काठमाडौं । अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेको केही समय मात्र भएको छ । लामो समयसम्म युद्ध चलेको देशमा भर्खरमात्रै शान्ति प्रकृया सुरु भएको छ । यसबारेमा विश्वभर नै एक किसिमको चासो व्यक्त भइरहेको छ । मित्रराष्ट्र चीनको पहलमा अफगानिस्तानमा शान्ति स्थापना भएको कुरा घाम जत्तिकै छर्लङ्ग छ ।
आतंकवाद नामेट पार्ने नाममा मुस्लिमहरुलाई दबाउन त्यहाँ गएको अमेरिका २० वर्षपछि फिर्ता भएको छ, त्यो पनि हतियार, जहाज, हेलिकोप्टर र कयौं हतियार समेत छोडेर ऊ त्यहाँबाट फरार भएको छ । अमेरिका त्यहाँबाट रातारत भागेको टिप्पणी पनि गरिएको छ । सत्ता कब्जापछि हाल तालिबानीहरुले सत्ता चलाउने अभ्यास गरिरहेका छन् ।
युद्धबाट भर्खर शान्ति प्रकृयामा आएका तालिबानीहरुलाई सबैले सहयोग गर्ने कुरा आजको आवश्यकता हो । यसैबीच पाकिस्तानका गृहमन्त्री शेख रशीद अहमदले तालिबानलाई सरकार बनाउन र आफ्नो देशको मामिला चलाउन समय दिनुपर्ने बताएका छन् । बिहीबार इस्लामावादमा संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चआयुक्त फिलिपो ग्रान्डीसँगको भेटवार्तामा उनले यो टिप्पणी गरेको पाकिस्तानी दैनिक पत्रिका डनले जनाएको छ ।
सो भेटका क्रममा अफगान नागरिकहरुको मानवीय सहायता सम्बन्धी मामिला र अफगानिस्तानबाट विस्थापित हुन चाहेका व्यक्तिहरुको विषयमा छलफल भएको बताइएको छ । तालिबानले गत साता अन्तरिम ‘इस्लामिक इमिरेट’ गठन गरी कट्टरपन्थीहरुलाई नयाँ सरकारमा नियुक्त गरेको थियो । यस सरकारले अमेरिकी नेतृत्वको सैन्य गठबन्धनको बिरुद्ध २० वर्षको लडाइँको निरीक्षण गरेका थिए ।
अफगानिस्तान तालिबानले कब्जा गर्दा इस्लामावादको सहयोग रहेको धेरै विशेषज्ञहरुको भनाई रहेको बताइन्छ । यद्यपि अन्तराष्ट्रिय समुदायले अफगानिस्तानका लागि मानवीय सहायता बढाएका छन । तर उनीहरु तालिबान सरकारलाई मान्यता भने दिएका छैनन् ।
ग्रान्डीले देशभित्र र विदेश पलायन भएका अफगानी शरणार्थीकोलागि तत्काल र निरन्तर समर्थनको लागि यस हप्ताको सुरुमा अपिल गरेका छन् । ‘अफगानिस्तानमा मानवीय स्थिति नाजुक छ ग्रान्डीले अफगानिस्तानको तीन दिनै भ्रमणको समापनपछि बुधवार भन्नु भएको छ ।
विश्वव्यापी रुपमा प्रभाव पर्ने एक ठूलो मानवीय संकटको रोकथाम गर्नको लागि अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानसँग संलग्न हुनुपर्ने ग्रान्डीले बताए ।