• आश्विन १३ २०८१, आईतवार

ऋतु अनुसारको आहार सेवन गरे रोगबाट बच्न सकिन्छ

भाद्र ६ २०७८, आईतवार

दिनचर्यालाई जस्तै ऋतुचर्यालाई पनि व्यवहारमा ल्याउनुपर्छ । गलत ऋतुचर्या भयो भने पनि रोगहरु लाग्छन् । पृथ्वीको भूभाग अनुसार बाह्रै महिना मौसम बदलिइरहन्छ । त्यसैले मनुष्यले त्यसैअनुसार आफ्नो आहारविहार मिलाउनु पर्छ । यहाँ केही ऋतुअनुसारका आहारविहारको बारेमा थोरै चर्चा गरिएको छ ।

१) वसन्त ऋतु (चैत–वैशाख)

यस ऋतु भन्दा पहिला शिशिर ऋतुको जाडोमा प्रकृतिले शरीरमा जम्मा गरेको चिसो र रोगलाई हटाउन तथा शरीरलाई पुष्टि दिनको लागि वसन्त ऋतुमा दुध (घ्यूसहितको पुष्टिकारक भोजन गर्ने चलन छ । यस ऋतुमा कफ प्रकृति बढी हुन्छ त्यसैले यस्ता खानेकुराहरु आवश्यक भए पनि आफ्नो शरीरको अवस्थालाई ध्यानमा राख्नुपर्छ । यस ऋतुमा के गर्ने ए के नगर्ने यहाँ उल्लेख गरिएको छ ।

के गर्ने ?
(पुराना अन्नको प्रयोग गर्ने ।
(व्यायाम योगासनमा जोड दिने ।
(तेल मालिस गर्ने ।
(कुनै न कुनै प्रकारका प्राकृतिक भोजन र उपचारको प्रयोग गर्ने ।
के नगर्ने ?
(चिसो खानेकुरा नखाने ।
(गरिष्ठ भोजन नगर्ने ।
(गुलियो, अमिलो कम सेवन गर्ने ।
(नयाँ चामलको भात कम खाने ।
(दिउँसो ननुहाउने ।

२) गृष्म ऋतु (जेठ–असार)

यस ऋतुमा वायु प्रकृति धेरै हुन्छ त्यसैले वायुकारक पदार्थले हानी पुर्याउँछ । कम्तिमा पनि यस ऋतुमा निम्न नियमहरु पालना गर्नुहोस् ।

के गर्ने ?
यस ऋतुमा मिठो, चिसो र रसादर खानेहरु सेवन गर्नु पर्छ ।
हल्का र सुपाच्य भोजनमा ध्यान दिनुपर्छ ।
रसादरमा मोही र दही यस ऋतुमा कम सेवन गर्नुपर्छ ।
पानीका उपचारहरु खेत रोप्नु, कटी स्नान, मेहन स्नान आदि हितकर हुन्छन् ।

३) वर्षा ऋतु (श्रावण–भाद्र)

वायु पश्चिमबाट पूर्वतिर गएपछि र बादलले ढाकेपछि वर्षा ऋतु आयो भन्ने बुझिन्छ । यस ऋतुले पित्तादोषलाई बढाउँछ र जसको फलस्वरूप पाचनशक्ति कम्जोर हुन जान्छ । लगातार पानी, हिलो, फोहोर र गर्मीले शरीरमा प्रभाव पारेको हुन्छ । त्यसैले शरीरको भित्र वाष्पिकरण भई पित्तथैलीमा असर पुग्छ । यस ऋतुमा निकै सावधानी अपनाएर आहार विहार गर्नुपर्छ ।

के गर्ने ?
(हल्का र सुपाच्य भोजनहरु सेवन गर्नुपर्छ ।
(पुराना अन्नहरु र मोही दहीको सेवन राम्रो हुन्छ,
(आँप, कागती तथा यस समयमा फाल्ने ताजा फल र तरकारीहरु बढी उपयोगी हुन्छन् ।
(माटोपट्टी र एनिमाबाट पटक (पटक पेटको सफाई गरिरहनुपर्छ ।

के नगर्ने ?

