• मंसिर १२ २०८१, बुधबार

उत्कृष्टहरु निकृष्ट भए, निकृष्टहरु उत्कृष्ट देखिए

जेष्ठ ३१ २०७८, सोमबार

नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७२ बर्ष लागेछ । संसारकै कान्छो पार्टी नेपालमा स्थापना भएको हो । निरंकुश सामन्ती पारिवारिक राणा शासन अन्त्य गर्दा यसको संगठन सानो रूपमा २००७ सालको जनक्रान्तिमा सहभागी भएको थियो ।

त्यो समयसम्म सामन्तवाद अन्त्य पुँजीवादले कृषि र औद्योगिक क्रान्ति गरी मजदुर किसानको श्रमशोषण उही सामन्तवादी दैवी सिद्धान्तको आधार गरी ठूलो वर्ग विभाजन गर्न पुग्दा के साँच्चै इश्वरले नै धनी गरिब बनाएको हो वा मानिसले मानिसमाथि शोषणका अनेकौँ रूपरंग अपनाएर धनी गरिब बनाएको हो भनी मानव उत्पतिदेखि अनेकौँ इतिहास धार्मिक सामाजिक ग्रन्थहरू मसिनो गरी अध्ययन गरी मानिसले नै अनेकौँ जाल गरी धनी गरिब बनाएको रहेछ भनी ती शोषणका एकएक धुत्र्याइँका नसाहरू पुँजीका तीन भाग पुस्तकमा कार्ल माक्र्सले उद्घाटन गरे ।

सामन्तवाद पुँजीवादी व्यवस्था अन्त्य गर्न किसान, मजदुर, सर्वहारा संगठन, सशस्त्र संघर्षबाट गर्न सकिन्छ भनी अन्तर्राष्ट्रिय कम्युनिस्ट लिगको संगठन समेत स्थापना गरे । माक्र्सवादको विरोधमा त्यति बेलादेखि बाकोनिनहरू उदाएका थिए । माक्र्स आफ्नो जन्मदेश जर्मनीबाट निकालिँदै छोराको मृत्युमा कफनसम्म नपाइ बेलायतको पुस्तकालयमा अध्ययन गर्दै बसिरहेका थिए ।

फ्रान्समा कम्युनिस्ट पार्टीले पहिलो विद्रोह इ.स. १७७२ को मई क्रान्ति गरेर ७२ दिन सत्ता कब्जा जमाउन पुगेको थियो । सेना, बैंक, न्यायालय कब्जा नगरी कम्युनिस्ट शासन लगाउन सकिन्छ भनेर पर्खंदा सशस्त्र विद्रोहमाथि प्रतिक्रियावादीहरूले सत्ता पल्टाएर कम्युनिस्टहरूको ठूलो रक्तपात मच्चाएका थिए ।

यही क्रान्तिबाट पाठ सिकेर पुँजीवादी सामन्तवादी सत्ता पल्टाइसकेपछि पनि फौजी, निजामति र न्यायालयमा कब्जा गर्नुपर्ने ज्ञान प्राप्त गरी सशस्त्र क्रान्ति गरी राज्यका तीन अंगमा  आफ्नो पकडमा राख्नुपर्ने क्रान्तिको नीतिमा थप्न गएका थिए विश्व कम्युनिस्ट लिगले । माक्र्सवाद, भौतिकवाद, द्वन्द्ववाद थप पुँजी खण्डमा थपेर माक्र्सको देहान्त भई लन्डनको आइगेटमा समाधि गरियो ।

माक्र्सको मृत्युपछि सोभियत रुसमा लेनिनको नेतृत्वमा सर्वहारा मजदुर किसान बोल्सेभिकहरूले समाजवादी सशस्त्र क्रान्ति सफल गरेर राज्यका सबै अंग कम्युनिस्ट पार्टीले कब्जा गर्यो । संसार भरका सामन्त पुँजीवादीहरूमा १० हेक्टरको भूकम्प गयो ।

रुसको सफलतापछि संसार एकतिहाइ भूभागमा कम्युनिस्ट क्रान्ति सफल भएर एकदलीय कम्युनिस्ट पार्टी राज्य सत्ता सन् १९७० सम्म चलाएर समाजवादी व्यवस्था पुँजीवादभन्दा समृद्ध देश बनाउन सफल भए । मेरो देशमा २००७ सालपछि बहुदलीय प्रजातन्त्र स्थापनाको १ वर्षपछि २००८ सालमा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएर २०१३ सालमा फुकुवा भएको थियो ।

