पछिल्लो समयमा नेपालमा म्युकरमाइकोसिस अर्थात् कालो ढुसीको संक्रमण देखापरेको छ, खासगरी कोभिड–१९ को संक्रमण जितेकाहरुमा । हालसम्म वीरगञ्ज र काठमाडौैंमा कालो ढुसीको संक्रमण भएका विरामीहरु देखिएका समाचारहरु सञ्चारमाध्यममा आइरहेका छन् । ती मध्ये केहीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।
यसको संक्रमण बढ्दै गएपछि स्वास्थ्य एवम् जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई त्यस्ता खालका विरामी बारे सचेत रहन निर्देशन दिइएको अवस्था छ । यसो हुनुका कारण छिमेकी देश भारतमा कालो ढुसीको संक्रमणका कारण हजारौं व्यक्ति प्रभावित भइसकेका छन् । भारतमा हालसम्म १२ हजार भन्दा बढ्तालाई ढुसीको संक्रमण देखिएको छ । ती मध्ये ३०० भन्दा बढीको मृत्यु भइसकेको छ ।
ढुसीहरु हजारौंको संख्यामा हाम्रो परिस्थितिक प्रणालीको वातावरणमा एवम् पर्यावरणमा प्राकृतिक रुपमा नै अवस्थित छन् । ती मध्ये केही मानव, पशु एवम् बोटविरुवा प्रणालीका लागि सहयोगी छन् भने केही भने घातक रोगजनकका रुपमा देखिएका छन् । ढुसी विज्ञानको सन्दर्भ ग्रन्थहरुमा ढुसीलाई सर्वव्यापी, अवसरवादी, जैवअवशेषमा विचरण गर्ने शुक्ष्म जीवको रुपमा वर्णन गरिएको छ । हजारौं किसिमका ढुसी प्रजाती मध्ये फ्युजारियम असरपरजीलस एवम् पेन्सिलियम प्रजातिलाई बढी जीव…….जनकता भएको ढुसी मनिन्छ भने ढुसी प्रजाती सामान्यरुपमा हाम्रो वातावरण एवम् पर्यावरणमा माटो, हावापानी एवम् बोटविरुवाहरुमा सुसुप्त अवस्थामा रहेका हुन्छन् ।
फ्युजारियमलो फिल्ड फङ्गस भनिन्छ भने असरपरजीलस एवम् पेनिसिलियमलाई स्टोरेज फङ्गस अर्थात् भण्डारण अवस्थाका ढुसी भनि ढुसी विज्ञानले वर्णन गरेको छ । जसअनुसार फ्युजारियमले खेतबारीका बोटविरुवालाई व्याडदेखि भित्र्याउने बेलासम्म संदुशन, संक्रमण गराउँछ त्यसैले आलु, गोलभेंडा मकै, धान, गहुँमा डढुवा रोगले पिरलेको अनि त्यस्ता बालीनालीहरुबाट उत्पादनको रुपमा प्राप्त हुने घाँस, पराल, ढुटो, कुँडो खाँदा भैंसी प्रजातिमा डेगनाला रोग हुने गरेको अनि पंक्षी प्रजातिमा टर्कीएकस रोग हुने गरको छ । अन्न बाली भित्र्याइए पछि सग्लो अन्न भण्डारण एवम् ढोड परालमा भण्डारणको बेला ओस्याइलो एवम् बढी तापक्रम एवम् हावाको ओहोर दोहोर नभएको ठाउँमा भण्डारण गर्दा असपरजिलस एवम् पेनसिलियमको संढुसन हुन जान्छ ।
खेतबारीको फङ्गस फ्युजारियम संढुसन भएमा बोटविरुवामा चयअपचय हुँदा तिनमा फ्युजारियमको सेकेन्डरी मेटामोवोलाइटका रुपमा माइकोटकसिन उत्पन्न हुन्छ जसको असरले बोटविरुवा पहेंलो भइ सुकेर जान्छ जसलाई डढुवा रोग भन्ने प्रचलन छ । यसरी फ्युजारियम संढुसन भएको बोटविरुवा बाँचेकामा पूर्वसिर्जित माइकोटक्सीन रहिरहन्छ जब यस्ता बालिनालीका ढोड पराल अन्न दाना भण्डारण गरिन्छ उपयुक्त वातावरणमा असपरजिलस एवम् पेनिसिलियमको संढुषण हुने गर्दछ । यसरी फ्युजारियमको पूर्वसिर्जित विषक्ति एवम् अस्परजिलस एक पेनिसिलिय सन्ढुसित पराल अन्नबाट उत्पादित उप उत्पादित ढुटो, च्याख्ला, पिना पशुपन्छीको दाना आहारमा प्रयोग गर्दा दाना आहारा पच्ते क्रममा उत्पन्न हुने ढुसीजन्य सेकेन्डरी उत्पादन माइकोटोकसिनका पशुपन्छी तीक्ष्णदेखि दीर्घखाले स्वास्थ्य जटिलता उत्पन्न हुन्छ ।
