काठमाडौँ । यस पृथ्वीमा रहेको जम्मा चार भागमध्ये तीन भागजति पानीले ओगटेको छ भने करिब एकभाग मात्र जमिन रहेको छ । पानीको भाग ओगटेर बसेको पृथ्वीको भागलाई महासागर भन्ने गरिन्छ । पानीको भागमध्ये पनि थोरै भाग मात्रै नदी, तलाउ, पोखरीहरुले ओगटेका छन् ।बाँकी अधिकांश भाग उनै महासागरले नै ओगटेका छन् ।
महासागरलाई सजिलो गरी भन्नुपर्दा मानिसले सागर मात्रै भन्ने गर्छन् । सागरको गहिराइ यति हुन्छ कि मानिसले कुनै कुरालाई धेरै पैमानामा देखाउन खोज्दा अथवा अभिव्यक्त गर्न खोज्दा ‘सागरभन्दा गहिरो’ भनेर उपमा दिने गरेका हुन्छन् । सागर अर्थात् महासागर संसारका धेरै रहस्यहरुको खानी पनि हो । मानिसले मोतिसहितका बहुमूल्य चीज सागरबाटै ल्याउँछन् । यसका बारेमा विभिन्न कथा र कहानीहरु समेत सिर्जना गरिएका छन् ।
समयक्रमसँगै सागरको गहिराइमा रहेका अनौठा रहस्य तथा तथ्यहरु पत्ता लाग्दै पनि गएका छन् । विशाल पानीको भण्डार रहेका पाँचवटा महासागर पृथ्वीमा रहेका छन् । ती पाँच महासागरमध्ये सबैभन्दा ठुलो र गहिरो प्रशान्त महासागर हो । यसपछिको अर्को ठूलो आन्ध्र महासागर हो । प्रशान्त र आन्ध्र महासागर बारेमा केही रोचक र अनौठा तथ्य बाहिरिएका छन् ।
सामान्य आँखाले हेर्दा र देख्दा माटोमा वा पानीमा पसेका कुरा बिलाउँछन् । अर्थात् हराउँछन् । केही कुरा हराउँदा ‘माटोमा बिलायो’ वा ‘पानीमा घुलिएर सकियो’ भनेर भन्ने चलन छ । अरु नै कुनै ठोस कुरा पानीमा मिसियो भने बिलिन भएर जान्छ भन्ने मानिसको आम सोचाई रहेको छ । वैज्ञानिक रुपमा पनि संसारमा भएका कयौं कुराहरु पानीमा रख्यो भने बिलाएर जाने खालका हुन्छन् ।तर एउटा तथ्यले हामीलाई सत्यमाथि आशशंका गर्ने बनाएकोछ । त्यो हो, एउटै स्थानमा भेट भएर पनि प्रशान्त महासागर र आन्ध्र महासागरको पानी एकआपसमा नमिसिनु ।
विश्वकै दुई ठूला महासागर आन्ध्र र प्रशान्त अलास्काको खाडीमा मिल्न पुग्छन् । तर आश्चर्य ! यी दुई महासागरको एकापसमा मिलन हुँदा पनि पानी भने मिसिदैन ।सयौं वर्षदेखि एक आपसमा भेट भएपनि यिनीहरु मिसिएका छैनन् । पृथ्वीको सृष्टि र अघोर वर्षापछि बनेका यी दुई महासागर जोडिएर रहे पनि एक आपसमा मिसिएका छैनन् । यो तथ्य वर्षौंसम्म बाहिर आउन सकेको थिएन । सन् २०१० मा केन्ट स्मिथ नाम गरेका एक फोटोग्राफरले अलास्कामा दुई महासागर भेट भएको तर नमिसिएको तस्बिर खिचेर इन्टरनेटमा राखे ।
लाइभ भिडियो निकै नियालेर हेर्दा पनि यी दुई महासागरको पानी नमिसिएको देखेर यसले संसारलाई चकित बनायो । फोटोग्राफर केन्ट स्मिथले दुई महासागर एकआपसमा भेट भएपनि नमिसिएको तस्बिर खिचेर सार्वजनिक गरेसँगै पानी विशेषज्ञ तथा वैज्ञानिकहरुको दिमाग चक्करायो । यससँग सम्बन्धित विशेषज्ञ तथा वैज्ञानिकले अनुसन्धान गरेर पत्ता लगाए कि प्रशान्त महासागर हिमालहरु पग्लेर हिमनदी हुँदै आएको पानीबाट बनेको महासागर हो । र, आन्ध्र महासागर नुन र विभिन्न लवणीय तत्वहरु मिलेर बनेको महासागर हो ।
यिनीहरुको बनावट र उत्पत्तिको हिसाबले प्रशान्त महासागरको पानीको घनत्व कम रहेको छ भने आन्ध्र महासागरको पानीको घनत्व बढी रहेको छ । यसकारण पनि यी दुई महासागरको पानी भेट भएपनि एक आपसमा मिसिन नसकेको हो ।
हिमालबाट पग्लिएर आएको हुनाले प्रशान्त महासागरको पानीको रङ हल्का निलो हुन्छ भने विभिन्न लवण मिसिएर बनेको आन्ध्र महासागरको पानीको रङ गाढा निलो हुन्छ । त्यसकारण पनि यी दुई महासागरको पानी भेट भएपनि घुलमिल हुदैनन् ।
यी दुई महासागर मिसिएको स्थानमा पानीको घुलन नहुँदा एउटा बारजस्तो रेखाको निर्माण हुन जान्छ । जुन बार जस्तो रेखाका कारण यी दुई महासागरलाई नाङ्गो आँखाले पनि स्पष्ट रुपमा छुट्ट्याउन सकिन्छ ।
यसरी दुई महासागर भेट भएर पनि स्पष्ट रुपमा छुट्टै देखिने कुरालाई कयौं मानिसहरुले धार्मिक कोणबाट हेर्ने र बुझ्ने समेत् गरेका छन् ।