काठमाडौं । विश्व स्वास्थ संगठनका प्रमुख वैज्ञानिक डाक्टर सौम्या स्वामीनाथनले भारतमा कोरोना फैलने दर पहिलेको तुलनामा कम या सुस्त भइसकेको बताएका छन् ।
उनले अब कोभिड १९ इन्डेमिक चरणमा रहेको बताए, जसको अर्थ कुनै महामारीको असर कम मानिस वा कुनै खास इलाकासम्म सिमित हुन्छ भन्ने हो । यस्तो अवस्था आएपछि भाइरस पनि कमजोर हुन्छ र मानिसहरुले यस रोगसँग बाँच्न सिक्छन् ।
भारतमा दोस्रो लहरपछि कोरोना संक्रमण निकै तेजसँग कम भएको छ । भारतमा बनेको कोरोना कोभ्याक्सिनले डब्ल्युएचओबाट अहिलेसम्म मान्यता पाएको छैन ।
यसबारे सौम्याले भने, ‘मलाई भरोसा छ कि डब्ल्युएचओको प्राविधिक टिमले यसलाई सेप्टेम्बरको मध्यसम्म स्विकृति प्राप्त खोपको दर्जा दिनेछ ।’ एक अन्तर्वाताका दौरानमा उनले भनेका थिए,‘भारतको आकार, जनसंख्या र इम्युनिटी स्ट्याटस हेर्दा संक्रमणका घटना कम–ज्यादा नै भइरहन्छ भन्न सकिन्छ ।’
सौम्यले २०२२ को अन्त्यसम्म ७० प्रतिशत जनसंख्याले खोप लगाइसक्ने आशा व्यक्त गरे ।