• आश्विन १३ २०८१, आईतवार

के हो गोमूत्र चिकित्सा ? कसरी प्रयोग गर्ने ?

असार २९ २०७८, मंगलवार

केही गरी स्वमूत्रको प्रयोगबाट निको रोगका लागि पनि स्वमूत्र फापेन वा बिरामीले त्यसलाई स्वीकार गरेन भने त्यसको नजिकको विकल्प गोमूत्र चिकित्सा हुनसक्छ । यतिबेला आफ्नो पिसाबको ठाउँमा गाईको पिसाब सेवन गर्न सकिन्छ ।

गाईको पिसाब सेवन गर्नका लागि निरोगी र युवा गाई चाहिन्छ । र वैद्यले यसका लागि सिफारिस गरेको हुनुपर्छ । गाईलाई प्राकृतिक आहार–विहारमा राख्नुपर्छ । गाई गर्भवती नभएको भयो भने धेरै राम्रो हुन्छ । गाई अप्राकृतिक तरिकाले जन्माए र हुर्काएको पनि नहोस् । वर्ष भन्दा मुनिका बाच्छाबाच्छीको पिसाब सबै भन्दा राम्रो मानिन्छ ।

गोमूत्र सेवन गर्ने तरिका :

१) बिहानको गहुँतलाई सफा भाँडोमा भरेर मलमल कपडालाई आठ तह बनाएर छान्ने र खाली पेटमा सेवन गर्ने ।

२) त्यसपछि एक घण्टासम्म केही पनि नखाने ।
३) गाईको गहुँतलाई मालिस योग्य बनाउनको लागि एउटा सिसीमा हालेर बिर्को बन्द गरी ७ दिन जति घाममा राख्नुपर्छ ।

याद राख्नैपर्ने कुरा :

कतिपय रोगीहरूमा स्वमूत्र र गोमूत्र पानको केही दिनपछि थरीथरीका प्रतिक्रिया वा उभार देखिन थाल्छन्, जस्तैः उल्टी हुने, छाला चिलाउने झाडा–पखाला, रूघाखोकी, ज्वरो, आदि । यदि यस्तो भयो भने भयभित हुनु हुँदैन । शरीरका पुराना विकार फालिने क्रममा यास्ता उभारका लक्षण देखिन सक्छन् ।

उभार :

प्राकृतिक चिकित्साको विशेषता भनेकै यसले कुनै पनि रोगलाई दबाउँदैन ।
यसले रोगलाई तिनका कारणसहित जडदेखि नै निकालेर फ्याँकिदिन्छ ।

उपचारको क्रममा भित्र भएका विकार शरीरबाट बाहिर निस्किने क्रममा उल्टी हुने, छाला चिलाउने, रूघाखोकी, कफ, झाडा–पखाला, टाउको दुख्ने आदि लक्षणहरू देखा पर्न सक्छन् । धेरैले यस्तो अवस्थामा आत्तिएर र निराशा भएर प्राकृतिक उपचार छोडी फेरि औषधि सेवन गर्ने गरेको पाइन्छ । जुन एकदमै ठूलो भुल हो ।

प्राकृतिक उपचार गर्ने क्रममा यस्ता लक्षणलाई अन्यथा नमानिकन आफ्नो रोग ठिक भइरहेको र शरीर शुद्ध भइरहेको थाहा पाइराख्नु पर्छ । यदि यस बारेमा शंका लागेमा प्राकृतिक उपाय छोड्नुभन्दा पहिला कुनै प्राकृतिक चिकित्सककोमा गएर सल्लाह लिन सकिन्छ ।