• मंसिर १२ २०८१, बुधबार

अपांग बच्चा जन्मिने खतरा !

श्रावण २१ २०७८, बिहीबार

अध्ययन र करिअरले गर्दा महिलाहरु ३५ वर्ष पुगेपछि मात्र बच्चा जन्माउने सोच बनाउन थालेका छन् ।  यसले गर्दा कतिपय दम्पत्तीको ढिलो सन्तान हुने गरेको हुन्छ । विज्ञहरुका अनुसार सन्तान जन्माउन ढिलाईको अर्थ आमा र शिशु दुबैको स्वास्थ्यमा थप समस्या र संकट ल्याउनु हो।

गर्भाधारण गर्न जति ढिलाई हुन्छ, त्यति नै आफूलाई बाझोपनको खतरा बढदो छ । महिलाले ३० वर्ष पुगेपछि कम अण्डा निस्कासन गर्ने भएकोले गर्भधारण गर्न कठिन हुन्छ । यतिबेला जतिसुकै असुरक्षित यौनसम्र्पक गरेपनि महिला प्रजनन कोषमा फर्टिलाइजेसन हुने सम्भावना न्यून हुन्छ।

३५ वर्ष पुगेपछि जन्माएको सन्तानमा अपांगता लगायत विभिन्न समस्याहरु देखिन्छन्। ३० वर्षको उमेरमा बच्चा जन्माउदा असामान्य क्रोमोजोमका कारण १ हजार शिशुमा हरेक १ एउटा शिशु जन्मदै सुस्त मनस्थिति हुने गर्छन्। त्यस्तै, चालिस वर्ष सो भन्दा बढी उमेरमा सन्तान जन्माउदा १ सय जनामध्ये एक जनामा डाउन सिन्ड्रोम समस्या देखिन्छ । ३० वर्षपछि पहिलो गर्भाधारण हुँदा तुहिने वा पेटमा नै बच्चा मर्ने खतरा हुन्छ । व्यथा लामो हुन्छ वा निकै तीब्र पीडा हुन्छ । 

जस्तै उनीहरुमा डायविटिज, उच्च रक्त चापको समस्या हुन सक्छ । मुटु, रक्तचाप, सुगरका विरामीलाई गर्भधारण गर्न निकै कठिन हुन्छ ।

उनीहरुले जन्माएको शिशु पनि अस्वस्थ हुने खतरा त छँदैछ ९ महिनासम्म गर्भाधारणको समयमा पनि विभिन्न पीडा हुने गर्छ। वंशानुगत समस्याका कारण पहिलोे बच्चा अपांग भयो भने दोस्रो सन्तान पनि त्यस्तै हुने २५ प्रतिशत सम्भावना हुन्छ।