काठमाडौं । नायिका ऋचा शर्मा आमा बनेकी छन् । पहिला सन्तानका रुपमा उनले गएराति छोरालाई जन्म दिएकी हुन् ।
आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
ऋचा संलग्न टिभी रियालिटी शो कमेडी च्याम्पियनले उनी आमा बनेको पुष्टिसहित सामाजिक सञ्जालमा बधाइ दिएको छ ।
ऋचाले गत साता कमेडी च्याम्पियनबाट सुत्केरी विदा लिएकी थिइन् ।