जन्मेको सालनाल अवस्थामा सामन्तवाद पुँजीवादको गिद्धेनजर परेको थियो । पार्टीभित्र सामन्तवाद र पुँजीवाद अवसरवादी झिल्काहरू पसिसकेको २०१७ पुस १४ गते राजा महेन्द्रले संसदीय व्यवस्था अन्त्य हुँदा डा.केशरजंग रायमाझीहरू राजाको कदमको समर्थनमा देखिएका थिए ।

त्यसपछिका कम्युनिस्ट पार्टीहरू संयुक्त जनआन्दोलनको नारा बोकी पुष्पलाल नरोदिनवादीहरूको बहिस्कार सामन्तवाद दमन प्रजातन्त्रवादी विपीहरू संयुक्त जनआन्दोलन सहभागी नहुनु, पुष्पलाल भारतीय भूमिमा खान लगाउन औषधि उपचार नपाएर २०३५ साल भारतमै मृत्यु हुनु, माक्र्सवाद कम्युनिस्ट राज्य व्यवस्थाको नेपाली जनता आर्कषण बढ्दै गई पुष्पलालको संयुक्त जनआन्दोलन नारा २०४६ सफल भई बहुदलीय प्रजातन्त्र प्राप्त भयो ।

उता ७० वर्ष कम्युनिस्ट राज्यव्यवस्था संचालन भए पनि मेरो देशमा बहुदलभित्र आप्mना नारा लिएर जनता जान पाएको समयमा इ.स. १९९० मा विशाल शक्ति सम्पन्न सोभियत संघको कम्युनिस्ट पार्टीमा गोर्वाचोभ, यल्तसिनले सशस्त्र निःशस्त्र प्रतिबन्ध लगाए । १६ टुक्राका राज्य विभाजित गरी पुँजीवादतिर उन्मुख बनाए ।

मेरो देशमा कम्युनिस्ट पार्टीको उज्यालो घाम तिरमिराएको थियो । यो पंक्तिकार त अत्तालियर यल्तसिन गोर्भाचोमलाई सुल्टो सलाम सोभियत कम्युनलाई लाल सलाम सृजना गर्न पुगेको थियो । मेरो देशमा भने टुटफुट एकीकरणको कम्युनिस्ट पार्टीहरूमा घुम्चक्कर चलिरहेको थियो ।

माले माक्र्सवादी पार्टी २०४७ एकीकरण भई एमाले हुन गएको थियो । एकदलीय कम्युनिस्ट पार्टीको राज्यव्यवस्थापनको ओरालो लागेको दृश्य देखेर एमाले पार्टीको महाधिवेशनबाट बहुदलीय जनताको जनवाद कार्यनिति रणनीति साम्यवादमा पुग्ने संसदबाट कम्युनिस्ट पार्टी बहुमतको सरकार बनाउने कल्पनाको सपना निर्णय गरे ।

यही कार्यक्रमको कारण नेपालको दलाल पुँजीपति र पुनर्उत्थानवादी तप्का सहजै एमाले पार्टीको सदस्य लिएर पार्टी संगठन संसदसम्म पुगे । हुन त राज्य समाजको उत्पत्ति भएदेखि एउटै सिद्धान्त, वाद, दर्शन समयक्रममा बदलिँदै आएको छ ।

राज्य व्यवस्थापनमा आम जनताको समान पहुँच पुर्याउन भनी सशस्त्र निःशस्त्र विद्रोह गरी सत्तामा पुगेपछि विलासिताका अनेकौँ फेहरिस्त तयार गर्ने जनतामा अत्याचार भ्रष्टाचार हत्या हिंसा गर्दा निरंकुश सामन्तवाद नाइके राजादेखि संसदीय पुँजीवादी नेतृत्वसमेतलाई मृत्युदण्ड दिनुपरेको इतिहास हाम्रोसामु छ । अर्को पक्ष सत्तामा पुग्ने पार्टीहरूभित्र अनेको जनता बैरी देशी विदेशी तत्त्व पुगे र कम्युनिस्ट पार्टी सत्ता ढाल्दै आएका छन् ।

