नयाँदिल्ली । बलिउड अभिनेत्री कंगना रनौतले सन् २००९ मा ‘राजः द मिस्ट्री कन्टीन्यूज’ मा अभिनेता अध्ययन सुमन र इमरान हाशमीसँग मुख्य भूमिका निभाएकी थिइन् ।
उक्त फिल्मको सुटिङभन्दा पहिले सन् २००८ मा अध्ययन सुमनसँग कंगनाको चिनजान थियो । फिल्मको सुटिङको क्रममा उनीहरु अझै धेरै नजिकिए तर, उनीहरुको सम्बन्ध एक वर्षभन्दा बढी चलेन ।
सम्बन्ध बिग्रिएपछि कंगना र अध्ययन दुवैले एक अर्कालाई गम्भीर आरोप लगाए । दुवैले आफ्नो सम्बन्धलाई विषालु भएको बताए ।
हालै, बलिउड बबललाई दिएको अन्तरर्वातामा अध्ययनले कंगनासँगको सम्बन्धको बारेमा खुलाएका छन् । उनले सम्बन्धमा रहेको समयमा भावनात्मक रुपमा धेरै कुराहरु भएको र जसले गर्दा उक्त सम्बन्ध टुटेको पीडाबाट बाहिर आउन निकै गाह्रो भएको बताए ।
उनले कंगनासँगको सम्बन्धलाई विषालु भएको पनि बताए । उनले कंगनासँग सम्बन्धमा रहनु आफ्नो गल्ती भएको बताए ।
उनले कंगनासँग सम्बन्ध टुटेपछि उक्त पीडाबाट बाहिर आउन पिताले सहयोग गरेको बताए । उनले पिताले सम्बन्धको बारेमा सम्झाइ बुझाइ गरेपछि आफू अगाडि बढ्न सफल भएको बताए ।
उनले सन् २०१६ मा दिएको एक अन्तरवार्तामा कंगनाले लागुपदार्थ लिने गरेको बताएका थिए । उनले कंगनाले बलिउडमा स्थान बनाउन आफूलाई प्रयोग गरेको पनि आरोप लगाएका थिए ।