• मंसिर ११ २०८१, मंगलवार

यसरी दुःखिरहेको छ देश

असार २२ २०७८, मंगलवार

संघीयताले स्वीट्जरलैण्डलाई स्वीट्जरलैण्ड बनायो । अमेरिकालाई विश्वको उम्दा देश बनायो, संसारको आर्थिक राजधानी भएको छ त्यो देश । कम्युनिज्मले चीनलाई चीन बनायो । अनुशासन र सुशासनले विश्वलाई आर्थिक बजारको रुपमा लिएको छ उसले । गणतन्त्र र संघीयताकै कारण भारतलाई आज भारत बनाएको छ । संसारमा चौथो शक्तिशाली भएर उभिएको छ त्यो देश । प्रशासन संयन्त्र गतिलो भएको र नेतृत्वको दूरदृष्टिको कारण थाइलैण्ड र सिंगापुर आज संभ्रान्त भएका छन् ।

लोकतन्त्रले बेलायतलाई बेलायत बनाएको हो । तर संसारकै गरिव देश नेपाललाई संघीयता, लोकतन्त्र र गणतन्त्रले झन् बढी खोक्रो बनायो, ऋणको भार बढायो, जनतालाई खाडी पठायो, बिचौलियालाई हावी बनायो । प्रशासन संयन्त्र निकम्मा बनायो, संसदलाई अवसान गरायो । अध्यादेशको राज गरायो, अदालतमा इतिहासकै बढी मुद्दा बोकायो । सबै दलहरुलाई फटायो, नागरिकता बिक्री गर्न मिल्ने गरायो । जनतालाई घरबन्दी गरायो, भोका नांगालाई सडकबाट उठिबास गरायो । रोजगारी गुमायो, अस्पताल र शैक्षिक संस्थाहरुलाई व्यापारी बनायो । अस्पतालमा अक्सिजन, भेन्टिलेटर नपाइने गरायो ।

परिक्षा नदिएरै प्रमाणपत्र दिलायो, सिमानामा मिच्न लगायो । चुच्चे नक्सा छापेर कागज सिमाना बढायो । खाडीमा गएकाहरुलाई राम्ररी फर्कन नसक्ने वातावरण गरायो, चेलीवेटीहरुको अस्मिता लुटायो । गिट्टी, बालुवा, माटो निर्यात गरेर प्रकृति दोहन गरी धनी बन्न सिकायो । स्नातक पास नगरे पनि राजदूत बन्न पाइने बनायो । क्रेता र बिक्रेताले बजार नपाउने बनायो । आप्mना उत्पादन सडकमा फाल्नु पर्ने, अर्काको उत्पादनमा मस्ती गर्न सिकायो । समाजको स्वरुपलाई कुरुप बनायो, जात, जातिमा विभेद ल्यायो । मिलेर बसेको समाजलाई अंगभंग गरायो । चुल्ठे, मुद्रेलाई ठूलो बनायो । चप्पल लाउन नसक्नेलाई अर्ब पति बनायो । टहरामा बस्नेहरुलाई आलिशान महल दिलायो ।

सदाचार र नैतिकता अनि इमान्दारितालाई लुकाइदियो, खस्रो बोलीलाई जगाइदियो । रामहरु लुक्ने, रावणहरु उठ्ने बनायो, श्रीमती, साला, साली, धर्म पुत्र, बुहारीहरुलाई देशको साँचो सुम्पन लगायो । जनतालाई हजारौँ प्रतिशतले कर बढाएर उठ्नै नसक्ने गरी जनतालाई ढाड सेकायो । पसल बन्द गरायो कात्रो किन्दा पसल खुलेन, मरेका १५ दिन सम्म गर्नु पर्ने दान दातव्य, कपडा, सर सामान किन्न दिइएन । खुलेर हाँस्न त पाइएन, खुलेर रुन पनि पाइएन । लुकिछिपी खाद्यान्न किनेर पेट पाल्नु पर्ने बनायो, सार्वजनिक गरिबहरुले चढ्ने गाडी बन्द गरायो । निमुुखाहरु अस्पताल जान पाइएन, धनी मानिसहरुको गाडी सडकभरि देख्ने बनायो ।

जनता घरभित्र थुन्दा नेताहरु सडकभरी ‘हामी यहाँ छौं’ भन्दै बाहिर निस्कने बनायो । कार्यपालिका, विधायिका बीचको दूरी आकाश पातालको फरक गरायो । न्यायपालिकाप्रति हिलो छ्याप्ने काम गरायो । दल, दल मात्रै होइन सबै मान्छेका बीच पानी बाराबारको स्थिति गरायो । छर छिमेकी बोल्न नहुने मुखभरी पेरुंगो लाउने बनायो, बिहानीको भ्रमण, साँझको भ्रमण गर्न नपाएर वृद्धहरु निसासिने बनायो । फोक्सो सुकायो, दम रोगीहरु बढायो, सडे, गलेका सामान, कुहिएका सागसब्जी खाएर मानिसको निरोगी भई बाँच्ने अधिकार गुम गरायो । कोरोनाको बहानामा दुनो सोज्याएर सक्नेले सबैथरी गर्ने नसक्ने, बेसहाराले केही गर्न नसक्ने बनायो । नाना, खाना, छानाका लागि मात्र भिक्षार्थी बनाएन, एक डोज खोपका लागि पनि अर्काको हात थाप्नु पर्ने बनायो । त्यतिमात्रै होइन संविधान च्यात्नेलाई उपल्लो दर्जा दिलायो ।

