• फाल्गुन २४ २०८२, आईतवार

भारतीय राजदुत क्वात्राको दुईसाता लामो दिल्ली बसाईले नेपालमा के ल्याउला ?

असार ७ २०७८, सोमबार

काठमाडौँ। नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्रा सोमबार भारतको नयाँ दिल्ली जान लागेका छन्। आफ्नो देशको राजधानी नयाँदिल्लीमा पुरै दुई साता बस्ने गरी राजदुत क्वात्रा भारत जान लागेको बताइएको छ। गएपछि उता दुई साताको लामो भेटघाट गरेर आउने जुलाई ५ तारिख अर्थात असार २१ गते मात्रै क्वात्रा काठमाडौँ फर्कने स्रोतले बतायो।

नेपाल र भारत दुवै देश कोरोना महामारीको दोस्रो लहरको चपेटामा परेका छन। नेपालमा निषेधाज्ञा कायमै छ। यो बीचमा हुन लागेको राजदुत क्वात्राको दुईसाता लामो दिल्ली बसाईलाई बिशेष अर्थमा हेरिएको छ। नेपालमा हुने खास खास घटनाक्रम र परिवर्तनको वरिपरि नेपालका लागि भारतीय राजदुतहरुको नयाँदिल्ली आउने जाने क्रम हुने गरेको विगतको इतिहास छ। यसपाली हुन लागेको भारतीय राजदुतको नयाँदिल्लीको यात्रालाई पनि त्यस्तै सिलसिलाको रुपमा हेर्ने विज्ञहरु पनि रहेका छन्।

आगामी असार ९ गते बुधबार देखि सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन विरुद्धको मुद्दाको निरन्तर सुनुवाई हुन लागेको छ। यता अर्कोतिर भारतको संस्थापन पक्षसंग निकटको सम्बन्ध रहेका भनिएका जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा ११ जना मन्त्रीसहित ९ वटा मन्त्रालय लिएर सहभागी भइसकेको अवस्था छ।

अब आउने समयले नै बाँकी कुरा बताउदै जाला।