• मंसिर १७ २०८१, सोमबार

आफूले आफैलाई गोलीले उडाएका हिट्लर किन यहुदी र कम्युनिस्टलाई दुष्मन ठान्थे ?

श्रावण २६ २०७८, मंगलवार

एडोल्फ हिटलर नाम धेरैले सुनेको नाम हो । राजनीति र इतिहासका विद्यार्थीले त यो नाम सयौंचोटी सुनेको हुनुपर्छ । हिटल् जर्मनीका नागरिक थिए । उनी राजनीतिका चर्चित खेलाडी हुन् । तानाशाही प्रवृति र नाजीवाद (जातिवाद) उनका विशेषता हुन् । धेरैले उनलाई हिंस्रक शासकको रुपमा चिन्दछन् ।

धेरैले त उनलाई हत्यारा जर्मन शासक भनेर पनि भन्दछन् । उनले ६० लाख यहुदीहरुलाई हत्या गरेको अरोप छ । उनको जन्म २० अप्रिल १८८९ मा भएको हो भने उनको

मृत्यु ३० अप्रिल १९४५ मा भएको हो । उनले आत्महत्या हुन् । दोस्रो विश्वयुद्धमा भएको जर्मनको क्षतिबाट आत्तिएका उनले आफैले आफैलाई गोली हानेका थिए ।

दोस्रो विश्वयुद्धमा सोभियत रुस लगायतका अमेरिकी–ब्रिटेनका सेना बिस्तारै बर्लिनतिर बढ्दै थिए । उनीहरुले बार्लिनामाथि सम्पूर्ण रुपमा घेरा हाले तर निर्ममतापूर्वक मारिने डरले जर्मनका वादशाह शाह हिटल् महलभित्र लुके । त्यहाँ बसिरहेका आफ्ना मतियारहरुबीच एउटा समारोह आयोजना गरी आफ्नी प्रेमिका इभा ब्राउनका साथ विहे गरे र विहेको उपहारको रुपमा उनले इभालाई क्याल्सियम साइनाइन नामक विषको क्याप्सुल दिए र आफूले चाँही मुखको तालुमा गोली चलाई आफ्नो जीवनको इहलिला समाप्त पारे । यसरी संसार थर्काउने तानाशाहले आखिरमा कायरतापूर्वक आत्महत्या गरी सस्तो रुपमा आफ्नो जीवन समाप्त पारे ।

हो तीनै संसार थर्काउने तर कायर व्यक्ति हुन्, एडोल्फ हिटलर । जसको जन्म अष्ट्रेलियाको ब्राउनाउमा पिता अलोइस हिटलर र आमा क्लाराको कोखबाट साँहिलो छोराको रुपमा भएको थियो । उनका पिता भन्सारका हाकिम थिए । हिटलर विद्यालयमा सुस्त, कमजोर र एकदम अल्छी थिए ।

उनी गाउँको परतिर एउटा ढिस्कामा चढेर एकजोर रुखलाई भाषण दिन्थे । पछि त उनी नौ करोड जनताका अगुवा बने । उनी सानैदेखि चित्र कोर्थे । चित्रकार बन्ने उनको लक्ष्य थियो तर उनका बाबु उनलाई आफूजस्तै सरकारी नोकर बनाउन चाहन्थे । उनले त्यसको डटेर विरोध गरे र विद्रोह गरे । एघार वर्षमै त्यसको विरोध गरी सरकारी नोकर नहुने निश्चय गरे ।

उनमा सानैदेखि राष्ट्रवादी भावना पलाएको थियो । गरिबी र कठोर यथार्थताले उनलाई छिट्टै निर्णय लिन विवश तुल्यायो । १३ वर्षको हुँदा उनका बाबु मरे । परिवारको सिमित साधनहरु त आमाको उपहार क्रममै सकेपछि उनी जसोतसो आफ्नो जीविका चलाउन कपडा र ओछ्यान बाँधेर अदम्य साहस बटुली भियनातर्फ लागे । त्यहि बेलादेखि उनमा केहि बनेर देखाउने दृढ इच्छा पलाइसकेको थियो तर सरकारको नोकर बन्न भने तयार थिएनन् ।

उनले भियनामा चित्रकला पढ्न खोजेका थिए तर प्रवेश परिक्षामा असफल भए । त्यहाँ रहँदा उनले पाएजति काम गरे कार्पेट कुटे, बाकस बोके, हिउँ सोहरे, पोष्टकार्डमा रङ्ग भरेर बेचे । भियनामामै रहँदा उनी मार्क्सवाद र यहुदीवादका कट्टर विरोध बने । संसदीय व्यवस्थाको पनि घोर विरोधी बने । उनी जातिवादका पक्षपाती भए । र उनी भन्थे ‘सामान्यतयाः हामीले यो बिर्सनु भएन कि, मानव अस्तित्वको सर्वोत्तम ध्येय राज्य वा सरकारलाई चलाउनु होइन बरु जातिको संरक्षण गर्नु हो ।

