काठमाडौं । सर्वोच्च अदालतले एमाले ब्युँत्याएसँगै चर्किएको ओली–नेपालको विवादले अन्ततः पार्टी नै फुटको सम्मुखमा पुर्याएको छ ।
२०७७ फागुन २३ गते सर्वोच्चले देशका दुई ठूला राजनीतिक दल नेकपा ९एमाले० र माओवादी केन्द्र ब्युँत्याइ दिएको छ । यी दुई ठूला पार्टी पूर्ववत अवस्थामै ब्युँतिएपछि माओवादी केन्द्रभित्र हालसम्म कुनै विवाद देखिएको छैन भने एमाले अध्यक्ष केपी शर्मा ओली–वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको विवाद दिनानुदिन बल्झिँदै गएको छ ।
ओली–नेपालभित्र बल्झिँदै गएको विवाद समाधानका लागि दुवै समूहका नेताह? सक्रिय रहँदै आएको बताइएको छ । यसअघि संघीय राजधानी काठमाडौं उपत्यकाका केही होटल चहारेका ती नेताहरूले ओली–नेपालको अनौपचारिक भेटवार्ता र टेलिफोन संवाद गराए पनि त्यसले कुनै निष्कर्षमा पुर्याउन भने सकेन ।
विवाद समाधानको निष्कर्षमा नपुग्नुको कारण दुवै समूहका शीर्ष नेताद्वयको ‘चट्टानी अडान’ र राजनीतिक ‘इगो’ नै हो । उनीहरूको यही कुरा ‘कारक’ बनेपछि ‘विवाद समाधान’ नभएको एमाले दुवै समूहका नेताहरू बताउँछन् । नेपाल एमाले ‘पूर्वसंरचना २०७५ जेठ २’ मा फर्काउन चहान्थे भने ओली त्यसमा सहमति थिएनन् । ओली–नेपालबीचको सहमति वा एमाले एकता यसमै आएर अड्किएको थियो ।
यही ‘चट्टानी अडान’बाट नेता नेपाल एकरत्ति नगलेपछि ‘पानी–पानी’ हुँदै अध्यक्ष ओलीले ‘१० बुँदे एकता प्रस्ताव’ आह्वान गरे । तथापि उक्त प्रस्तावमा नेपालको अडान विपरीत ‘एमाले पार्टी संरचना जेठ ३’ उल्लेख गरिएको थियो । त्यसमा उनले असहमति जनाएपछि विवाद समाधान नभै झनै चर्कियो । दुवै समूहका नेताहरू एकआपसमा आरोप–प्रत्यारोप गर्न थाले । आरोप–प्रत्यारोपकै बीचमा पुनः एकता प्रयासका लागि राजधानीको एक होटलमा ओलीनिकट नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल र नेता नेपालनिकट भीम रावल, घनश्याम भुषाल लगायतका केहीले अनौपचारिक भेटवार्ता र छलफल गरे । त्यो बेला छलफल आपसमा गुनासो पोखापोख गर्नुबाहेक अरू विकल्प खोजिएन ।
एकता प्रयासका लागि दुवै समूहका दोस्रो वरियताका नेताह?बीच आन्तरिक छलफल जारी नै थियो । त्यसकै बीचमा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यराति दोस्रो पटक संसद विघटन गरिन् । संसद विघटन भएपछि माधव नेपाल ओलीप्रति आक्रोशित हुँदै गए । पहिलो पटक पुष ५ गते संसद विघटन हुँदादेखि नै ओलीको कदम अलोकतान्त्रिक र गैरसंवैधानिक भएको भन्दै विरोधमा उत्रिएका नेपाल दोस्रो पटक संसद विघटन गर्दा झनै ओलीप्रति रुष्ट बन्दै गए ।
रुष्ट बनेका नेता नेपाल जेठ १० गते विपक्षी दलहरूको गठबन्धनमा सामेल भए । एमाले नेपाल समूहका सांसदहरूले विपक्षी गठबन्धनका नेता तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा हस्ताक्षरसहित रिट दर्ता गराएका थिए । काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव–संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई (उपेन्द्र–बाबुराम) र एमाले वरिष्ठ नेता नेपाल समूहका सांसदसहित १४६ जनाले आफ्नो हस्ताक्षरसहित रिट दर्ता गराएका थिए ।
