• मंसिर १२ २०८१, बुधबार

किन हातगोडा बाउँडिने गर्छन् ?

असार ३० २०७८, बुधबार

कसैलाई बसिरहेको बेला , सुतेको समयमा वा काम गर्ने समयमा पनि अनावश्यक रुपमा कहिलेकाहीँ हातगोडा बाउँडिने गर्छन । हातगोडा बाउँडिँदा अत्याधिक पीडा त हुन्छ नै, केसि समय सम्म दुखि रहने गर्छ । कसैलाई बसिरहेको समयमा, कसैलाई काम गर्दागर्दै त कतिलाई आराम गर्दा पनि हातगोडा बाउँडिन्छ ।

बसाइ नमिल्दा शरीरको कुनै एक भागमा मात्रै दबाब पर्न गयो भने उक्त भागमा पोषण र अक्सिजनको प्रभाव कम हुन्छ । यसकारण पनि मासु बाउँडिने गर्छ ।

शरीरमा तरल पदार्थ तथा मिनरल्सको कमीले पनि खुट्टा बाउँडिने समस्या देखापर्छ ।

शरीरमा रक्तसञ्चार राम्ररी नभए पनि मांसपेशी बाउँडिने समस्या निम्तिन्छ । यसको रोकथामका लागि केही तातो लगाएर रक्तसञ्चारलाई प्रभावकारी बनाउनुपर्छ ।

शरीरमा पोटासियमको कमी हुँदा हातगोडा बाउँडिने, मासु फर्कने समस्या निम्तिन्छ । यसबाट बच्न केरा, पात भएका तरकारी, ड्राई फुड्स खानु फाइदाजनक हुन्छ ।