उनी राज्यलाई एउटा जातीय संस्था मान्थे । मार्क्सवादको घोर विरोध गरेर भनेका थिए,‘साम्यवादी सिद्धान्तको प्रचार स्पष्टतः मानवजातिकै सर्वनासको लागि गरिएको हो ।’ उनी यहुदीलाई असभ्य भन्थे र यति घृणा गर्थे कि जर्मनी बिग्रेको दोष पनि यहुदीहरुलाई दिएर यहुदीलाई सिध्याउने संकल्प पनि गरे । सन् १९१४ को दोस्रो विश्वयुद्वले हिटलरको भाग्योदय भयो । उनी पल्टनमा भर्ति भए । बहादुरीसाथ लडाईं लडे ।

उनी दुईपल्ट घाइते पनि भए । र दुई पल्ट नै आइरन क्रसले सम्मानित भए । ११ नोभेम्बर १९१८ मा अस्पतालमा हुँदा जर्मनी हारेको समाचार सुनेर उनी ह्ँवा ह्ँवा रोए । सुरुमा ७ जना सदस्य भएको सो पार्टीलाई केहि समयमा नै उनले एउटा विशाल पार्टीमा परिणत गरेर अर्को नामाकरण गरे नाजी पार्टी । उनी बेजोडका वक्ता थिए । उनी बोलेरै तहल्का मच्चाउँथे । भाषणबाटै उनी मानिसको रगत उमाल्थे र जुरुकजुरुक उचाल्थे ।

धुमधामको ब्यान्ड बाजा बजाउँदै ड्रम सेट ठोकेर जनसभा गर्थे । टेबुलमा कलम कुच्याउँथे । भाषण गर्दागर्दै कहिले आँखामा बरर आँशु झार्थे । कहिले रिसले धपक्क बल्थे त कहिले चिच्याउँथे । गड्गडाउँथे र कसम खान्थे । भाषण गर्ने कलाले नै उनलाई चरमचुलीमा पुर्यायो । एकपटक त्यही भाषण कलाको बारेमा एक प्रश्न सोध्दा उनले भनेका थिए, ‘म सम्पूर्ण मानिसलाई भेडा सम्झन्छु ।’ उनी अगाडी रहेको जतिसुकै विशाल समूहलाई पनि भेडा नै सम्झन्थे ।

जसले गर्दा भाषण गर्न सजिलो पथ्र्यो । विस्तारै नाजीहरु शक्तिशाली हुँदै गए । सन् १९२२ को संसदीय चुनावमा २३० वटा सिट समेत जिते । सन् १९३३ मा राष्ट्रपति हिडन वर्गले उनलाई जर्मनीका चान्सलर घोषित गरे । सत्तामा आउनासाथ उनले विरोधीहरुलाई निमिट्यान पार्ने अभियान थाले । सन् १९३३ मा उनले श्रमिक संघका नेताहरुलाई धरपकड गरे । उनीहरुका पार्टीमाथि प्रतिबन्ध लगाए । संसद भवनमा ठूलो आगलागी गराई त्यसको दोष कम्युनिस्टहरुलाई लगाए र १० हजार कम्युनिस्टहरुलाई गिरफ्तार गरि यातना दिए ।

प्रेस स्वतन्त्रता पनि खोसे । विरोधमाथी कडा निगरानी गरी ६ महिनामै प्रजातन्त्र मासे । उनका समर्थकले जताततै उनकै स्तुती गाउन थाले र अखबारमा उनकै फोटो छाप्न थाले । उनले सन् १९३५ मा यहुदीहरुलाई नागरिक अधिकारबाट बञ्जित गरे । उनीहरुलाई हत्या गर्ने अभियान थाले । उनले आफ्ना तिन सयभन्दा बढी विरोधीहरुलाई मारे । हजारौंलाई जेल कोचे ।

साठीलाख यहुदीलाई ग्यास च्याम्वरभित्र निस्सासिएर मर्न लगाए । ठूलठूला पदबाट यहुदीलाई निकाले । उनीहरुका नागरिकता खोसे र जेलमा सडाए । यहुदीलाई सिध्याउन उनी क्रुर पिशाच बने । चिसो हावापानीमा अभ्यस्त ती युद्धबन्दीहरुलाई जबरजस्ती तातो घाममा उभ्याएर सूर्यको तातोले पोल्ने गर्मीबाट मृत्युको मुखमा पुर्याइदिन्थे ।