• फाल्गुन ३० २०८१, शुक्रबार

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पौडेल नियुक्त

श्रावण १२ २०७८, मंगलवार

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । पौडेल युवा अर्थविदका रुपमा चर्चित छन् ।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि केपी ओली सरकारका पालामा नियुक्त भएका डा. पुष्प कँडेलले राजीनामा दिएपछि रिक्त रहेको पदमा सरकारले पौडेललाई ल्याएको हो । त्यस्तै, योजना आयोगका सदस्यहरूमा रामकुमार फुँयाल र दिलबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।