• मंसिर ११ २०८१, मंगलवार

भारतीय फुटबल टोली मैत्रीपूर्ण खेल खेल्न आइपुगे नेपाल

भाद्र १४ २०७८, सोमबार

काठमाडौं । भारतीय फुटबल टोली सोमबार नेपाल आएको छ ।

त्रिभुवन विमानस्थलमा भारतीय फुटबल टोली नेपालसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन् ।

भारतीय टोलीलाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली लगायतले स्वागत गरे ।

नेपालसँगको मैत्रीपूर्ण खेलका लागि इन्डिया फुटबल फेडेरेसनले शुक्रबार २५ सदस्यीय टिमको घोषणा गरेको छ ।

भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले कप्तान सुनिल क्षेत्री लगायतका सिनियर खेलाडीलाई समावेश गर्दै टिम घोषणा भएको हो ।

नेपाल आएलगतै कप्तान क्षेत्रीले आफ्नो टिममा पनि युवा खेलाडीको बाहुल्यता रहेको र नेपालसँग खेल्न उत्साहित रहको बताए ।

नेपालसँगको खेल आफूहरुलाई निकै महत्वपूर्ण रहेको जनाउँदै उनले नेपाली टिमलाई कमजोर नआँक्ने पनि बताए ।

सिनियर खेलाडीहरुको अभाव आफ्नो टिममा खड्कने बताउँदै काठमाडौंमा अभ्यास गरेपछि कमजोरी सुधार हुने उनले बताए ।

भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० गते दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन।