• मंसिर १२ २०८१, बुधबार

म्यूजिक भिडियो खेल्ने कलाकारलाई राहत वितरण

असार १३ २०७८, आईतवार

काठमाडौं । म्यूजिक भिडियोसँग सम्बन्धित १२० जनालाई राहत वितरण गरिएको छ । म्युजिक भिडियो कलाकार संघ नेपालले कोरोनाका कारण समस्यामा परेका आफ्नो क्षेत्रसँग सम्बन्धित कलाकार, प्राविधिक एवं डान्सरहरुलाई राहत वितरण गरेको हो ।

शनिबार काठमाडौं अनामनगर उनीहरुलाई राहत वितरण गरिएको हो । संघका अध्यक्ष शंकर विसीका अनुसार देश–विदेशबाट प्राप्त सहयोग रकमबाट चामल, दाल, तेल लगायतका दैनिक उपभोग्य सामग्री वितरण गरिएको हो ।

निषेधाज्ञाका कारण काम ठप्प भएपछि म्यूजिक भिडियोसँग सम्बन्धित कलाकार, प्राविधिक एवं डान्सरहरु समेतलाई दैनिक गुजारा चलाउन समस्या भएको थियो । संघले दैनिक उपभोग्य सामग्री सहयोग गरेसँगै उनीहरुले राहत महसूस गरेका छन् । राहत वितरणमा म्यूजिक भिडियोका चलेका कलाकारहरुको उपस्थिति थियो ।