मन्त्री क्वार्टरमा झण्डा छोपेर गाडी चलाउन सिकायो । दुई तिहाईको शक्तिलाई एक तिहाई होइन ४ जनामा सिमित गरायो, कार्यालय नगई सबै काम आबासबाटै राति राति गर्न सिकायो । देशैभरी उद्घाटन र शिलान्यासको ऐतिहासिक रेकर्ड तोडायो । बल्लबल्ल ल्याएको रेललाई नयाँ दुलहीलाई भैmँ घुम्टो ओढाएर राख्यो । पानी जहाज, मेट्रो रेल, मोनो रेलको सपना देखायो, वृद्धहरुलाई ५ हजारको भत्ताको लोभ देखायो । कालो बजारीलाई नरोक्ने बनायो, दलका मान्छे जसरी मरे पनि सहिद बनायो । धनी मानीहरुलाई एयर एम्बुलेन्सबाट विदेश उपचार पठायो, उताको बिल सदर गरीदियो । सर्प पाल्न करोडौँ उपहार दिलायो, राजनीतिकर्मीहरुका नाममा खुलेका संस्थाहरुलाई अर्बौ अर्ब रकको अनुदान दिलायो । किसानको मल अनुदान भनिरहँदा रासायनिक मल किसानले नपाउने वातावरण बनायो ।

मलका लागि बालुवाटरबाट परदेशमा फोन गर्नु पर्ने बनायो, खोपकालागि शितल निवासबाट परदेशमा फोन गर्नु पर्ने बनायो । आपूm खुसी अभ्यागत खर्चमा अर्बौ अर्ब सक्ने बनायो, महँगा हेलिकप्टर, जिमखाना, शौचालय, कार्पेटहरु बिच्छाउन लगायो । काठमाडौँलाई पानीको हाहाकार बनाएर काकाकुल बनायो, सडक जाम हेरिसक्नु गराएन, एक घण्टा पानी परे सडक ठप्प हुने गरायो । मोटो रकम नतिरी घरको फोहोर उठेन, शक्तिशाली नभई जिएलडीको बाटो पनि खुलेन ।

दलको सिफारिश नभई मूसो पनि मरेन, विकास कोषका नाममा मनपरि पैसा वितरण गरायो । डोजर आतंकबाट असारे विकास देखाएर घर, बारी, सडक, बस्तीमा बाढी र पहिरोले सखापै बनायो, मौसम पूर्वानुमान भनियोे तर चट्याङ, बाढी, पहिरो, आगजनीले देशलाई आकक्रान्त बनायो, कूटनीतिक नियोगहरुले आप्mनो दक्षता देखाउन नसक्ता व्यापार, वाणिज्यका ढोका राम्रो खुल्न सकेनन्, आयातमुखी हुँदा भंसार प्रशासनलाई भंसार रकम बढाउने मात्र गरायो । जग्गाको अचाक्ली मोल बढाएर भूमाफियाहरुबाट गाउँ शहर कुरुप मात्रै होइन, अन्न बालिको उजाड गरायो । संसारकै खराव प्रदूषित हावामा बाँच्नु पर्ने बनायो भनौँ यहाँको संघीयता, लोकतन्त्र र गणतन्त्रले सबै काम गरायो, गरिवीको संख्या मात्रै बढाएन, जनगणनाको एतिहासिक काम पनि रोकायो ।

आर्थिक, भाषिक, साँस्कृतिक, राजनैतिक औपनिवेशिकताको भारी बोकायो, कहिले रात रातै विदेशी एजेन्सीहरुले भिआइपी भेट गरे भने यी सम्पूर्ण कामको सूत्रपात के के सम्झौता पनि विदेशी भूमिमै गरायो । सुनका घडी र सुनकै पलंग मन पर्ने बनायो । मध्यम वर्गीहरु थप पिल्सिए, निम्न वर्गीहरुको त चुलै जलेन । जुन देशमा बहस गर्ने संसद नै छैन, जुन देशमा उच्च व्यक्तिले संविधानभन्दा  आफूलाई माथि राख्छ, त्यो देशमा कसरी लोकतन्त्र फस्टाउँछ, कसरी गणतन्त्र जोगिन्छ र कसरी संघियताको मर्म देखिन्छ ।

