• मंसिर १२ २०८१, बुधबार

एन्फा प्रवक्ता किरण राईले दिए राजीनामा

श्रावण १८ २०७८, सोमबार

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले राजीनामा दिएका छन् । प्रवक्ता राईले सोमबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई राजीनामा पत्र बुझाएका हुन् ।

मुख्य प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको विवादको कारण आफूले राजीनामा दिएको उनले बताएका छन् ।

२०७५ साल वैशाख २४ गते उनलाई एन्फाले प्रवक्ताको जिम्मेवारी दिएको थियो ।