• बैशाख ६ २०८२, शनिबार

अफगानिस्तानको उत्तरी बाल्खमा १२ तालिबानीको मृत्यु

असार १८ २०७८, शुक्रबार

एजेन्सी,अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा बिहीवार सेनाले गरेको कारवाहीमा १२ जना तालिबानी लडाकू मारिएका छन् ।

सेनाले जारी गरेको विज्ञप्तिमा बाल्ख प्रान्तको चार्बोलाक जिल्लामा भेला भएका तालिबानी लडाकूलाई लक्षित गरी सेनाले हवाई आक्रमण गरेको उल्लेख छ ।

सेनाको कारवाहीमा तालिबानका स्थानीय एक मुख्य कमान्डर सईद नूर खालिदको पनि मृत्यु भएको सेनाले दाबी गरेको छ । खालिदले बाल्ख प्रान्तमा छायाँ न्यायाधीशका रुपमा पनि काम गर्ने गरेको सेनाको भनाई छ ।

तालिबान समूहले भने तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।