव हुनु, सार्वजनिक स्थलहरु खेलकूदका नाममा, बाटोघाटो बिस्तारका नाममा, फोहोरको डम्पिङको नाममा साँघुरिएको अवस्था छ । संसारमा बाघको संरक्षणको अभावमा संख्या कम हुँदैछ । सन् २०११ सम्म विश्वमा पाटेबाघको संख्या २५०० कम देखिएका छन् । सन् २००९ मा नेपालमा १२१, २०१३ मा १९८, २०१८ मा पुग्दा २३५ र आगामी वर्ष विश्वकै यस्ता बाघको संख्या यहाँ दोब्बर गर्न २५० को संख्या पुर्याउन जरुरी छ । समष्टिमा भन्नु पर्दा विश्वमै बाघको संख्या ९७ प्रतिशतले घटेको छ ।

पर्यापर्यटनको सम्भावना हुँदा हुँदै पनि यसरी संख्या घट्नुमा चोरी शिकारी हुनु र वन उपभोक्ता समूहहरु निष्किृय हुनु हो । बाघले तारबार भत्काउने, त्यसको मर्मत सम्भार समयमै नहुने, बाघबाट मानिसको मृत्यृ संख्या वर्षेनी बढ्दै जानाले पनि बाघप्रतिको आम धारणा घट्नु सभाविक हो । मानिसको आक्रोशले विगतमा चितवन सौराहामा निकुन्ज नै तोडफोड पनि भएको हो गत आवमा मात्र बाघले १६ जना मानिस निलेको छ ।

बाघ बासस्थानमा राज्यको चासो कम हुँदा, आम उपभोक्ताको पानी र पशु चरण पनि वन नै भएको, घाँसे मैदानको कमी, पानीको स्रोत कम हुँदै आएको विविध कारणहरुले वन्यजन्तु र मानव मनोविज्ञानमा असर पारेको छ । प्रकृति बिस्तारै परिवर्तन हुँदा समग्र इको सिष्टमलाई नै नकारात्मक असर पारेको, कोरोना जस्तो महामारीले सताउन थालेकोले पनि सम्बन्धित निकाय उदासीन भएर बस्न मिल्दैन । बाघ मात्रै होइन हरिया डलर आय आर्जन गर्ने अन्य विषयहरु पनि धरापमा परेका छन् ।

पर्यटकीय गन्तव्यको विविधिकरण गर्दै नयाँ पर्यटकीय स्थलको चिनारी दिँदै पर्यटन उद्योगलाई फस्टाई देशको सम्बृद्धिको यात्रा तय गर्ने प्रसस्त सम्भावनाहरु छन् । पर्यटकीय पूर्वाधारको विकासबाट रोजगारीको सिर्जना, गरीबी न्यूनीकरण, राष्ट्रिय अर्थतन्त्रको विकास, जीवनस्तरमा सुधार हाम्रो आवश्यकता हो । राजनैतिक संक्रमणमा पर्यटन विकासमा गम्भीर चोट लाग्न पुग्यो विगतमा । पर्यटन पूर्वाधार विकासतिर खासै चासो भएन । विनाशकारी भूकम्पले अर्को घाटा लगायो ।

आर्थिक सम्बृद्धिका लागि पर्यटन विकास भन्ने राज्यको सोंच छ । यसका लागि पर्यटन क्षेत्रको विकास मार्फत् आर्थिक वृद्धि र रोजगारीको अवसर सिर्जना गर्ने सरकारी लक्ष्य छ । देशलाई आकर्षक तथा थप सुरक्षित गन्तव्यको रुपमा विकास गर्दै पर्यटको आगमनलाई वृद्धि गर्ने जनताको आयस्तरमा बढोत्तरी गर्ने सरकारी लक्ष्य देखिन्छ । पर्यटकीय गन्तव्यस्थल र उपजमा विविधिकरण र विकास गर्ने नेपालमा प्रमुख पर्यटकीय उपजहरुको बजारीकरण गर्ने, प्रबद्र्धन गर्ने, सरकारी उद्देश्य देखिन्छ ।

