एकरात गृहकुट शिखरमा अबेलासम्म साधना गरिसकेपछि बुद्धले आँखा खोले । नजिकैको रुखको पछाडी एक व्यक्तिले आफूलाई चिहाएर हेरिरहेको उनले देखे । बुद्धले उनलाई नजिकै बोलाए । चन्द्रमाको प्रकाशमा अगाडी बढ्दै ती व्यक्ति बुद्धको सामुन्ने आए । बुद्धको चरणमा तलवार राखेर नमन गरे । बुद्धले सोधे तिमी को हौ ? यहाँ किन आएको ?
ती व्यक्तिले भने गुरुवर मलाई तपाईंको हत्या गर्न आदेश दिइएको थियो । तर मैले त्यस्तो गर्न सकिनँ । मैले कमसेकम दशपटक दुवै हातले तलवार उठाँए । तर म एक पाइला पनि अगाडी बढ्न सकिनँ । मैले तपाईंको हत्या गर्न सकिनँ । अब मेरो मालिकले मलाई जीवित छाड्ने छैनन् भन्ने डर लागिरहेको छ । तपाईंले मलाई बोलाउँदा म यहि सोचिरहेको थिएँ । कृपया मलाई नमन गर्न अनुमति दिनुहोस् । बुद्धले सोधे कसले मेरो हत्या गर्न आदेश दिएको थियो ? म मालिकको नाम बनाउने हिम्मत गर्न सक्दिनँ । ठिक छ । नाम बताउनुपर्ने आवश्यकता छैन । उनले तिमीलाई के गर्न भनेका थिए ?
प्रभु उनले मलाई पहाड चढ्ने बाटो देखाए । काम पूरा गरिसकेपछि अर्कै बाटोबाट आउन भनेका थिए । तिम्रा पत्नी र बच्चाहरु छन् ? छैनन् गुरुदेव । म अविवाहित हुँ । मेरी बुढी आमा मात्रै हुनुहुन्छ । त्यसोभए तिमी तुरुन्तै घर जाऊ । आज राति नै आफ्नी आमालाई लिएर कौशल देशमा जाऊ । त्यहाँ गएर नयाँ जीवन सुरु गर । तिम्रो मालिकले फर्केर आउन भनेका बाटोबाट भुलेर पनि नजानू । त्यहाँबाट गयौ भने मारिनेछौ । अब त्यहाँबाट गइहाल । ती व्यक्तिले नमन गरे ।
तलवार त्यहीँ छाडेर तुरुन्तै निस्किए । भोलिपल्ट मान्य सारिपुत्र र मौदगलल्यायन बुद्धलाई भेट्न आए । उनीहरुले भने हामीलाई अब हामीले अर्को पक्षमा जाने समय आएको छ जस्तो लागिरहेको छ । आफ्ना ती भाईहरुको मद्धत गर्नु हाम्रो कर्तव्य हो जो अज्ञानवश अर्कै बाटोमा मोडिएका छन् । हामी तपाईंसँग केहि समय यहाँबाट जानका लागि आज्ञा चाहन्छौं । बुद्धले दुवै शिष्यतर्फ हेरेर भने यदि जानु आवश्यक सम्झन्छौ भने जाऊ । त्यहाँ रहँदा आफ्नो जीवन रक्षाको ध्यान राख्नु ।
बुद्धले यस्तो भन्दै गर्दा सारिपुत्रको ध्यान त्यहाँ राखिएको तलवार तर्फ गयो । संकेतबाट सोधिसकेपछि बुद्धले बताए । हिजो राती एक सैनिक मेरो हत्या गर्न आएका थिए । मैले उनलाई अर्कै मार्न निर्देशन दिएँ । यो तलवारलाई त्यहाँ रहन देऊ । जीवन आएपछि यसलाई कतै पठाउने व्यस्था गर्नेछु । मौदगल्यायनले सारिपुत्रतर्फ हेर्दै भने सम्भवत हामीले यस्तो अवस्थामा बुद्धलाई छाडेर नजानु नै ठिक होला । तपाईं के सोच्नुहुन्छ । बन्धुवर ? सारिपुत्रले केहि बोल्नै लागेका थिए बुद्धले पहिल्यै भने म कुनै पनि खतरा सामना गर्न तयार छ । तपाईंहरु चिन्ता नगर्नुहोस् ।
