काठमाडौँ । देशमा कोरोना महामारीको चपेटा सुरु भएपछि यसले जताततै असर गर्यो । जनताको आम दिनचर्या बदलिएर कयौं दिनसम्म घरको कोठामा सिमित भयो । मानिसहरु एक आपसमा भेटघाट गर्न समेत नपाइने समय आयो । समाज महामारीले त्राहीमाम भयो । देशमा महामारी रोकथाम र निराकरण गर्न सरकार असफल सावित भयो ।
समाज सेवा गर्ने भनेर स्थापना भएका कयौं व्यक्ति तथा संस्थाहरु महामारीमा कता हराए कता । तर नेपालमा एउटा यस्तो संस्था रहेको छ, जो महामारी सुरु भएसँगै जनताको स्वास्थ्य अवस्थालाई सुदृढ गर्न लागिपर्यो । त्यो हो वैज्ञानिक महावीर पुनले नेतृत्व गरेको राष्ट्रिय आविस्कार केन्द्र । महामारीमा समेत जनता रोग भोक र शोकले छटपटाउँदा सरकार देशबाट हरायो ।
जनताबाट लुक्यो । सरकार केवल विज्ञप्ति र समाचारमा सिमित भयो । सेवा गर्छौं भनेर स्थापना भएका स्वयमसेवी संस्था तथा मानिसहरुपनि कोरोनाको डरले गुप्तवास जस्तै बसे तर राष्ट्रिय आविस्कार केन्द्र भने महामारी आएसँगै देश र जनताको लागि के कसरी काम गर्न सकिन्छ भनेर लागि परेको छ ।
२०७६ सालको चैतमा कोरोना महामारीले गर्दा देशमा निषेधाज्ञा लागु भएदेखि नै राष्ट्रिय आविस्कार केन्द्र कोरोना रोकथामको लागि विभिन्न उपकरणहरु निर्माण गर्न लागेको छ । केन्द्रले निषेधाज्ञा सुरु भएदेखि हालसम्म विभिन्न स्वास्थ्य सामग्रीहरु निर्माण गरेर वितरण गरिरहेको छ । हालसम्म सो केन्द्रले निर्माण गरेर निःशुल्क वितरण गरेका स्वास्थ्य सामाग्रीहरु अर्बौंको मूल्य बराबरका रहेका छन् ।
उसले विभिन्न अस्पतालहरु, आइसोलेशन केन्द्रहरु मात्रै नभएर कोरोना महामारी नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले प्रयोग गर्ने पीपीइ सहित १३ किसिमका समानहरु निर्माण गरेर वितरण गरेको केन्द्रले बताएको छ ।
आविस्कार केन्द्रले निर्माण गरेर निशुल्क वितरण गरेका स्वास्थ्य सामग्रीहरु :
१) पिपिई सेट : ५१,३०० थान
२) फेस शिल्ड : ३९,७०० थान
३) पावर एयर प्युरिफाइङ मेसिन : ९२ थान
४) आइसोलेशन हुड : २१० थान
५) लाश राख्ने बाकस : ४०५ थान
६) बिरामी राख्ने आइसोलेशन च्याम्बर : २९ थान
७) कोरोना वार्डमा जाने रोबोट) ६ थान
८) स्वाब संकलन गर्ने बुथ : ९२ थान
९) एरोसोल बक्स : ३८ थान
१०) युभिसी निर्मलीकरण बक्स : ३३ थान
११)युभिसी निर्मलीकरण ट्रली : ६ थान
१२) स्वाब संकलन गर्ने जीप) थान
१३) विभिन्न अस्पतालहरुमा मिनी अक्सिजन प्लान्ट निर्माणः : ७ वटा
१४) विभिन्न अस्पतालहरुको बिग्रेको भेन्टिलेटर मर्मत : ४२ वटा
१५) विभिन्न अस्पतालहरुको बिग्रेको मृगौला डाइलाइसिस मेसिन मर्मत : १८ वटा
१५) अस्पतालहरुको अक्सिजन प्लान्ट मर्मत : ३ वटा
१६) व्यक्तिहरुको बिग्रेको अक्सिजन कन्सेट्रेटर मर्मत : २५ वटा
१७) अक्सिजन सिलिन्डरकोः कनेक्टर्स : १२५ थान
राष्ट्रिय आविष्कार केन्द्र आफैले किनेर वितरण गरेको र दानमा प्राप्त भएर वितरण गरेको सामानहरु निम्न अनुसार छन ।
१) Stanford University ले दान गरेको Viral Filters ४००० थान
२) Stanford University ले दान गरेको Pulse Oximeter १०० थान
३) Stanford University ले दान गरेको CPAP र BiPAP मशीनस् २९ थान
४) Stanford University ले दान गरेको Pneumask १५२ थान
३) Gradian Health Systems ले दान गरेको Ventilators ५३ थान
४) Nepali American Chambers of Commerce Texas ले दान गरेको भेन्टिलेटरस् २ थान
५) आविष्कार केन्दले नै किनेको ५ लिको अक्सिजन कन्सेंट्रेटरस १६० थान
६) ईजरायल बाट प्राप्त भएको ५ लिको अक्सिजन कन्सेट्रेटरस ३६ थान
७) अन्य दाताहरुले दान गरेको ५ लिको अक्सिजन कन्सेंट्रेटरः १३ थान
८) St. Xavier-1975 टीमले दान गरेको १०) लि. अक्सिजन कन्सेंट्रेटरः १८ थान
९) आविष्कार केन्द्रले नै किनेको १० लिको अक्सिजन कन्सेंट्रेटरः ३४ थान
१०) आविष्कार केन्द्रले किनेर वितरण गरेको ४७ लिको अक्सिजन सिलिन्डरस् ६४ थान
११) एकता समाज दक्षिण कोरियाले दान गरेको १० लि.अक्सिजन सिलिन्डरः १० थान
१२) . NRNA China बाट प्राप्त भएको अक्सिजन सिलिन्डरको रेगुलेटरस् ५०० थान
१३) SouthMed Company New Zealand ले दान गरेको Respiratory Hood ८० थान
१४) Nebraska Nepalese Society ले दान गरेको १५ हजार डलर पर्ने Black Fungi को औषधी ।