काठमाडौं । प्रविधिको रफ्तारमा चलिरहेमो नेपालमा अहिले बजारमा दर्जनौं डिजिटल वालेटहरू संचालनमा छन् । डिजिटल वालेट र मोबाइल बैङ्किङको प्रयोग बढ्दै जाँदा विभिन्न वस्तु तथा सेवाको भुक्तानी अनलाइनबाटै गर्न सम्भव भएको छ।
सम्भवतः नेपालमा सबैभन्दा पहिला सुरु भएको अनलाइन भुक्तानीको क्षेत्र हो, मोबाइल टप अप अर्थात रिचार्ज ।
अहिले रिचार्जमा क्यासब्याकको अफरले पनि यस्ता अनलाइन भुक्तानी हुने डिजिटल वालेटहरु बढी मात्रामा संचालित छन् । छिटो पनि सजिलो पनि अनि क्यासब्याक पनि सबै प्रयोगले धेरै सजिलो बनाइदिएमो छ । ।
अहिले डिजिटल वालेटमा प्राप्त हुने क्यास ब्याक पनि फरक फरक छ । खासगरी भुक्तानी सेवाप्रदायकले आफ्नो सेवामा ग्राहकलाई आकर्षित गर्न क्यास ब्याकसँगै विभिन्न अफरहरू समेत ल्याइरहेका हुन्छन् ।
मोबाइल रिचार्ज गर्दा बढी मात्रामा क्यासब्याक प्राप्त गर्न सकिने वालेटहरु यस्ता छन् ।