त्यसदिन दिउँसो कैयौं भीक्षु बुद्धलाई भेट्न वेनुवन आए । आत्तिएको अवस्थामा आएका उनीहरु केहि बोल्न सकिरहेका थिएनन् । उनीहरुका आँखाबाट आँसुधारा बगिरहेका थिए । यस्तो अवस्था देखेर बुद्धले सोधे । कुरा के हो ? तपाईंहरु किन रोइरहनु भएको छ ? एक भिक्षु भने बाटोमा हामीले मान्य सरिपुत्र र मौदगल्यायनलाई गइरहेका देख्यौं । हामीले सोधेपछि उनीहरुले गयाशिर्षको दोस्रो संघमा गैरहेको बताए । यस कुराले धेरै दुःख लागेकोले हामी रोएका हौँ ।
पाँच सयभन्दा बढी भिक्षुले संघ छाडेर गैसकेका छन् । यस्ता वरिष्ठ भिक्षु पनि जानेछन् भन्ने आशा थिएन । बुद्ध मुस्कुराए र भिक्षुहरुसँग भने भिक्षुहरु दुखि नबन मलाई सारिपुत्र र मौदगल्यायनमाथि पुरा विश्वास छ । उनीहरु संघमाथि विश्वासघात गर्ने छैनन् । राहत पाएर भिक्षुहरु बुद्धको चरणमा झुके । त्यसको भोलिपल्ट जीवकले बुद्धलाई आम्र्वमा भोजनका लागि आमन्त्रित गरे भोजनपछि जीवकले रानी विदेहीले उनलाई भेट्न चाहेको बताए र अनुमति मागे ।
जीवकले यस गुप्त भेटेको व्यस्था गरेका हुन भन्ने कुरा बुद्धले बुझे । बुद्धको अनुमति पाएर रानी आइन्, नमन गरिन र रुन थालिन् । बुद्धले उनलाई सान्त्वना दिँदै भने । अब मलाई पुरै घटना बताउनुहोस् । रानीले भनिन् । प्रभु राजा बिम्बिसारको प्राण संकटमा छ । अजात शत्रुले उहाँलाई भोकै मार्ने योजना बनाइसकेका छन् । उनी मलाई समेत राजाको लागि भोजन लान दिँदैनन् । राजालाई आफ्नो कक्षमा बन्दि बनाइँदा मलाई प्रतिदिन उहाँको लागि भोजन दिएर फर्कने अनुमति थियो । एकदिन रक्षकहरुले म भित्र जानुभन्दा पहिला मैले बोकेको भोजनको थालि खोसे । यद्यपी म यस कुराको लागि राजाको सामुन्ने रोएँ ।
राजाले आफूलाई आफ्नो छोराका कार्यप्रति कुनै प्रकारको घृणा छैन भन्नुभयो । उहाँ म मर्न रुचाउने छु तर देशमा गृहयुद्व भएको हेर्न चाहन्नँ भन्नुहुन्छ । भोलिपल्ट मैले केहि भातको गोला आफ्नो कपालमा लुकाएर लगें । हातमा खाली थाल थियो । रक्षकहरुले मेरो हातको थाल खोसे । त्यसपछि मात्रै मलाई भित्र जान दिए । कपालमा लुकाएको भात खुवाएर मैले केहि दिन काम चलाएँ जब अजातशत्रुले उनका बुबा अझैसम्म नमरेका देखे मेरो खानतलाशी कादाइका साथ लिन थालियो ।
कपालमा लुकाइएको भातको बारेमा उनीहरुलाई थाहा भयो। त्यसदिन मैले उहाँको लागि उक्त खाना पनि लान सकिनँ । तिन दिनपछि मैले अर्को तरिका अपनाएँ । दुध, मह र पिठो मिसाएर लेप बनाए । नुहाइसकेपछि आफ्नो शरीरमा धसेर बाहिरबाट कपडा लगाएँ र जान थालें भित्र गैरशरीरमा लागेको उक्त लेप खुर्केर राजालाई भोजन गराउन थालें । यसरी मैले दुई दिनदेखि भोजन गराइरहेकी छु । यो तरिका पनि कुनै दिन थाहा हुनेछ र राजासँग भेट्नका लागि रोक लगाइने छ भन्ने कुराको मलाई डर लागिरहेको छ ।
