काठमाडौं । पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन योजना प्रमुखसहित पाँच जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।
यसमा निर्माण व्यवसायी महासंघका अध्यक्ष पनि मुछिएका छन् । राजमार्ग योजना अन्तर्गत खोटाङ जिल्लास्थित चेनेज देखि खोटाङ खण्ड निर्माण कार्य ठेक्का सम्झौता अनुसार नगरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा भ्रष्टाचार गरेको पाइएको हो ।
अख्तियारले पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना धुलिखेल, काभ्रेपलाञ्चोकका तत्कालीन योजना प्रमुख बिजय चापागाईंविरुद्ध ६८ लाख ९३ हजार ७७८ रुपैयाँ बिगो दाबी गर्दै आरोप पत्र दायर गरेको छ । त्यस्तै, तत्कालीन इन्जिनियर दीपक कुमार खड्का र तत्कालीन सवइन्जिनियर गजेन्द्रप्रसाद राउतसँग सोही रकम बराबरको बिगो दाबी गरिएको छ ।
त्यस्तै, निर्माण व्यवसायी महासंघका अध्यक्ष तथा महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक रवि सिंहसँग ६८ लाख ९३ हजार ७७८ रुपैयाँ बिगो दाबी गर्दै आरोप पत्र दायर गरिएको छ । तत्कालीन लेखा अधिकृत दुर्ण प्रसाद फुयालसँग रु.२१ लाख ४९ हजार ८१८ रुपैयाँ बिगो दाबी गरिएको छ ।
उक्त ठेक्कामा निर्माणस्थलमा भएको कामको वास्तविक अवस्था उल्लेख नगरी भेरिएसन हुनुपर्ने भन्दा फरक ब्यहोराको भेरिएसन पेश गरी, सार्वजनिक खरिद नियमावली अनुसार भेरिएसन नगराई, इष्टिमेट विपरीत बिना कुनै निर्णय फिल्डमा काम गरी र गराई, फिल्डमा भएको परिमाणभन्दा बढीको नापी किताब तयार पारी एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्काबाट एउटै प्रकृतिको काम इखभचबिउ गरी, एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्काबाट एउटै प्रकृतिको काम इखभचबिउ भई एउटा ठेक्काबाट म्एच् अनुसारको इष्टिमेट तयार भई भएको काम भ्बचतजधयचप को भुक्तानी भइसके पछि फेरि सोही चेनेजमा सोही प्रकृतिको आइटमको अर्को ठेक्काबाट काम गराई बिल तयार पारी भुक्तानी लिनेरदिने गरिएको अख्तियारले जनाएको छ ।
यसरी ६८ लाख ९३ हजार ७७८ रुपैयाँ हिनामिना तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको देखिन आएको अख्तियारको ठहर छ ।