जहाँ एकतन्त्री हुकुमी अध्यादेशबाट देश जसोतसो चल्छ । एक भूकम्पको धक्काले पूरै केन्द्रीय प्रशासनयन्त्र डेरा सर्छ, पालमुनि बस्न पुग्छ, अर्काले बनाइदिएका भवनहरुमा आप्mनो रजाइँ हुन्छ । त्रिपाल देखाएर विदेशीसँग भिक्षा लिइन्छ, बाढी, पहिरो देखाएर, बस्ती उजाड देखाएर, संरचनाहरु सखाप भएको दृश्य देखाएर विदेशीसँग दान लिइन्छ, उसको शरणमा त सँधै पर्नुपर्ने नै हुन्छ । जनता दुब्लाउने र मर्ने, नेता मोटाउने परिवेशमा राजनैतिक परिवर्तनको नारा केवल देखावटी मात्र हुन्छ ।

गणतन्त्रले सर्वोच्च संस्थालाई बोधार्थको पोको बनायो, राज्यका सबैजसो अंगहरुलाई घरमूलीले  आफैले पोको पार्ने बनायो । अन्य संयन्त्र मात्रै होइन मन्त्रालयहरु पनि पोकै पारेर राखियो । देशबासीलाई विपतिमा अभिभावक नभएको महसूस गराइयो । लुकेर साइकलबाट भाग्दा भट्टेडाँडाबाट खसेर कसैको जीवन गयो, कसैले पैदल पूर्वपश्चिम राजमार्ग लामो बाटोसम्म हिँडेर यात्रा तय गरे । कोही बाटैमा सिद्धिए, कोही क्वारेन्टीनमै बलात्कृत भए, कसैलाई महाकाली पौडेर आएको भन्दै एक पिस कपडामा बजार घुमाइयो । कसैको मालबाहक गाडी चढेर भाग्दा गाडी नै पल्टिएर ज्यान गुम्यो, खाने, बस्ने ठाउँ नपाउँदा आप्mनै थातथलो खोज्दै जाने सवारी साधन पाइएन ।

अभिभावकले सरकारी गाडी, साझा गाडी दिएर २, ३ दिन  आफ्नो घर जाने व्यवस्था मिलाउने वातावरण तय गरेन । किसानले लुकेर पारीबाट बीउबीजन ल्याएर किसानी काम गरे । सिमानामा आएकाहरुले सम्मानका साथ स्वदेश आउन पाएनन्, जसोतसो भित्रिएकाहरुले खान लाउन नपाई बन्दाबन्दीमै विदेशिए । मरे पनि यतै मरौँला भनी स्वदेश आएकाहरु तुरुन्तै विदेश फर्कन बाध्य भए, यहाँ संविधान आपैmँ बोलेन, । समाजवाद संविवधानभित्र रह्यो, अरुलाई देखाउन मात्रै भयो, जसको नाममा लेखिएको थियो उसले प्रयोग गर्न पाएन ।

संप्रभूसत्ता जनतामा भनियोे, फोस्रो कुरा भयो, देखावटी मात्रै भयो । सिद्धान्तमा प्रणालीको शासन, विधिको शासन, सुशासन, लोकतन्त्र भनियो तर आम नागरिकलाई त्यसको अनुभूति नै भएन । उनीहरु त करले किचिए, ऋणले थिचिए, रोगले पिसिए, भोकले सताइए, कालोबजारिया र बिचौलियाबाट मिचिए, बोल्ने बाहेक अरु अधिकार रहेन, स्वच्छ हावा, विषादि रहित खाना, सफा पानी पाएनन् । सबैथरी काम अनलाइनबाट भनियो, नेटको पैसा चर्को भयो । सरकारी खबर देख्न, सुन्न पनि केवलवालालाई चर्को पैसा तिर्नु पर्यो सरकारी सूचना पनि निःशुल्क पाइएन, पछिल्लो परिवर्तित राजनैतिक व्यवस्थाले जनतालाई कँगाल बनायो ।

नेतालाई धनी बनायो, यति सानो देशलाई ७ चिरा पारेर धान्नै नसकिने पदाधिकारीको संख्या र संस्था खडा गरायो, तिनले पाउने तलव, सुविधा, सवारी साधन, महँगो इन्धन, मर्मत खर्च, घरभाडा, पाहुना खर्च अति धेरै गरायो, विशुद्ध सेवाको भावले पदहरु अवैतनिक हुनु पर्नेमा योग्यता देखाएर लोकसेवा पास गरे झैं जिन्दगीभरको पेन्सन  झैं सुविधा लिने, मरेपछि संस्थाहरु खोल्न लगाएर राज्यको रकममा भारी दोहन गरायो । सुरक्षा खर्च वृद्धि गराएर जनताका प्रतिनिधिलाई सुरक्षाको टिम अति नै ठूलो राख्न लगाएर लोकतन्त्रको उपहास गराइयो ।

जनताले सिटामोल नपाउँदा राजनीतिकर्मीहरुलाई मात्र पोसियो, पहिलेको सावाँ व्याज समेत लामै समयको असूल्न लगाइयो । विषय एकातिर व्यँग्य अर्कोतिर गर्दै  आफैं आफूमै  यदुवंशी झैं भगडा गर्न लगाएर कहीँ नभएको जात्रा हाँडी गाउँमा गराइयो, काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भयो, देशलाई दुखिरहँदा अभिभावकहरुलाई दुखेको छैन यही त छ हाम्रो नियति, बस् ।