प्योंगयाङ । उत्तर कोरियाली नेता किम जोङ उनको बारेमा फेरि एउटा समाचार सार्वजनिक भएको छ । कम्युनिस्ट व्यवस्था विरोधी मिडिया र तिनका सञ्चालकले योजनावद्ध रुपमा यस्तो प्रचार गर्दै आइरहेका छन् ।
खासगरी पश्चिमा मिडियाहरुले उनी विरुद्ध यस्ता नगर्नल प्रचार गरी कम्युनिस्ट नेताहरुलाई क्रुर शासककोरुपमा स्थापित गरिरहेका छन् । विश्वमा प्रजातन्त्रवादी भनिएका शाषकहरुले नै बढी मानिसहरुको हत्या गरिरहेका छन् तर ती मिडियाले त्यसकुराको प्रचार गर्दैनन् र त्यसरी मान्छे मारिनु वा अन्य अपराधका घटना हुनुलाई स्वभाविक मान्छन् ।
तर यसका विपरित कम्युनिस्ट मुलुकका नेताहरुलाई हत्यारा भनेर प्रचार गरिरहेका छन् । अघिल्लो वर्षपनि उत्तरकोरियाली नेता किमको बारेमा यस्तै प्रचार गरिएको थियो । त्यतिबेला उनी मरेको प्रचार गरिएको थियो । हो, उनी त्यतिबेला मरेका थिएनन् तर विरामी भने भएको र उपचारमा रहेको तस्विर सार्वजनिक भएको थियो ।
उनलाई मरेको आशंका गरिएको छ तर उनी मरिसकेको सूचना कोरियाले लुकाएको भनेर अमेरिकी र भारतीय मिडियाले निकै हल्ला गरे । पछि उनले एक कृषि मल उत्पादन गर्ने कारखानाको उद्घाटन गरेको तस्विर सार्वजनिक भएपछि उनका विरोधीहरु छक्क परे ।
हो, मानिसको शरिर विरामी पर्न सक्छ वा मर्न नै सक्छ तर उनीहरु किमले खाएको, चर्पी गरेको, मोटाको, दुब्लाको, किन निगरानी गरिहेका छन् ? किन की उनीहरु उनलाई क्रुर तानाशाह र अपराधीको रुपमा स्थापित गर्न चाहन्छन् । यसपटक पनि यस्तै भएको छ । यसपटक एउटा सभामा पुगेका किम जोङ उनको एउटा भिडियो फुटेज निकै चर्चामा छ, जहाँ उनी निकै दुब्लो शारिरीक अवस्थामा देखिएका छन् ।
एउटा सभामा सहभागी भएको भिडियो फुटेजमा किम पहिलाको तुलनामा निकै दुब्ला देखिएका छन् । सरकार नियन्त्रित मिडियाले आफ्नो एक खबरमा किमको खस्कँदो तौलका कारण देशका जनता चिन्तित भएको बताएको छ ।
रोयटर्स न्यूज एजेन्सीले उत्तरकोरियाको सरकार नियन्त्रित मिडियालाई उद्धृत गर्दै लेखेको छ, ‘किमको हालैको फुटेज देखिएपछि उत्तर कोरियाका जो कोही मानिस किमको स्वास्थ्यको विषयमा दुःखी छन् ।’
सरकारी मिडियाले यो कुरा प्योंगयाङका एक व्यक्तिसँगको कुराकानीको आधारमा बताएको छ । किमको स्वास्थ्यको विषयमा जून महिनामा नै सार्वजनिक बयान आएको थियो । यो बयान विदेशी विश्लेषकको ती टिप्पणी पछि आएको थियो जसमा उनीहरुले किम जोंग उनको स्वास्थ्यको विषयमा टिप्पणी गरेका थिए । विश्लेषकले ३७ वर्षका शासकको शारीरिक तौलमा स्पष्ट फरक देखिएको स्पष्ट शब्दमा भनेका छन् ।
सरकारी मिडिया केआरटीले शुक्रबार एक व्यक्तिको अन्तरवार्ता प्रकाशित गरेको थियो । यी व्यक्तिले भने, ‘किम जोंग उनको खस्कँदो स्वास्थ्य देखेर हाम्रो मन दुःखी भएको छ ।’
यद्यपि, किमको जुन भिडियो क्लिप चर्चामा छ, रोयटर्सले त्यसलाई नीजि रुपमा पुष्टि त गरेको छैन तर यसअघि पनि किमको स्वास्थ्यको विषयमा विभिन्न प्रकारको अड्कलबाजी लगाइएको थियो । अघिल्लो वर्ष पनि उनको स्वास्थ्यको विषयमा विभिन्न प्रकारको कुरा सार्वजनिक भएको थियो ।
पछि दक्षिण कोरियाले एक बयान जारी गर्दै उक्त रिपोर्टमा कुनै वास्तविकता नभएको जसमा उत्तर कोरियाका नेताको मुटुको शल्यक्रियापछि गम्भीर रुपमा बिरामी छन् भनिएको थियो ।