• मंसिर १२ २०८१, बुधबार

गीतबाट पनि एमसीसीको विरोध

भाद्र २३ २०७८, बुधबार

काठमाडौँ। जनसंगीतकर्मी हेमराज आश्रम र प्रगती महराले अमेरिकी सहयोग नियोग भनिएको एमसीसी विरुद्धको गीत सार्वजनिक गरेका छन। जनस्तरमा चारैतिरबाट विरोध भइरहेको सो परियोजनालाई गीतबाट समेत विरोध गरेर उनीहरुले ‘नो एमसीसी’ बोलको गीत सार्वजनिक गरेका हुन।

मंगलबार हेमराज आश्रम युटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतलाई हेमराज आश्रमले शब्द सिर्जना गरेका छन्। संगीत सिर्जना, संगीत व्यवस्थापन समेत आश्रमको रहेको उक्त गीतलाई आश्रम र प्रगती महराले गाएका छन्।

‘नो एमसीसी/खबर दलालहरु हो’ शिर्षक दिएर अडियो सार्वजनिक गरिएको सो गीत आश्रम म्युजिकले उत्पादन गरेको छ। अमेरिका आउदैछ एमसीसी लिएर,देश लुट्न आउदैछ राइफल भिरेर भन्दै युगल स्वरमा गाइएको गीतमा एमसीसी आएको खण्डमा सिरुपाते खुकुरी र भाला तरवार बोकेर लखेटन नपरोस भनेर भनिएको छ।

एमसीसीको बहानामा हाम्रो देशलाई इराक, अफगानिस्तान बनाउन अमेरिका नेपाल  पस्न खोजेको कुरालाई गीतमा उल्लेख गरिएको छ। ५५ अर्बमा देश बेच्न नसकिने कुरा अभिव्यक्त गर्दै गीतमा हाम्रै देशको बाँकी रहेको कर उठाएर आफ्नो देश विकास गर्न सकिने कुरा बताइएको छ। शाशक किनिएका भएपनि जनता जाग्नुपर्ने भन्दै अहिले हामी जनताले कुरा नबुझे भोलि पछुताउनुपर्ने बिषय औंल्याइएको छ।

हेरौं गीतमा शब्द

## खबरदार ##

खबरदार नेताहरु हाे , खबरदार दलालहरु हाे ।
अमेरिका आउदैछ एमसीसी लिएर
देश लुट्न आउदैछ राइफल भिरेर
उधिन्न नपरोस सिरुपाते खुकुरी
लखेट्न नपरोस भाला तरवार बोकी

एमसीसी त बाहना हो , भित्र उसको अर्कै भेष
इराक अफगानिस्तान बन्दैछ है हाम्रो देश
यो बेलामा नवोले , हामी बांच्न के को कर
बरु गोली थापौंला , उठौं लडौं छैन डर

तिम्रो विर्ता होइन देश , दुश्मनलाइ सुम्पीन
५५ अर्बमा , दशै बेच्न सकिन्न
कर उठाउन नसक्ने , भिखै मात्र माग्ने
भष्ट्रचार लुटतन्त्र , देशलाइ खोक्रो पार्ने

हाम्रा शाशक किनिए , छैन अव निको चाल
सानो तिनो धक्काले च्याटिंदैन यिनका जाल
चाहे पड्कोस बम र बारुद , बर्षोस लाठी गोली
अहिले हाम्ले नबुझे , पछुताऔंला भोली

सुनौं /हेरौं गीत