• मंसिर ११ २०८१, मंगलवार

नेपाल-खनाल समूह ओलीविरुद्ध आक्रामक नीतिबाट ‘युटर्न’

जेष्ठ ३१ २०७८, सोमबार

काठमाडौं । नेकपा एमाले असन्तुष्ट माधवकुमार नेपाल-झलनाथ खनाल समूहले विपक्षी दलहरूसँग ध्रुवीकरण गरि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चौतर्फी आक्रामक नीतिबाट ‘युटर्न’ भएको छ ।

उक्त समूहले कर्णाली र सुदूरपश्चिम प्रदेश सरकार जोगाउन विपक्षीसँग ध्रुवीकरण गरि निर्णायक भूमिका निर्वाह गरे पनि प्रदेश–१, गण्डकी र बागमती प्रदेशबाट सहकार्यको रणनीति अगाडि सारेको छ । यी प्रदेशहरूमा ओली र नेपाल–खनाल दुवै समूह मिलेर आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रम पारित गरेका छन् ।

यद्यपि विगत केही महिना यता नेपाल–खनाल समूह ओलीविरुद्ध आक्रामक रूपमै उत्रिएको छ । उसले विपक्षी दल नेपाली काँग्रेस, नेकपा ९माओवादी केन्द्र० र जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष उपेन्द्र यादव–संघीय वरिषद अध्यक्ष डा.बाबुराम भट्टराई समूहलाई समर्थन गरेर ओलीको कामकारबाही र राजनीतिक गतिविधिको विरोध गर्दै आएको छ ।

विपक्षीसँग ध्रुवीकरण गरेर ओलीविरुद्ध आक्रामक भएको सो समूह प्रदेशबाट ‘युटर्न’ हुँदै हँदैसम्मको लचिलो बनेको छ । यी प्रदेशहरूमा नेपाल–खनाल समूहका दोस्रो तहका नेताहरू भीम आचार्य, अष्टलक्ष्मी शाक्य पार्टी एकीकरणका लागि लचिलो बनेका हुन् । गण्डकी प्रदेशमा नेपाल–खनाल समूहका एकमात्र प्रदेश सभा सदस्य ईन्द्रलाल सापकोटाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा नै मतदान गरे । तथापि उक्त प्रदेशमा सो समूहको सहयोगबिना नै काँग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाको संयुक्त ध्रुवीकरणबाट विपक्षीको सरकार बनेको छ ।

यद्यपि यो सहमतिले केन्द्रमा पार्टी एकीकरण गर्न सहज होस् भन्नका लागि आफूहरूले प्रदेशबाट सहमतिको ढोका खुल्ला गरेको एमाले नेपाल–खनाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले बताइन् । यसका साथै हामीले प्रदेश–१, गण्डकी र बागमती प्रदेशमा दुवै समूहको सहमतिमा नै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हौँ । यसले केन्द्रमा पनि सहमतिको सन्देश प्रवाह हुनेमा हामी आशावादी छौँ, शाक्यले भनिन् ।

त्यस्तै उक्त समूहका अर्का नेता भीम आचार्यका अनुसार, ‘हामीले पार्टी एकता जोगाउनका लागि हदैसम्मको लचक बन्दै आएका छौँ र बन्ने पनि छौँ । विगत लामो समययता हाम्रो पार्टीभित्र अनेकन् उल्झनहरू बल्झिएका छन् । यसको समाधानका लागि हामीले हाम्रा नेता र हामीबीच छलफल गर्दै आएका छौँ । त्यसैले हामीले यी तीन प्रदेशमा दुवै समूहको सहमति र सहकार्यमा नीति तथा कार्यक्रम बाहिर ल्याएका हौँ । यसबाट एकताको सन्देश प्रवाह हुने नै छ र हाम्रो चाहना सकभर पार्टी विभाजन रोक्नु हो ।’

तथापि पहिले यसबारे केन्द्रमा जानकारी नदिएरै पार्टी एकता जोगाउनका लागि आफूहरूले यो निर्णय गरेको बताए । पार्टीभित्र कलह मौलाउँदै गएपछि एकताका लागि अनेकौँ प्रयास गर्दै आएका छौँ । यसलाई हामीले निरन्तरता दिनेछौँ । किनकि पार्टी फुट्नु आफैमा राम्रो पक्ष हुँदै होइन । पछिल्लो समय यसबारेमा केन्द्रमा पनि जानकारी गराएका छौँ । केन्द्रको पनि यस विषयमा सकारात्मक धारणा छ, दुवै नेताले भने ।

एमाले दुवै समूहको एकताका लागि पछिल्लो समय अनुकूल बन्दै गएको छ । यसअघि नेपाल–खनाल समूह बागमती प्रदेशकी संयोजक शाक्य र नेता आचार्यबीच आपसमा परामर्श भएको थियो । उक्त परामर्श भए लगत्तै दुवै समूहको प्रदेशका पार्टी र सरकारलाई एकढिक्का बनाएर लैजाने समझदारी अनुसार दुवै समूहको निर्णय भएको छ । प्रदेशबाटै एकीकृत भएर जाँदा केन्द्रमा पनि यसको प्रभाव पर्ने भएकोले यस्तो निर्णय गर्न पुगेको दुवै समूहका नेताले बताए ।

अदालतको पनि पछिल्लो आदेशपछि वरिष्ठ नेता नेपाल–खनालले आफू इतरका नेताहरूलाई पार्टी विभाजनबाट रोक्न संज्ञा दिएको बताइएको छ । नेपालको सचिवालय स्रोतका अनुसार पार्टी एकताका लागि हामी हदैसम्म लचिलो बन्दै आएका छौँ । यसको मतलब हामीले आत्मसमर्पन गरेको भने होइन ।