एमालेको बहुलदलीय जनताको जनवाद नै पुँजीवाद उन्मुख पार्टी हो । माक्र्स लेनिनको भनाइमा संसद भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो । सशस्त्र विद्रोह गरी कम्युनिस्ट पार्टीको एकल राज्य व्यवस्थापन ल्याउन प्रचण्डहरूले १० वर्ष बन्दुक उठाए ।

जनताका अनेकौँ कथा कहानी कथ्य साहित्य राजनीतिमा प्रकाशन भएका छन् । लामो थकान प्रचण्डहरू कहाँ बिसाउने अवतरण स्थान खोजिरहेको अवस्थामा नारायणहिटी दरबारमा राजाको सपरिवार हत्यापछि ज्ञानेन्द्र राजा बन्न पुगेर संसद विघटन संयुक्त जनआन्दोलन २ बाट पुनःसंसद स्थापनापछि दश वर्ष संविधान निर्माण संसद मन्त्री उपयोगपछि बल्ल प्रचण्डहरूले एमालेको बहुदलीय जनताको जनवाद र माओवादीको २१ औँ सताब्दीको जनवाद २०७४ सालमा आएर  फ्युजनगरी पार्टी एकीकरण गरे सशस्त्र निःशस्त्र हिँडेको कमरेडहरूसँगै हात्ती छाप चप्पल खाना नपाउनेहरूले ३२ वर्षमा अनेक तरिका अपनाएर अकूत सम्पत्ति राज्यको उच्च तहमा लोकप्रिय नाराको भरमा बहुमत सरकारमा जनताले पुर्याए ।

सँगै हिँडेका इमानदार सोझा कमरेडहरू घर न घाटका भएर अत्तालिएका छन् । बरु कमरेडहरूले भाडामा विदेश पठाए ।
राणा, शाही शासनलाई थप निरन्तरता दिँदै विश्वका विभिन्न मुलुकहरू युवायुवती पठाएर रेमिटेन्स खाएर मोटाएपछि सत्ता स्वादमा भागबण्डा नमिली २ तिहाइको कम्युनिस्ट सरकारले संसद विघटन न्यायालयले पुनस्र्थापना गैरनेपाली भए पनि सत्तामा बसी लुटपाट गर्न गैरकम्युनिस्टहरूसँग अप्राकृतिक सरकारको लगनगाँठो कस्न लागिरहेका छन् ।

सत्ता टिकाउन जनता होइन, विदेशी प्रभुहरूको दैलो चाहार्न पुगिरहेका छन् । कहिले यिनीहरूले अफगानस्तान जस्तो द्वन्द्व विदेशी हस्तक्षेपले थिलोथिलो बनाउने त होइनन् ? जनतामा आशंंका उब्जिरहेको छ ।

अब कहिले नेपालमा कम्युनिस्ट राज्यव्यवस्था आउला ? कम्युनिस्ट शासन ल्याउन हिँडेका इमानदार सोझा कार्यकर्ता कम्युनिस्ट पार्टीलाई मतदान गर्ने जनता संसारमा कम्युनिस्ट पार्टीमा कहीँ नभएको हाँडीगाउँको जात्रा नेपालमा कहिले अन्त्य हुने होला भनी तीनछक परेका छन् ।

दोस्रो विश्वयुद्धमा हिटलरका सञ्चारमन्त्री गोयबल्सले आफ्नो देश जर्मनीमाथि विदेशीले धावा बोल्दा पनि  आफ्नो सेनाले हंगेरी युगोस्लाभिया युरोपका अन्य धेरै मुलुकमा हमला गर्दैछ भनी संचारमा हल्ला मच्चाउँथे । त्यस्तै, अहिलेको सरकारले अनेकौँ राम्रा निर्णय देश विकास गर्दै अगाडि बढिरहेको छ भन्ने प्रदीप ज्ञवालीहरू कता ओझेल पर्दैछन् ? सामन्त गोयलहरूको निर्देशनमा सरकार चल्दै छ कि ?

मैले जसलाई उत्कृष्ट मानेको थिएँ, तिनीहरू निकृष्ट निक्लिए । जसलाई निकृष्ट ठानेको थिएँ, उनीहरू उत्कृष्ट निक्लिए । यो कुरा दार्शनिक सुकरातले आफूलाई मृत्युको उपहार दिँदा भनेका थिए रे !