यति भनिसकेर भूतपूर्व रानी फेरि रुन थालिन् । बुद्धले लामो समयसम्म बिचार गरे । उनले राजाको शारीरिक र मानसिक स्वास्थ्यको बारेमा सोधे । राजा केहि दुब्ला भएका तर उनको आत्मबल बढेको कुरा रानीले बताइन् । राजा गरिना या खेदको कुनै भाव मनमा ल्याउँदैन थिए । बन्दीको रुपमा उनी चलित ध्यान गर्ने गर्थे उनको कक्षमा भएको झ्याल गृहकूट शिखरतर्फ खुल्थ्यो । त्यसैको सामुन्ने हेरिरहन्थे । यी सबै कुरा रानीले बुद्धलाई सुनाइन् । बुद्धले रानीलाई सोधे के तपाईं आफ्नो दाई कौशल नरेश प्रसेनजितसम्म सन्देश पठाउन सक्ने अवस्थामा हुनुहुन्छ । रानीको नकारात्मक उत्तर सुनेपछि बुद्धले भने म एक भिक्षुलाई स्रावस्ति पठाउने छु ।
उनले जेजति सहायता गर्न सक्छन् गरुन भनेर राजा प्रसेनजितसँग भन्नेछु । रानीले बुद्धलाई धन्यवाद दिइन् । उनले एउटा रहस्य पनि बताइन् । उनका अनुसार जब अजातशत्रु गर्भमा थिए । राज ज्योतिषीहरुले बालकको बारेमा नकारात्मक कुरा बताएका थिए । उनले आफ्ना बुबालाई हानी पुर्याउने छन् भनेका थिए । अजातशत्रु गर्भमै हुँदा रानीलाई राजाको औंला काटेर खाने तथा उनको रगतको स्वाद चाख्ने प्रवल इच्छा हुन्थ्यो । उनी आफ्नो यस इच्छाबाट भयभित भइन् । आफ्नो बाल्यकालदेखि नै रानी रगतदेखि भयक्रान्त हुने गर्थिन् । माछा या कुखुरासम्म काटेको हेर्न सक्दैन थिइन् । त्यसदिन उनी राजाको रगतको स्वाद लिने प्रवल इच्छाबाट आशंकिटत भईन ।
आफ्नो इच्छा दबाउँदा–दबाउँदा उनी रुन थालिन् । उनले लाजको कारण आफ्नो हातले मुख ढाकिन् । राजालाई केहि पनि बताइनन् । त्यसको केहि दिनपछि एकदिन राजा बिम्बिसार स्याउ काटिरहेका थिए । अचानक उनको औंला काटियो । रानीले आफूलाई रोक्न सकिनन् । राजाको औंला समाएर केहि थोपा रगत पिइन् । राजारानीको यस व्यवहारबाट स्तम्भित भए । तर केहि पनि भनेनन् । रगत पिएर रानी भुइँमा लडिन् र बेहोस भइन् । राजाले उनलाई पठाएर किन त्यस्तो भएको भनेर सोधे । रानीले आफ्नो भयङ्कर इच्छाको बारेमा सुनाइन् । उनले भनिन् मैले आफ्नो यस इच्छासँग धेरै संघर्ष गरें र अन्तत हारें ।
उनलाई उनको यस इच्छाको पछाडि गर्भस्थ शिशुको मानसिकताले जोड दिइरहेका कुरा थाहा थियो । राज ज्योतिषीहरुले सल्लाह दिए या त गर्भ तुहाइयोस् या बालक जन्मने बित्तिकै मारियोस् राजा बिम्बिसार र रानीलगायत कोहि पनि यस कुरामाथि सहमत भएनन् । राजकुमारको जम्न भयो बालकको नाम अजातशत्रु राखियो अर्थात जसको कुनै शत्रु छैन । राजालाई दुई या तिन दिनपछि भेट गर्नका लागि बुद्धले रानीसँग भने जसले गर्दा अजातशत्रुलाई शङ्का नहोस् । जुन दिन उनी राजालाई भेट्न जानेछिन त्यसदिन राजाको साथमा अधिक समय बिताउन् । रानीले जब पौष्टिक लेप शरीरमा लगाएर लानेछिन त्यसलाई राजाले थोरैथोरै गरेर खाउन् । त्यसबाट भोलिपल्टको लागि केही बाँकी राखुन् । रानीलाई यस्तो सुझाव दिएर बुद्वले जिवकसँग बिदा लिए र गृहकूट फर्किए ।
रोशन दाहालद्धारा लिखित ‘गौतम बुद्ध, जीवनी र दर्शन’बाट प्रकासित पुस्तकबाट साभार : शिर्षक हामीले दिएका हौं ।