• मंसिर १२ २०८१, बुधबार

प्रवासी नेपालीको अगुवाईमा गोवादेखि रुपैडियासम्म बस सेवा सञ्चालन

असार २८ २०७८, सोमबार

 गोवा । प्रवासी नेपालीहरुको पहलमा भारतको गोवाबाट रुपैडिया नाकासम्म यात्रुवाहक बस सञ्चालन भएको छ । संयुुक्त गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापाको आगुवाइमा गत जुलाई ५ तारिखबाट आधिकारिक रुपमा बस सञ्चालनमा आएको हो ।

गोवामा भारतका अन्य राज्यमा झैं थुपै नेपाली नागरिकहरु मजदूरीका लागि गएका छन् । नेपालीहरुका लागि गोवा प्रमुख रोजगारीको गन्तव्य बन्दै आएको छ । विश्व महामारीको रुप लिएको कोभिड–१९ का कारण थुप्रै नेपाली यतिबेला रोजगार विहीन अवस्थामा छन । र घर फर्कने क्रममा पनि छन् ।

गत वर्षको लकडाउनको समयमा नै बस सञ्चालन आएको भएपनि नियमित रुपमा सेवा दिन सकिएको थिएन । अबदेखि नियमित रुपमा बस सञ्चालन हुने अध्यक्ष थापाले बताए ।

दुःखमा परेका नेपालीलाई निशुल्क उद्धार गरिने थापाले बताए । गतवर्षको लकडाउनमा आफूहरुले समस्यामा रहेका १५० भन्दा बढी नेपालीलाई सोही बसमा राखेर उद्धार गरेको बताए । सुरुवाती चरणमा धेरै कठिनाइ बेहोर्नु परेको थापा बताउँछन् ।

उनले यतिखेर आफूले सस्तो भारादार ३,५०० रुपैडियासम्म यात्रा गराउँदै आएको बताए । उनले गतमहिना आफूहरुले २,५०० मा यात्रा गराएको तर अन्य पक्षको दबावका कारण भाडादर बढाउन बाध्य भएको दुखेसो गरे । थापाले आफ्नो समूहले अन्य बस सञ्चालन समितिसित छलफल गरी तुरुन्तै २,५०० मा यात्रा गराउने प्रतिबद्धता जाहेर गरे ।

अवकास प्राप्त नेभि अफिसर अनन्त जोशी, गोवा पुलिस अफिसर पिआई सुदेश नायक, वरिष्ठ पत्रकार प्रभाकर ढगेले बसको सञ्चालनको हुभारम्भ गरेका थिए । उद्घाटनमा पुलिस अफिसर पिआई सुदेश नायकले गोवामा कार्यरत नेपालीलाई सुरक्षा प्रदान गर्न आफूहरुको प्रमुख कर्तव्य भएको प्रतिबद्धता जनाएका थिए ।