जसको उदाहरण भैंसी प्रजातिमा मंसिरदेखि ढुसी संढुसित पराल खाँदा पुस माघतिर पुच्छर सुकेर जाने क्रमश दुब्लाउँदै जाने रोग देखिन्छ भने पन्छी प्रजातिमा सडेन डेथ सिन्ड्रोम, टर्कीएकस डिजिज जसबाट ब्रिटेनमा १९६० ताका एकलाख भन्दा बढी टर्की मरेको अभिलेख पाइन्छ ।
यी ढुसी एवम् यीनको सेकेन्डरी मेटाबोलाइटलाई नै पशुपन्छी, बोटविरुवा एवम् मानिसमा रोग जनन गराउने मुख्य कारक मानिएको छ । यी माइको टक्सीनहरु साइटोटक्सीक, हेपाटोटक्सीक, नेफरोटक्सीक, न्युरोटक्सीक, इस्टेरोजनिक, भोमिटटक्सीक जन्य गुण भएका हुन्छन् ।
यी माइकोटक्सीनहरुको रोगजनन प्रकृया, विरामीको रोग प्रतिरोग क्षमताको विकास एवम् उपचरा तथा रोकथामको सम्भावित उपायबारे यस स्तम्भकारले फिलिपिन्सको सेन्ट्रल लुजोन स्टेट युनिभर्सिटीमा पशु विज्ञानमा स्नातकोत्तर अध्ययनका क्रममा मुसा प्रजाति (जसलाई माइकोटक्सिनले न्यूनतम क्षति पुर्याउँछ) मा प्रयोग गरी अध्ययन गर्दा यी माइकोटक्सिनको रोगजनक सिद्धान्त निम्न अनुसार प्रतिपादित गरेको छ जसबाट ढुसीजन्य संक्रमण, सन्दुशनबाट विरामीमा देखिने लक्षण बारे बुझ्न सकिने छ एवम् सो अनुसारको उपचार एक रोकथाम गर्न सकिन्छ ।
यी ढुसीजन्य विषाक्तको प्रभावले विरामीको शरीरको कोषिका तन्तु, अङ्ग प्रणालीमा भएको जेलाटिन रहेशा (जुन यीनको बनावटका लागि आधारशिला मानिन्छ) लाई जेलाटिजेन इन्जाइमममा परिवर्तित गराउँछ साथै इलास्टिन रेशा (जस्ले अङ्गहरु क्रियाशील हुँदा खुम्चिने एवम् तन्किने गर्दछ) लाई इलास्टेज इन्जाइममा परिणत गराउँछ भने कोराटिन रेसालाई कोराटिनेज इन्जाइममा परिणत गराउँछ । यसा साथै यी माइकोटक्सिनले कलोजो, फोक्सो, मुटु, पाचन प्रणालीको अङ्गहरु तथा मृगौला एवम् स्नायु तन्त्र समेतलाई तन्तु तथा कोशिकाहरुको एकात्मकता भङ्ग गराई पाचन प्रणाली, रक्तप्रणाली एवम् श्वासप्रश्वास प्रणालीलाई अस्तव्यस्त पार्दछ जसलेगर्दा खाएको भोजन राम्रोसँग पच्न पाउँदैन, पचेको पनि रक्तसञ्चार प्रणालीमा समाहित हुन पाउँदैन अनि रगत पनि बग्न पाउँदैन जसले गर्दा रातो रक्तकणहरुको न्यूनता अनि सेतो रक्तकणहरु संदुशनको शुरुमा बढेपनि पछि न्यून हुन्छ ।
रक्तसंचार प्रणालीको तन्तुहरुको शिथिलताका कारण न्यूनरुपमा चयअपचय भई आएको पोषण तत्व, अक्सिजन अनि पानी विरामीको अङ्गप्रत्यङ्ग एवम् तन्तु कोषिका सहज आपूर्ति नुहँदा ती अङ्ग शुरुमा केही फुलेको च्यापिएको देखिए तापनि पछि सुक्दै कालो भई झर्ने गर्दछन् अझ शरीर प्रणालीका मुटु, कलेजो, फियो, मृगौला, फोक्सो क्षति भएमा तत्काल मृत्यु पनि हुने गर्दछ । यिनै प्रक्रियाका कारण कुपोषण, न्यूनपोषणबाट अन्य रोगले थलिएका विरामीमा हाम्रो आफ्नो वातावरण पर्यावरणमा निर्धक्क विचरण गर्ने सर्वव्यापी अवसरवादी रोगजनक ढुसीले कोभिड–१९को प्रलयकारी महामारीमा संक्रमित विरामीमा उपचार गर्दा प्रयोग गराइएको उच्चकोटीको एरिथ्रोमाइसिन जस्ता एन्टीवायोटिक एवम् स्टेरोएडको प्रयोग पछि रोग प्रतिरोधात्मक क्षमता भएका कोभिडा मुक्त विरामीमा यसको संक्रमण देखिनुलाई मानवीय चिकित्साले आश्चर्य मान्नुपर्ने कुनै ठाउँ छैन भन्दा हुन्छ ।
