पछिलो समयमा राजनीतिमा जताततै नयाँ पुस्ताको आकर्षण बढेको छ । राजनीतिमा नयाँ पुस्ता आउनु पर्छ भन्दैगर्दा लाग्छ, राजनीतिमा सम्बन्धित क्षेत्रको ज्ञान र क्षमता भएको व्यक्तिलाई नियुक्ति गर्नुपर्छ । अब राजनीति गर्नको लागि र जसरी उमेरमा हदबन्दी लगाएको छ त्यसरी नै शिक्षामा पनि हदबन्दी लगाउनु पर्छ ।
वडाअध्यक्षमा उठ्नको लागि १२ पास हुनुपर्ने नीतिले युवा र शिक्षित जनशक्तिले चाँडै समाजमा परिवर्तन ल्याउन सक्छ । पढेकोले समाजको समस्या पनि सजिलै बुझ्न सक्छ तर यस्तो भन्दैगर्दा सबै शिक्षितले मात्र समाज परिवर्तन गर्न गाह्रो छ । हामीले समाजप्रति भएको आफ्नो उत्तरदायित्व कहिले पनि बिर्सन हुँदैन भने कुरा ठूलो कुरा हो । अहिले झट्ट हेर्दा राजनीतिमा मात्र आँखा गएको देखिन्छ ।
सबैको यस्तो बुढो वा अनपढ भएर देश चलाउन सक्दैन भन्दैगर्दा कतै समाजलाई शिक्षित मान्छेको खाँचो परेको हो कि भन्ने पनि छ तर केही भने अहिलेको देशको राजनीति अवस्था हेर्नु हो भने एकले अर्कोलाई गर्ने खिचातानीले गर्दा र पालोपालै कमाएर खाने भाँडो भनिएकोले यस्तो बुझ्न पुगेका हुन् । देशका शीर्ष नेताहरुले यस्तो कुरा भुलेको देखिन्छ ।
कसरी आफू बनुँ र आफ्नालाई बनाऔं भन्दै हिँडेको देख्न पाइन्छ । खाली पैसा कमाउने बाटो खोज्दै छन् । देशमा जातीय हत्या हिंसा भएको छ । त्यो सबै दोषी अग्रज नेतृत्व नै हो, किन कि देशमा रोजगारको सिजन छैन । देशमा केही गरौं भने स्थिरता छैन । केही गर्न खोज्दा घाटा बेहोर्नु पर्ने देखिन्छ । यस्तो कुराले पहिलो पीढि अलिकति परिवर्तन र सजक हुनु पर्ने देखिन्छ ।
नयाँ पुस्ताको कुरा किन राजनीतिमा मात्र आएको छ ? देशको हरेक सरकारी जागिरमा पनि नयाँ पुस्ता आउनु पर्छ । जस्तैः फोर्स लाइन (आर्मी, पुलिस र ससस्त्र), शिक्षक, कर्मचारी सबैतिर पनि नयाँ पुस्ता आउनु पर्छ । दारी फुलेर मर्न लाग्दासम्म पनि युवा नेता रे, हाकिम रे, कसरी नयाँ पुस्ता आउँछ भनु त । बरु देशको जिम्मा सबै क्षेत्रमा नयाँ पुस्तालाई दिनु पर्छ ।
बुढो पुस्ता याने कि पाको उमेरका व्यक्तिलाई देश नेपालमै उद्यमी तिर लगाउनु पर्छ । किनकि उहाँहरु परिपक्क पनि हुनु भएको हुन्छ । पैसा पनि हुन्छ, जोस जाँगर पनि हुन्छ, काम गर्ने तरिका पनि हुन्छ । नयाँ पुस्तामा अलिकति अनुभव र सीपको कमी हुन्छ । के ३० वर्षको युवा प्रधानमन्त्री नहुने ? के २१ वर्षको युवा अधिकृत नहुनुने ? के २५ वर्षको युवा डिएसपी नहुने ? सधैं सबै ठाउँमा नयाँ पुस्तालाई किन दबाएर राखिन्छ । अनि नयाँ पुस्ताको आउनु पर्छ भन्दै भाषणमा चाहिँ फलाक्ने ।
यसको सिधै मेरो विरोध छ । यस्ता कुराको हामिले नै सुरुवात गरेनौं भने कसले गर्ने ? यदि पुरानो पुस्ता वा बुढो पुस्ताले सरकारी जागिरबाट समयमै रिटाएर भयो भने उसले आफ्नो देशमा अरूलाई रोजगार दिने खालको व्यवसाय गर्ने छन् । अनुभव र आर्थिकको पनि कमी नहुने र घाटा पनि न बेहोर्नु पर्ने देखिन्छ । यसैले गर्दा कुन पुस्तालाई अगाडि बढाउने, कुन पुस्तालाई कता लगाउने भने नीति पनि सरकारले बनाउनु पर्छ ।
हामीले कामले मात्र नभएर कहिले काँही व्यवहारीक पनि हुन जरुरी हुन्छ । यसैले युवा पुस्ता आउनु पर्छ भनेर झुठा कुराहरू र भाषण नगरौं महोदय । युवा पुस्ताको नाम झुठको खेती बन्द गरौं । युवामय देश बनाउनु छ भने अब देशको जिम्मा युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । नयाँ सोच र जोस जाँगर साथ अगाडी बढ्नेछ । अबको पुस्ता क्रान्ति सोच विचारमा अगाडि बढाउने छ र देशले फड्को चाँडै मार्ने कुरामा म विश्वस्त छु ।