• मंसिर १२ २०८१, बुधबार

विवाह भएको १५ वर्षपछि आमिर-किरणको सम्बन्ध विच्छेद,फातिमालाई बधाईको ओइरो

असार २० २०७८, आईतवार

एजेन्सी । विवाह भएको १५ वर्षपछि बलिउडका चर्चित नायक आमिर खान र किरण रावबीच सम्बन्ध विच्छेद भएको छ ।

दोस्री पत्नी किरण राव र आमिर खान दुवै जना मिलेर एक अर्काबाट टाढीने निर्णय गरेका हुन् । उनीहरुको १ छोरा छन् । उनीहरुबीच छोरा आजादको हेरचाह दुवै मिलेर गर्ने सहमति भएको छ ।

तर, आमिर र किरणको सम्बन्ध विच्छेद भइरहदाँ सामाजिक सञ्जालमा भने अभिनेत्री फातिमा सना शेखलाई बधाईको ओइरो लागेको छ । आमिर र किरणको सम्बन्ध विच्छेद हुनुमा फातिमाको ठुलो हात छ भन्दै उनलाई बधाई दिएका हुन् । दंगल फिल्ममा आमिरले फातिमासँग काम गरेका थिए । कामको शिलशिलामा दुई जना नजिक भएका हुन् । तर, फातिमाले भने आमिर खान प्रेमी नभएर मार्गदर्शक भएको बताउदै आएकी थिइन् ।

अमिताभ बच्चन, क्याट्रिना कैफ जस्ता हस्तीहरु भएकोे ठुलो फिल्म ‘ठग्स अफ हिन्दोस्तान’मा आमिर खानकै कारण फतिमाले प्रवेश पाएको समेत धेरैले आरोप लगाएका छन् । त्यो आरोप आज सत्यमा प्रमाणित भएको छ ।

आमिर खानको पहिलो पत्नी रिना तर्फ एक छोरा र एक छोरी छन् । उनीहरु आमा रिनासँग बस्दै आएका छन् ।