यस ढुसीको संक्रमणले शुरुमा नाकलाई नै आक्रमण गर्ने गर्दछ । अर्थात यसको संक्रमण नाकबाट शुरु हुने गर्दछ । नाक बुझिने, टालिने, रगत आउने अन्ध आउने जस्ता समस्या देखिन्छ । अनुहार मुख, नाक, आँखा वरिपरि दुख्ने र नाक सुन्नि पनि सक्छ । त्यहाँबाट यसले आँखातिर संक्रमण गर्न शुरु गर्दछ । आँखा दुख्ने सुन्निने धमिलो देख्ने आँखाबाट रगत जस्तो तरल पदार्थ बग्ने, आँखाको ढकनी तल खस्ने आँखा वरिपरी छुँदा थाहा नहुने लगायतका समस्या देखिन्छ ।
यो रोग कोभिड–१९ भाइरस जस्तो व्यक्तिबाट सर्दैन । यो एकदमै कमजोर शरीरमा देखिने समस्या हो । विरामीलाई अक्सिजन दिँदा पाइपलाइन संढुसित भएको ढुसी उपकरणहरुमा संढुसित ढुसीबाट मात्रै अरु मानिसमा सर्ने गर्दछ । सरसफाइमा ध्यान दिन नसक्दा अर्को मानिसमा सरेर जाने सम्भावना बढी हुन्छ । कोभिड–१९ संक्रमणका सवै विरामी यसबाट संक्रमित हुन्छन् भन्ने छैन । जसको रोग प्रतिरोधात्मक क्षमता कम छ तिनलाई भने जोखिम बढी हुने सम्भावना रहन्छ ।
संक्रमणबाट बच्नका लागि सबैभन्दा राम्रो उपाय सरसफाइमा जोड दिनुपर्ने हुन्छ । फोहोरमैला भएको ठाउँमा जाने एउटै सामाग्री लामो समयसम्म प्रयोग नगर्ने । प्रयोग भइरहेका उपकरणहरु पुनः प्रयोग गर्दा राम्रोसित सफा गरी निसंक्रमण एवम् निर्मलिकरण गर्नु पर्ने हुन्छ । मास्क एकपटक प्रयोग गरिसकेपछि पुनः प्रयोग नगर्ने किनकी मास्कमा कालो ढुसीको जिवाणु बसेको हुनसक्छ ।
यसैगरी मुखबाट पनि यो जिवाणु शरीरमा प्रवेश गर्ने भएकोले पानीले मुख धुने, रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई बढी आक्रमण गर्ने हुँदा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गराउने खालका पोषिलो खानेकुरा खाने । यसबाहेक प्राकृतिक एवम् प्रशोधित भिटामिन खनिजको प्रयोग गर्ने खासगरी भिटामिन इडिएन सेलेनियम बायोटिन, आर्सेनिक सल्फेट, जिंकसल्फेट जस्ता पुरक तत्व उपभोग गर्ने आवश्यक हुन्छ । त्यो पनि लामो अवधिसम्म ताकि क्षतिग्रस्त तन्तु पुनस्थापित हुन सकुन् ।
यो गम्भीरखालको संक्रमण हो यसले जुन ठाउँमा संक्रमण गर्छ त्यस ठाउँमा रक्त सञ्चारलाई अवरोध पुर्याउँछ । जसले गर्दा संक्रमित भाग सुकेर जान्छ । यसको उपचारका लागि प्रायजसो अम्फोटेरेसिन–बी औषधि प्रयोग त गरिन्छ तर निको नै हुन्छ भन्ने ठोकुवा त के पो गर्न सकिन्छ । अन्यथा क्षतिग्रस्त भागको तन्तुलाई शल्यकृया गरी फाल्नुको विकल्प देखिदैन । भैंसीको पुच्छर डेगनाला हुँदा पशुचिकित्सकले काटेर फालेजस्तो ।
त्यसैले कोभिड–१९ संक्रमितहरुलाई हाल गरिंदै आएको औषधी उपचार बारे पुनमूल्याङ्कन एवम् कोभिड–१९ जितेकाहरुलाई बलाक ढुुसीको संक्रमण बारे पूर्व सचेतना एवम् अपनाउनु पर्ने रोग नियन्त्रणको उपायहरुबारे उपलब्ध प्राज्ञिक सूचना उपलब्ध गराउनु पर्ने देखिन्छ । यसभन्दा महत्वपूर्ण कुरो त कोभिड–१९ संक्रमणमुक्त विरामीले आफैं सतर्कता अपनाई जनस्वास्य सुरक्षको मापदण्ड अवलम्बन त गर्नै पर्छ न त आफू मरे डुमै राजा त भनिएकै छ । किनकी हिजो बँँचेका थियौं त्यसैले आज छौं आज बाँचे पो भेली रहौंला नत्र कस्ले भोली बाँचौंला भनेर देखेको छ र ?