इस्लामावाद । पाकिस्तानको गुज्रनवालामा एक व्यक्तिले आफ्नो छोरीको प्रेमीको क्रुरतापूर्वक हत्या गरेका छन् । गुज्रनवालामा आफ्नो छोरीसँग विवाह गर्न खोज्ने व्यक्तिलाई तरिक याकुबले हत्या गरेको मृतकका दाईले दाबी गरेका छन् ।
३० वर्षीय रिज्वनले आफ्नो छोरीसँग विवाह गर्न खोजेको विषयमा याकुबले उनको हत्या गरी गुज्रनवाला नजिकै नहरमा फालेको बताइएको छ । याकुबले रिज्वनको हत्यापछि शरिर टुक्राटुक्रा पारी नहरमा फालेको बताइएको छ ।
रिज्वन उनको प्रेमिकाको घरमा गइरहने गरेको तर हत्यापछि केटीका बुवाले रिज्वन आफ्नो घरमा नआएको दाबी गरेका छन् ।
मृतकका दाईले हत्यामाथि निष्पक्ष छानबिनको माग गरेका छन् । पाकिस्तानमा यस्ता विषयमा महिलामाथि मात्र नभई पुरुषहरुमाथि पनि हिंसा हुने गरेको छ । पाकिस्तानमा आफ्नो परिवार र कुलको सम्मान जोगाउन भन्दै यस्तो प्रकारको घटनालाई वैधरुपमा लिइने गरेको पाइन्छ ।
स्रोतः पाकिस्तान डेली ।