• बैशाख ६ २०८२, शनिबार

नेपाली सेनाले बनायो कंगोमा पुल

असार १४ २०७८, सोमबार

काठमाडौँ । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा कार्यरत नेपाली सेनाले कंगोमा एक पुल बनाएर त्यहाँको सरकारलाई हस्तान्तरण गरेको छ ।

 

MONUSCO मिसन कंगोमा तैनाथ १४ नम्बर फिल्ड गुल्म (ई) ले कंगोको शारी नदीमा रहेको जिर्ण अवस्थामा रहेको Budana पुल निर्माण गरि त्यहाँको स्थानीय सरकारलाई हस्तान्तण गरेको नेपाली सेनाले बताएको छ ।

 

लामो समयदेखि जिर्ण अवस्थामा रहेको सो पुल निर्माणले स्थानीयबासीलाई आवत जावतमा सजिलो भएको छ भने शान्ति मिसनमा खटेका फौजको मोबिलिटीमा पनि सहज अवस्था आएको बताइएको छ ।

तस्बिर नेपाली सेनाको फेसबुकबाट साभार
तस्बिर नेपाली सेनाको फेसबुकबाट साभार