• मंसिर १२ २०८१, बुधबार

भोलिदेखि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्कासन हुँदै

असार १६ २०७८, बुधबार

मनकामना स्मार्ट लघुवित्त बित्तीय संस्थाले भोलि अर्थात असार १७ गतेदेखि ३ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।

संस्थाले सर्वसाधारणको लागि ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

आईपीओ खरिदको लागि न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने संस्थाले व्यवस्था गरेको छ ।