(पाचन संस्थानलाई असर गर्ने खानेकुराहरु सेवन नगर्ने ।
(यस ऋतुमा पानीमा विभिन्न हानिकारक किटाणु उत्पन्न हुन्छन् त्यसैले उमालेको पानी पिउनुपर्छ ।
(सफा पानीले नुहाउनुपर्छ ।
(यसऋतुमा रोगले आक्रमण गर्ने सम्भावना हुन्छ त्यसैले अति सावधानी अपनाउनुपर्छ ।

४) शरद ऋतु (असोज–कार्तिक)

यस ऋतुमा सबैभन्दा धेरै रोग लाग्ने सम्भावना हुन्छ । आयुर्वेदले समेत यस ऋतुलाई रोगनां शारही माता भनेर उल्लेख गरेको छ । तर ती रोग यस ऋतुको कारणले नभएर वर्षा ऋतुको कारणले गर्दा आँउछन् । त्यस ऋतुमा भएको गडबडीको कारण त्यसको प्रभाव यस ऋतुले भोग्नुपर्छ ।

के गर्ने ?
(शरीरलाई बचाउनको लागि खानपान, आसन, व्यायाम आदिमा धेरै ध्यान दिनुपर्छ ।
(माटोपट्टी, एनिमा शंखप्रक्षालन (पेट सफाई), जस्ता प्राकृतिक उपचारको प्रयोग गर्ने ।
(हका र सुपाच्य भोजन सेवन गर्ने ।
(दिउँसो नसुत्ने ।
(धेरै नखाने ।
(मसलायुत्त खानेकुरा तथा मिठाईहरु सेवन नगर्ने ।
पानीमा धेरै पटक नुहाउनु हुँदैन तर शरीरको बाह्रय सफाईमा ध्यान दिनुपर्छ ।

के नगर्ने ?
यस ऋतुमा शरीरमा भएका विकार निस्कनको लागि ज्वरो, पखाला, रुघा आदि लाग्न सक्छन् त्यसैले यस्तो अवस्थामा औषधिको सेवन सकेसम्म गर्नुहुँदैन ।
वर्षा ऋतुमा शरीरमा जम्मा भएको पित्तलाई यस ऋतुको सूर्यको प्रभावले उमाल्न थाल्छ त्यसैले यस ऋतुमा अनेक खालका तीव्र रोग लाग्न सक्छन् ।
त्यस्तै यस ऋतुमा जमीन तात्ने भएकोले वायु विग्रन्छ त्यसैले वरिपरिको वातावारणलाई फोहोर राख्नुहुँदैन ।

५) हेमन्त ऋतु (मंसिर–पुस)

यस ऋतुमा सूर्य किरण र चन्द्र किरणले मानिसको स्वास्थ्यमा अनुकूल प्रभाव पार्छन् । जाडो शुरु हुने भएकोले अग्नि प्रदीप्त भई पाचनशक्ति तेज हुन्छ र शरीरमा स्फूर्ति आउँछ ।

के गर्ने ?

(भोजनको सम्बन्धमा अन्य ऋतुको तुलनामा यस ऋतुमा थोरै अगाडी बढ्न सकिन्छ । इच्छा लागेका खानेकुरा सिमित मात्रामा खान मिल्ने ऋतु यही हो ।
(यस ऋतुमा आसन’व्यायाम पनि पेलेर गर्न सकिन्छ ।

के नगर्ने ?
यो ऋतु चिसो हुने भएकोले खुल्ला ठाउँमा सुत्नु हुँदैन ।
(दैनिक चिसो पानीले नुहाउँदा सावधान रहनुपर्छ ।)
(चिसा क्रियाकलापबाट बच्ने कोशिस गर्नुपर्छ ।

६) शिशिर ऋतु (माघ–फागुन)

यस ऋतुमा पनि हेमन्त ऋतु जस्तै क्रियाकलाप गर्नु उचित हुन्छ किनकी यी दुईवटामा खासै धेरै फरक हुँदैन ।
यसरी आहार–विहारमा तालमेल मिलाउने हो भने मनुष्य स्वस्थ भएर रहन सक्छ ।