यसका लागि राज्यले लिएको रणनीति हेर्दा पर्यटन विकास गर्न सार्वजनिक, निजी, सरकारी एवं सामुदायिक क्षेत्रमा साझेदारी र सहकार्य गनु पर्ने हुन्छ । ग्रामीण पर्यटन मार्फत् यस क्षेत्रलाई जनस्तरसम्म पुर्याउनु पर्छ । मुलुकका सबै मौसममा पर्यटकीय क्रियाकलाप सञ्चालनका लागि आन्तरिक पर्यटन लागि वैदेशिक लगानी आकर्षित गर्नु पर्छ । यसका लागि पूर्वाधारको विकास, संस्थागत सुधार र पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रम तय हुनु पर्छ तर मौलिकता नासेर विदेशीलाई ज्वाइँ बनाउने होइन, धर्म परिवर्तत गराउने होइन, सित्तैमा खान पाइन्छ भन्दैमा दास बन्न सकिन्न ।

यता जात्रैजात्राको देश घोडे जात्रा, इन्द्रजात्रा, कुमारी जात्रा, विस्केट जात्रा, भोटोजात्रामा विदेशीहरुको उपस्थिति देखिनु अनि भक्तपुर, काठमाडौं पाटन क्षेत्रमा स्मारक, स्तुप, मन्दिर, चैत्यहरुमा देखिने विदेशीहरुको घुइँचोले पनि नेपालको मौलिक कला, संस्कृतितर्फ विदेशीहरु झुम्मिने गरेको तथ्य छ । तर वातावरणीय समस्या, प्रदुषण जस्ता विषयहरुमा राम्रो ध्यान दिन सकिएको छैन । स्थानीय साधनको प्रयोग गर्दै होमस्टेको अवधारणाका लागि पर्यटक स्तरीय कोठा, शौचालय, वातानुकुलीत अवस्था सिर्जना गर्न सकिएको छैन । विश्वभरि नै लोकप्रिय भएको पर्यावरणीय पर्यटनमा हामीले ध्यान पुर्याउन सकेका छैनौं ।

हाम्रो राजधानी काठमाडौँ लामो समयदेखि प्रदूषित छ । यस वर्ष पनि जाडोको समय शुरु भइसकेको छ । फोहोर, खराव वातावरण, प्रदूषणका कारण बुढाबुढी, बाल, रोगीहरुलाई थप चिन्ता लाग्नु स्वाभाविक हो । विगतदेखि हाम्रो मुलुकमा हुँदै आएको जथाभावी वन फँडानी, अव्यवस्थित बसाइ सराइ, अवैज्ञानिक एवं परम्परागत पद्धतिमा आधारित कृषि प्रणाली, अव्यवस्थित र अवैज्ञानिक सहरीकरण, सहर केन्द्रित जनघनत्व, वाढी, पहिरो र आगजनीको समस्यादेखि आधुनिक प्रविधिको अभाव, प्रकोपको सम्भावित क्षेत्रको नक्सांकन गर्न नसकिएको, हाम्रो वातावरणीय समस्याले हाम्रा लागि ठूला चुनौतीहरु थपेका छन् ।

युएनडिपिको प्रतिवेदनमा मानव विकास सूचकांकमा २ अंक सुधार देखिए पनि काठमाडौँको धूवाँ, धूलो, ट्राफिक जाम, ढल निकासको समस्या, पिउने पानीको अभाव र उपत्यकालाई सरस बनाउने प्रमुख नदीहरुको अवस्था हेर्दा जो कोहीलाई पीडा र छट्पटाहट हुन्छ । मौका मिले विदेशी ठग्ने आप्mनै चरित्रमा पनि सौदाबाजी हुने गरेको तीतो सत्यलाई पनि बिर्सन सकिन्न ।