• मंसिर १२ २०८१, बुधबार

यस्तो देखियो विप्लव नेकपाको एमसीसी विरोधी सभा (फोटो फिचर)

भाद्र २८ २०७८, सोमबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध खुला भएपछिको सबैभन्दा ठूलो भनिएको विरोध सभा राजधानीमा सम्पन्न गरेको छ । ‘राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध विरोध सभा’ भनेर चार वर्षपछि काठमाडौँको खुला मंचमा कुनैपनि पार्टीले गरेको सो सभा पहिलो सभा बनेको छ ।

पार्टीको केन्द्रिय समितिद्वारा आयोजित सो सभालाई सम्बोधन गर्दै सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ अमेरिकी सहयोग नियोग भनिएको एमसीसी परियोजना सबै किसिमले राष्ट्रघाती रहेको बताए । नेपालमा आफूलाई शासन गर्ने राजनैतिक व्यवस्था छान्न पाउने अधिकार जनतालाई दिनुपर्ने उल्लेख गर्दै महासचिव विप्लवले जनताले आफ्नो शासन व्यवस्था छान्न पाउने अधिकार जनमत संग्रहद्वारा फैसला गर्नुपर्ने बताए ।

दलाल संसदीय व्यवस्था हुने कि नेपालमा वैज्ञानिक समाजवादी राजनैतिक व्यवस्था हुने भनेर जनमत संग्रह गर्नुपर्ने देशको आजको राजनैतिक अवश्यकता रहेको उनको भनाई थियो ।

 

नेपालमा रहेका अरु कम्युनिष्ट पार्टी र गैह्रकम्युनिष्ट पार्टीका नेताहरुलाई समेत निम्ता गरेर अतिथि बनाएको पार्टीको सो विरोध सभामा नेकपा (क्रान्तिकारी माओवादी) पार्टीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रिय अध्यक्ष सिपी गजुरेल, नेपाल कम्युनिष्ट पार्टी (माले)का महासचिव सिपी मैनाली, अर्को नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयोजक विश्वभक्त दुलाल ‘आहुती’, नेपालका लागि नेपाली पार्टीका उपाध्यक्ष डा.सुरेन्द्र भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र समाजवादी)का अध्यक्ष कर्णजीत बुढाथोकी ‘सुशील’ आइटी सेनाका प्रमख त्रिभुवन साह लगायतले चर्कोरुपमा एमसीसी परियोजनाको विरोध गरेका थिए ।

हेरौं थप तस्विरहरु⇓