• मंसिर ११ २०८१, मंगलवार

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक ह्वाटमोरले दिए राजीनामा

भाद्र ११ २०७८, शुक्रबार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले पदबाट राजीनामा दिएका छन् ।

आईसीसी विश्वकप लिग २ का लागि ओमान भ्रमणमा रहेका उनले नेपाल क्रिकेट संघ (क्यान)लाई पत्र लेख्दै मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् ।

क्यानले खुल्ला प्रतिस्पर्धाबाट ह्वाटमोरलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । उनले क्यानसँग एक वर्षको सम्झौता गरेका थिए । तर उनले ८ महिना नबित्दै राष्ट्रिय टिमबाट बाहिरिने निर्णय गरेका छन्।