निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य प्रति लिटर २ रुपैयाँ बढाएको जनाएको छ।
मूल्य वृद्धि प्रश्चात पेट्रोलको मूल्य प्रतिलिटर १ सय २७ र डिजेलको मूल्य १ सय १० रुपैयाँ पुगेको छ। त्यस्तै हवाइ इन्धनको मूल्य ८२ रुपैयाँ कायम गरिएको छ।
आयल निगमले करिब १८ दिनकै अवधिमा पुनः इन्धनको मूल्य बढाएको हो । यसअघि गत जेठ २३ गतेदेखि लागू हुने गरी पनि निगमले इन्धनको मूल्य २ रुपैयाँ प्रतिलिटरका दरले बढाएको थियो ।
मूल्य बढाउँदा पनि निगमलाई अझै पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७५, डिजेलमा ३ रुपैयाँ ५३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर २ सय ५८ रुपैयाँ ७१ पैसा घाटा रहेको बताइएकाे छ।