• आश्विन ५ २०८१, शनिबार

द.कोरियामा ३६ वर्षे युवा बने पार्टी प्रमुख, यसबाट नेपाली नेताले सिक्लान् ?

जेष्ठ २९ २०७८, शनिबार

नेपालमा कुनैपनि काम गर्न उमेरले छेकेको छैन । यसो हेर्दा सरकारी कर्मचारीको सेवामा उमेरको हद लगाएको देखिन्छ तर अन्य क्षेत्रमा भने उमेरको कुनैपनि हमम्याद लगाइएको देखिन्न । फलस्वरुप नयाँ पुस्ताले जनताको सेवा गर्ने अवसर गुमाएको छ । राजनीतिमा त झन बुढो भएर मर्दासम्मपनि पदमा टाँसिइरहने चलन रहेको छ ।

राजनीतिमा पुरै जीवनभर ठाउँ ओगट्ने नेपालका जस्ता नेताहरुलाई दक्षिण कोरियाले गतिलो सबक दिएको छ । कोरियाको प्रतिपक्षी पिपुल पावर पार्टीले भने नयाँ काम गरेर देखाइदिएको छ । शुक्रबार सो पार्टीको ३६ वर्षीय युवक अध्यक्ष पदमा निर्वाचित भएपछि संसार भर यो घटनाको तरंग फैलिएको छ । यो घटनाले नेपालका पार्टी र तिनका नेताहरुलाई पाठ सिकाएको होला की नहोला ? यसै भन्न सकिन्न । किन की नेपालमा राम्रा काम र कुराबाट पाठ सिक्ने चलन निकै कम छ । सायद नेताहरुलाई यस्तो कुराले छुँदैन होला ।

दक्षिण कोरियाकै इतिहाँसमा मुख्य राजनैतिक दलमा पहिलो पटक यति कम उमेरका ब्यक्ति पार्टी प्रमुख भएका हुन् । लि जुन सक उमेरमा मात्र ३६ वर्षका छन् । उनी यसअघि कहिल्यै संसद सम्म भएका थिएनन् । लि जुन सकलाई अर्को वर्ष हुने कोरियाको राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीलाई अघि बढाउने ठूलो जिम्मेवारी थपिएको छ । दक्षिण कोरियाले अर्को वर्षको मार्चमा नयाँ राष्ट्रपतिका लागि निर्वाचन गर्दैछ ।

लि जुन सकले पार्टी अध्यक्षका लागि भएको मतदानमा ४३.८ प्रतिशत भोट पाएका थिए । उनले आफ्नो दलभित्र लामो समय काम गरेका र स्थापित तथा नाम चलेका ४ जनालाई पराजित गरेका छन् । यसअघि पार्र्टीभित्र माथिल्लो तहमा समेत नरहेका उनी अध्यक्ष पदका लागि ‘अण्डरडग’का रुपमा सबैले हेरिरहेका व्यक्ति थिए । औपिनियन पोलमा उनले पाएको मत देखेरै धेरै मानिस चकित भएका थिए भने अध्यक्ष पदको प्रारम्भिक चुनावमा समेत जित हात पार्दा धेरैले उनको लोकप्रियतालाई पहिचान गरिसकेका थिए ।

लि जुन सक संसारकै प्रसिद्ध हाडवर्ड विश्वविध्यालका ग्राजुएट विद्यार्थी समेत हुन् । उनले सन २०११ मा पार्टिमा प्रवेश गरेका थिए। उनि २६ वर्षको हुँदा पार्टीमा लागेका हुन् । पार्टीभित्र त्यसबेलाका प्रमुख नेता पार्क ग्युन हे जो पछि कोरियाको राष्ट्रपति समेत बन्न पुगिन् ।

उनको चर्को आलोचकका रुपमा उनी चिनिएका थिए । सन २०१७ मा भ्रष्टाचारमा दोषि प्रमाणित भइ राष्ट्रपति पदबाट पदच्युत भएकी पार्क ग्युन हेका नराम्रा प्रबृत्तिको पार्टीभित्र उनले चर्को विरोध गर्दै पार्टीलाई पुनसंरचना गर्नुपर्छ भनी उनले आवाज उठाएका थिए ।

त्यसबेला लि जुन सकलाई पार्टीभित्र विरोध गरेको र एक महिला नेता विरुद्ध लागेको भनि पार्टी भित्र तथा पार्टी बाहिरबाट समेत आलोचना भएको थियो तर उनको यो जितले पार्टी प्रमुखका लागि चुनाव लडेका २ चिनिएका अनुहारहरुलाई ठूलो धक्का लागेको छ । ४ पटक संसद भइसकेका ना क्युन वन र ५ पटक संसद चुनिइसकेका हो योङ दुबैलाई उनले यसपटक नराम्रोसँग पछारेका छन् ।