यो बीचमा ओलीले चलाखी गर्दै एमाले पार्टीको पहिलेकै संरचना अर्थात नवौँ महाधिवेशनबाट संठित सांगठानिक संरचना २०७५ जेठ २ ब्युँत्याए । त्यसमा नेपाल केहीहदसम्म लचिलोमात्रै बने । तर, सहमति भने जनाएनन् । ब? आफू गठबन्धनकै पक्षमा उभिएको बताए । यद्यपि ओलीले सर्वोच्चको आदेश आउनुभन्दा पहिले नै देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेका नेपाल समूहका २३ जना सांसदको हस्ताक्षर फिर्ता गराउन जोडबल गरे । तर, सर्वोच्चको फैसला अघिसम्म न्यायालयलाई प्रभावित पार्ने कुनै पनि निर्णय नगर्ने नेता नेपालले कडा अडान राखे ।
त्यसपछि सर्वोच्चको फैसलाले संसद विघटनलाई असंवैधानिक ठहर गर्दै उक्त निर्णयलाई बदर गर्यो । त्यसको केही दिनमा संविधानको धारा ७६ को ५ अनुसार काँग्रेस सभापति देउवालाई प्रधानमान्त्रीमा नियुक्त गरियो र ओली पदमुक्त भए । उनकै समूहका नेताहरूको भनाइलाई आधारमा मान्ने हो भने नेपालकै अडानका कारण ओली सत्ताबाट बाहिरिनु पर्यो ।
उनी सत्ताबाट बाहिरिएपछि झोक्किएर नेपालमाथि खनिए । तथापि उनी पछिल्लो केही दिनयता नेपालपप्रति लचिलो बन्दै एकताका लागि आममाफी दिनेसम्मको अवस्थामा आइपुगेका छन् । उनले नेपाल समूहमाथि लक्षित गर्दै आममाफी दिने भनेका छन् तर, नेता नेपाल भने अझै सहमत देखिएका छैनन् ।
यस विषयमा नेपालनिकट नेतृ रामकुमारी झाँक्री भन्छिन्, ‘पार्टी एकताका लागि हामी अहिले पनि कटिबद्ध छौँ । यसका लागि दुविधा मान्नुपर्ने कुनै कारण देखिदैन । तर, पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि प्रयास जारी छ । यद्यपि ओलीजीको अपमान सहेर अपमानीत भएर पार्टी एकता गर्नुको कुनै ज?री पनि छैन । यसो भन्दैमा हामीले एकता नचाहेका पनि होइनौँ । एकताको पक्षमै उभिएका छौँ । त्यसका लागि अध्यक्ष ओलीजीले कुनै पनि निर्णय गर्दा नेपालजीलाई आधिकारिक खबर गर्नुपर्छ र दुवैको सहमतिमा पार्टीको निर्णय गर्नुपर्छ र अगाडि बढ्नुपर्छ । एकता सम्भव छ ।’
‘नेपाल एकताको पक्षमा हुनुहुन्छ या हुनुहुन्न भन्ने कुरा उहाँको क्रियाकलापबाटै प्रष्ट छ । विपक्षीसँगको गठबन्धन तोडेको घोषणा गरेपनि उहाँ विपक्षीको विभिन्न सरकारी तथा पार्टीगत कार्यक्रममा भाग लिनुहुन्छ । त्यहीखाले अभिव्यक्ति दिनुहुन्छ । यसरी हेर्दा उहाँ पार्टी एकताको पक्षमा उभिनु भएको म देख्दिनँ । तर, जसरी अध्यक्षज्यू पार्टी एकताका लागि क्रियाशिल र लचिलो बन्नु भएको छ । सोहीअनुसार नेपाल पनि सक्रिय भए एकता असम्भव छैन भन्छन्, नेपालनिकट युवा नेता महेश बस्नेत ।’
एमाले विवाद चियाको कप भित्रको तुफान बन्दै गएको बेला ओलीले नेपालप्रति आक्रोश पोख्नु र ओलीमाथि नेपालले असन्तुष्टि पोख्नु पार्टी एकता बेगर चल्नुबाहेक अरू हुन सक्दैन । यसर्थ यी दुवै शीर्ष नेता आपसमा मिलेर अगाडि बढे पार्टी एकताबद्ध हुने सम्भव प्रवल छ । अन्यथा असन्तुष्ट नेपालमाथि ओलीले अपमान गर्दै गए पार्टी नफुट्ला भन्न सकिँदैन ।