काठमाडौं । नेपाल-भारत मैत्रीपूर्ण खेल दशरथ रंगशालामा जारी छ ।
गृहमन्त्री बालकृष्ण खाँण र एमाले अध्यक्ष केपी शर्मा ओली पनि फुटबल खेल हेर्न रंगशाला पुगेका छन् ।
नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल जारी छ । खेल अपराह्न ५:३० बजेबाट शुरु भएको हो ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।
यसअघि गत विहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।