• मंसिर १२ २०८१, बुधबार

सामलिङ पावरलाई आईपीओ निष्कासन गर्न अनुमति

श्रावण ४ २०७८, सोमबार

काठमाडौँ। सामलिङ पावर कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति पाएको छ । असार ३१ गते बसेको नेपाल धितोपत्र बोर्डको बैठकले अनुमति दिएको हो ।

कम्पनीको जारी पुँजी ५० करोडको २४.६ प्रतिशत १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण सेयर बिक्री गर्न बोर्डले अनुमति दिएको हो । कम्पनीले परियोजना प्रभावित स्थानीय र सर्वसाधारणमा उक्त सेयर बिक्री गर्न अनुमति माग गर्दै बोर्डमा अनुमति मागेको थियो ।